ताजा समाचार:
Search

फोटो

रुमका पौरखी महिला

विकल्प न्यूज/बेनी साउन २ गते । मालिका गाउँपालिका २ रुम गाउँका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । यहाँका महिलाहरु अल्लो धागोबाट उत्पादन गरेका कपडाहरु बेनी,पोखरा र काठमाण्डौ सम्म पनि विक्री हुने गरेको छ । पछिल्लो समय महिलाहरुले समुह बनाएर व्यवसायिक रुपमा अल्लो धागोबाट कपडा उत्पादन गर्दै आएका छन् । महिलाहरुलाई व्यवसायिक बनाउन घरेलु तथा […]

बेनी–दरवाङ सडकको हालत ः सडक हो की पोखरी ?(फोटो)

विकल्प न्यूज/बेनी असार १८ गते । बेनी दरवाङ सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका २ सिमलचौर स्थित सडकको यो अवस्था । सडक हो की पानीको पोखरी भन्ने छुट्याउन कठिन छ । लामो सम्म सडकको यस्तो अवस्था हुँदा पनि सम्बन्धित निकाय वेखबर छ । सडकमा पानी र हिलो जमेर धान रोप्नका लागि ठिक्क पारे जस्तो देखिन्छ । […]

पर्यटक लोभ्याउदै महभिर झरना (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी –जोमसोम कोरला सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका ७ स्थित महभिर झरना । सडकको छेवैमा रहेको यो झरनाले पछिल्लो समय पर्यटक आकर्षीत गरेको छ । ठाकुरप्रसाद आचार्य

गाउँ उज्यालो बनाउने रहर

विकल्प न्यूज/बेनी जेठ २३ गते । जिल्लाको धवलागिर िगाउँपालिका २ लमसुङमा निर्माणाधिन ४३ किलोवाटको दरखोला दोस्रो जलविद्युत आयोजनामा प्रयोग हुने पाइप स्थानीयले बोकेर ढुवानी गर्दै । सडकको पहुँच नपुग्दा दुर्गम क्षेत्रमा रहेको लम्सुङ बासीहरुले खाद्यन्न लगायत आधारभुत कुराहरुको खच्चरबाट ढुवानी गर्दै आएका छन् । तस्विर साधन राम्जाली

तस्विरमा कोट गाउँको सुन्दरता (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । रघुगंगा गाउँपालिका ६ स्थित कोटगाउँ । तस्विर ठाकुरप्रसाद आचार्य

बावियाचौरमा बन्दै मोटरेबल पुल (फोटो)

विकल्प न्यूज/बेनी जेठ २३ गते । ् विकासले गति लिदै ः मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र ५ नम्बर वडा अर्मनलाई जोड्न निर्माण गर्न लागिएको मोटरेबल पुल । तस्विर ठाकुरप्रसाद आचार्य

तातोपानीमा क्या मज्जा ! (भिडियोसहित)

विकल्प न्यूज/बेनी जेठ २३ गते । बेनी – जोमसोम कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २ स्थित तातोपानी कुण्डमा मज्जा लिदै आन्तरिक पर्यटकहरु । मुस्ताङ घुमेर फर्किएका पर्यटकहरु थकान मेटाउन तातोपानी कुण्डमा स्नान गरेर आरम गर्ने गर्दछन् । तस्विर/भिडियो) ठाकुरप्रसाद आचार्य /  

आज विश्व वातावरण दिवस

विकल्प न्यूज/बेनी जेठ २२ गते   ४६ औं विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा बुधवार वृक्षारोपण गरिएको छ । जुन ५ लाई विश्व वातावरण दिवसका अवसरमा मनाउने प्रचलन छ । दिवसको अवसर पारेर म्याग्दीका सरकारी कार्यालयहरुले कार्यालय परिसरमा विभिन्न जातका विरुवाहरु रोपेर दिवस मनाएका हुन । तस्विर ठाकुरप्रसाद आचार्य

आहा रुप्से ! (फोटो)

विकल्प न्यूज/बेनी आहा रुप्से ! म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित रुप्से झरना अवलोकन गर्दै पर्यटक । तस्विर ठाकुरप्रसाद आचार्य

तस्विर आफै बोल्छ !

विकल्प न्यूज/बेनी जेठ १५ गते । कालिगण्डकी करिडोर अन्तर्गतको बेनी – जोमसोम – कोरला सडक आयोजनाको मुस्ताङ खण्डमा बच्चालाई पिँठ्उमा बोकेर काम गर्दै रोल्पाली महिला । तस्विर ठाकुरप्रसाद आचार्य

बेनीमा गणतन्त्र दिवस (फोटो)

विकल्प न्यूज/बेनी जेठ १५ गते ।विकल्प न्यूज/बेनी जेठ १५ गते । गणतन्त्र दिवस २०७६ का अवसरमा बेनीमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइएको छ । दिवसका अवसरमा गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सूरु भएको ¥याली न्यूरोड,क्याम्पसचोक,संगमचोक हुँदै कर्मचारी मिलनकेन्द्रमा आएर कार्यक्रममा परिणत भएको थियो । राजनीतिक दल,जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी र सर्वसाधारणहरु ¥यालीमा सहभागि थिए । […]

संस्कृति जोगाउन अग्रसर

विकल्प न्यूज/बेनी संस्कृति जोगाउन अग्रसर । मगर समुदायको लोप्रिय पुख्र्यौली ख्याली सोरठी नाचको समुह । पर्यटकीय स्थल टोड्केमा संचालनमा ल्याइएको टोड्के हिल रिसोर्टको उद्घाटनमा उपस्थित रघ्ुगंगा गाउँपालिका ५ झींका पुख्र्यौली ख्याली सोरठी नाचको समुह । गाउँमा परम्परागत कला संस्कृतिको संरक्षण गर्न समुह गठन गरेर जुटेका छन् । तस्विर साधन राम्जाली 

गाउँमा पुल हाल्ने रहर !

विकल्प न्यूज/बेनी जेठ ३ गते । गाउँमा पुल हाल्ने रहर ! म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीको मुलपानीका युवाहरु झोलुङ्गे पु्लको लट्ठा बोकेर लैजादै । सात घण्टा लगाएर उनीहरुले पुलको लट्ठा गाउँपु¥याएका हुन । ठाकुरप्रसाद आचार्य 

तस्विर र भिडियोमा हेर्नुहोस् मुस्ताङको ढुम्बा ताल

ठाकुरप्रसाद आचार्य /मुस्ताङ जेठ ३ गते । विहानीपख निलगिरि हिमालको छायाँ टलक्क टल्किने । तालको पश्चिम तिर धौलागिरि र मानापाथी हिमालका साथै हिउँले ढाकिएका सेताम्मै पहाडको दृश्य । तालबाट देखिने जोमसोम बजारको सुन्दरता । यो हो हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण ढुम्बा तालको दृश्य । पछिल्लो समय मुस्ताङको भ्रमणमा आउने स्वदेशी […]

सुन्दर झरना (फोटोफिचर)

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका ४ स्थित  रघुगंगा नदीको किनारमा रहेको दरमिजा तातोपानी कुण्ड नजिक रहेको सुन्दर झरना । झरनाको पानी रघुगंगा नदीमा खसेको छ । तस्विर ठाकुरप्रसाद आचार्य