वास पत्रकार मञ्च म्याग्दीद्धारा दोवामा सरसफाई अभियान(फोटो)

विकल्प न्यूज /बेनी
चैत १८ गते ।wass myagdi doba sarsafai (6)

खानेपानी,सरसफाई,तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीद्धारा दोवा गाविसमा सरसफाई गरिएको छ । विहिवार मञ्चले स्थानीय सरोकारवालाहरुको सहभागितामा दोवा गाउँमा सरसफाई गरेको हो ।   wass myagdi doba sarsafai (1)

वास पत्रकार मञ्चको नेतृत्वमा जिल्ला विकास समिति, गाविस, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतका विभिन्न संघ संस्थाको सहयोगमा गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस बनाउने अभियान स्वरुप सरसफाई गरिएको वास पत्रकार मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।wass myagdi doba sarsafai (5)

कार्यक्रममा वास पत्रकार मञ्च म्याग्दीका अध्यक्ष ठाकुर प्रसाद आचार्य, नागरीक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, गैर सरकारी संस्था महासंघका अध्यक्ष हरि प्रसाद पौडेल, दोवा गाविस सचिब लिलाबहादुर चोखाल, गाविस संयन्त्रका अध्यक्ष कमायाँ पुर्जा, अगुवा वास सहजकर्ता गोविन्द पौडेल लगायत स्थानीय आमा समुह, युवा क्लब, महिला स्वयमसेविका, वास पत्रकार मञ्चका पत्रकार लगायतको उपस्थितिमा दोवा गाउँ सरसफाई गरिएको थियो । wass myagdi doba sarsafai (3)

सरसफाई कार्यक्रममा दोवा गाउँका अधिकाँश घरमा सौचालय निर्माण भएको र घरायसी सरसफाईको अबस्था राम्रो रहेपनि वातावरणीय सरसफाई र गाउँबाट निस्कने फोहोरको व्यवस्थित व्यवस्थापन गर्न आबश्यक देखिएको वास पत्रकार मञ्चका कोषाध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो । wass myagdi doba sarsafai (7)

wass myagdi doba sarsafai (4)  तस्विर सन्दीप खत्री