फोटो
आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)
विकल्प न्यूज /बेनी चैत ७ गते । आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर […]
प्रतिक्षालय उद्घाटन….
म्याग्दीको चिमखोला स्थित मण्डली मन्दिर परिसरमा नेपाली सेनाको ईन्द्रबक्स गण र स्थानीय बासिन्दाको सहकार्यमा निर्माण भएको प्रतिक्षालयको उद्घाटन गर्नुहुदै पश्चिम पृतनाका उपरथी रमेशकुमार पुन । तस्विर सन्तोष गौतम, म्याग्दी
चिमखोलामा नेपाली सेनाको स्वास्थ्य शिवीर(फोटो)
म्याग्दीको दुर्गम चिमखोलामा नेपाली सेनाको ईन्द्रबक्स गणले शुक्रबार र शनिबार सञ्चालन गरेको निशूल्क स्वास्थ्य शिवीरमा उपचार गरिदै । शिवीरबाट करिब पाँच सय जना सर्वसाधारण लाभान्वित भएका छन् । तस्विर सन्तोष गौतम, म्याग्दी
महाशिवरात्री पर्वमा म्याग्दीका शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो (फोटोफिचर)
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, फागुन २४ गते । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा सोमबार बिहानैदेखि गलेश्वरमा म्याग्दीसहित विभिन्न जिल्लाका भक्तजनहरुको भीड लागेको हो । महादेव शिवजीको पुजाअर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौंलगायतका जिल्लाहरुबाट बिहानैदेखि […]
पाहुनालाई स्वागत ……..
पाहुनाको स्वागत ः मराङका स्थानीयवासीहरु पुख्र्यौली नाच देखाउँदै । गाउँमा आउने पाहुनाहरुलाई उनीहरुले सो नाच देखाएर स्वागत गर्ने गर्दछन् । तस्विर सन्तोष गौतम
तारा एयरको जहाज दुर्घटना ः दुर्घटनास्थलका तस्विरहरु
हामीलाई अहिले भर्खर मात्र प्राप्त भएका जहाज दुर्घटनाका केही तस्विरहरु । हाम्रा सहकर्मी पत्रकार निर्मल केसीले दुर्घटना स्थलमा पुगेर खिचेका केही तस्विरहरु
सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि
सक्षम नेतृत्वको लागि ः म्याग्दी काँग्रेसमा सोमबार नयाँ नेतृत्व चयन गर्न मतदान गर्दे प्रतिनिधि तस्विर – ठाकुरप्रसाद आचार्य
फुटबलको जितमा म्याग्दीमा विजय उत्सव (फोटोसहित)
विकल्प न्यूज /बेनी फागुन ४ गते । १२ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत सोमबार भएको पुरुष फुटबल प्रतियोगिता फाइनल खेलमा भारतलाई १ का विरुद्ध २ गोल गरी नेपाली खेलाडीहरुले एतिहासिक जित हासिल गरेका थिए । २३ वर्ष पछि नेपालले प्राप्त गरेको जितलाई मुलुकभर खुसियाली मनाइएको छ । म्याग्दीमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा विभिन्न विद्यालयका […]
यी हुन् नेपाली फुटबलका नवयुग
भनिन्छ– १२ वर्षमा खोलो पनि फर्किन्छ । तर, फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । र, फुटबलको यो नवयुगको सारथि बनेका छन् नवयुग श्रेष्ठ । बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लड्डु दिलाएका छन् । फुटबलमा […]
स्वर्ण पदकको खुशी (फोटो फिचर)
२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी ekantipur
गलेश्वर स्थित राधाकृष्ण मन्दिरको दर्शन गरौं
दर्शन गरौं । प्रसिद्ध धार्मिक तिर्थ स्थल गलेश्वरधाम निर्माण गरिएको राधाकृष्ण मन्दिर । मन्दिरको शुक्रवार उद्घाटन गरिएको हो । मन्दिर विमान शैलीमा निर्माण गरिएको छ । मन्दिरको पुननिर्माणमा ६० लाख भन्दा वढी रकम खर्च भएको छ । तस्विर प्रताप बानियाँ,बेनी
पर्यटकको सेल्फी…
पर्यटकको सेल्फी… विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम
म्याग्दी हिस्तानकी तारादेवी पुनलाइ कास्य पदक
म्याग्दीकी तारादेवी पुनले १२ औ दक्षिण एशियाली खेलकुद अन्र्तरगत भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी छन् । हिस्तान गाविसमा जन्मिएकी पुनले स्न्याचतर्फ ७० किलो र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरिन् । उक्त स्पर्धामा ताराकै नाममा राष्ट्रिय कीर्तिमान छ । पुन २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरका दर्जनौ खेलमा उत्कृष्ट भएकी […]
नेहाको न्यायका लागि नायिका
माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता घटना हुँदा आवाज […]