फोटो

मतदान केन्द्र तर्फ हिडे कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)

विकल्प न्यूज/बेनी वैशाख २७ गते । आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु बेनीबाट प्रस्थान गरेका छन् ।

बेनीमा नमुना मतदान(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख २२ गते । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको छ । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन […]

जलजलामा नेपाली काँग्रेस र माओवादीले गरे संयुक्त रुपमा उम्मेदवारी दर्ता (फोटोफिचर)

विकल्प न्यूज\जलजला वैशाख १२ गते । आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जलजला गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । चुनावी तालमेल अनुसार अध्यक्षमा नेपाली काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादी केन्द्रका दिपक आचार्यले सोमबार संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता साझेदार दलहरुको जिल्ला […]

छन्त्याल संघको अधिवेशनका अवसरमा बेनीमा झाँकी सहित ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी चैत २५ गते । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहितको झाँकी निकालेका छन् । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायले बेनीमा जाती पहिचान झल्किने झाँकी प्रदर्शन गरेका हुन । अभिवेशनमा देशभरबाट करिब पाँचसय प्रतिनिधिहरु सहभागि भएका छन् । अधिवेशनको उद्घाटन गर्न नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड […]

डाँडापाखामा गुँरास फुलेपछि …….(फोटो)

विकल्प न्यूज\बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जंगलमा राताम्मे फुलेको लालीगुँरासंग रमाउँदै शिक्षिका र विद्यार्थीहरु । तस्वीर हेमा पुर्जा, शिक्षक शिख मावि

महिला दिवस ः नौमती बाजा सहित बेनीका महिलाहरुले निकाले ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाहरुले मंगलबार नौमती बाजा सहित ¥याली निकालेका छन् । बेनी नगरपालिकाद्धारा आयोजित महिला दिवसका अवसरमा महिलाहरुले नौमती बाजा सहित बजारमा ¥याली निकालेका हुन । बाजामा नाच्दै गाउँदै महिलाहरुले बजार परिक्रमा गरेका थिए । ¥यालीमा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

हेलो बेनी नगर ! यी चौपारी देख्नुभएको छैन ? (फोटो)

विकल्प न्यूज\बेनी फागुन २४ गते । बेनी नगरपालिका गेट नजिकका यी दुई चौपारीको चित्र हामीले यहाँ प्रस्तुत गरेका छौं । बेनी बजारको मुटुमै अवस्थित यी दुई चौपारीको अवस्था यस्तै हुनुपर्ने हो त ? बेनी नगरपालिका गेट नजिक रहेका यी चौपारीको मर्मत सम्भार गर्ने दायित्व नगरपालिकाको हुनुपर्ने होइन र ! तस्विरहरु विकल्प न्यूज

रत्नेचौरमा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २३ गते ।    बेनी नगरपालिका १ रत्नेचौरमा धार्मिक महोत्सव सुरु भएको छ । महोत्सवको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो । ‘हाम्रो प्रदेश भनेको गण्डकी सभ्यताको प्रदेश हो।कालिगण्डकी हाम्रो […]

रत्नेचौरको सुन्दरता ‘बुढो पोखरी’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन २१ गते । बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा रहेको बुढो पोखरीले रत्नेचौरको सुन्दरता थपेको छ । दशकौं अगाडि गाई भैंसीलाई पानी खुवाउन र पौडिनका लागि निर्माण गरिएको उक्त पोखरीको स्तर उन्नति भएसँगै पर्यटनको केन्द्र बन्न थालेको छ । पोखरीबाट धौलागिरि हिमाल देख्न सकिन्छ । पोखरीको संरक्षणमा वडा कार्यालय जुटेको छ ।

तातोपानी कुण्डमा भीड ((फोटोफिचर) )

विकल्प न्यूज/बेनी फागुन १७ गते । तातोपानी कुण्डमा भीड । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा स्नान गर्न आएका विरामीहरुको भीड । कोरोना महामारीका कारण बन्द भएको कुण्ड फागुन १ गते देखि पुन सञ्चालनमा आएसँगै कुण्डमा स्नान गर्न आउने विरामीहरुको भीड लाग्ने गरेको छ । तस्विर ः ठाकुरप्रसाद आचार्य /’बेनी

‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण (फोटोसहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते ।   म्याग्दीको सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो । पत्रिकाको लोकापर्ण गर्नुहुँदै […]

सुन्तला खेतीबाट समृद्ध बासखर्क

ठाकुरप्रसाद आचार्य/जलजला माघ २९ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि […]

तस्विरमा हेर्नुहोस म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको आइतबार २० औं क्याम्पस सभा तथा ११ औं अधिवशेनको उदघाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सभाको उदघाटन गर्नुभएको हो । सभाको उदघाटन गर्नुहुँदै सांसाद थापाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभएको छ । उहाँले सवैको सामुहिक […]

मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)

विकल्प न्यूज/बेनी पुस ८ गते ।    मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि […]

वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ पुस ४ गते ।   वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ । ढुम्बा तालमा पुग्ने पर्यटकले […]