ताजा समाचार:
Search

फोटो

बेनीमा हिन्दु राष्ट्रका पक्षमा ¥याली (फोटो)

विकल्प न्यूज/बेनी पुस २७ गते । पुष २७ गते सोमबार राष्ट्रिय एकता दिवसका अवसरमा बेनीमा जनजागरण अभियान म्याग्दीले बृहत मोटरशाइलक तथा हिन्दु राष्ट्रका पक्षमा ¥याली निकालेको छ । बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर मञ्चमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले राजा आउँ देश बचाऔं, हिन्दु राष्ट्र कायम […]

सूर्य चिह्नप्रति प्रचण्डको माया नक्कली ः नेता बस्नेत

विकल्प न्यूज/बेनी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ओली समूहका नेता बस्नेतले प्रचण्डलाई […]

बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते । सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए । उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै […]

प्रतिगामी कदम विरुद्ध बेनीमा नेकपाको प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस १४ गते ।    

यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]

आहा! सुन्तला बगैचा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी मंसिर १७ गते । प्रत्येक घरमा व्यवस्थित सुन्तला बगैचा । बोटमा पाकेका सुन्तलाले बगैचा नै पहेलपुर । यो हो बेनी नगरपालिका ४ बास्कुना जसलाई सुन्तला गाउँ भनेर चिनिन्छ । वास्कुनावासीहरुले धानखेत छाडेर सुन्तला खेती गरेका छन् । वास्कुनामा रहेका २५ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन् । प्रत्येक घरले कम्तिमा पनि वार्षीक […]

मंगलामा १५ शैयाको अस्पताल शिलान्यास

विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पतालको शिलान्यास गर्नुभएको हो । वडा नम्बर ५ अर्मनमा ९ रोपनी जग्गा व्यवस्थापन गरी अस्पताल बनाउन लागिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । सरकारले आजै देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम […]

ढोलठानाबाट नियहाल्दा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिकाको पुला र घतानको साँधमा रहेको ढोलठानाबाट बाट रमणीय दृश्यहरु देख्न सकिन्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाका साथै कालिगण्डकी र म्याग्दी नदीको दृश्यका साथै बेनी बजार,पर्वतको जलजला गाउँपालिकाका वस्तीहरुको अवलोकन गर्न सकिन्छ । यो समुन्द्र सतह देखि १७५० मिटरको उचाईमा पर्दछ । मध्यकालमा पर्वत राज्यको राजधानीको […]

हिमालको फेदीमा लोभलाग्दो भेडापालन (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक२४गते।          चिसो बढेसँगै धौलागिरी,निलगिरि र अन्नपूर्ण लगायतका हिमश्रृङ्खलाहरुमा हिँउ बाक्लीदै छ । चरनका लागि हिमालको फेदैमा पुगेका भेडाहरु विस्तारै तलतिर ओर्लिदै छन् । भेडाहरु तल झर्न थालेपछि भेडापालक किसानहरु गोठ सार्ने तरखरमा छन् । हिमाली चरनक्षेत्रमा पाइने जटीबुटी खाएर भेडा बेँसी तिर घाम ताप्न झर्ने गर्दछन् । चैतवैशाख तिर उकालो लागेका भेठीगोठ अचेत […]

‘हामी जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौं’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । बेनी नगरपालिका र स्वास्थ्य कार्यालय बेनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामुलक कार्यक्रम अन्तर्गत आइतबार जनस्वास्थ्यका मापदण्ड पालना गर्न सपथ खुबाउदै स्वास्थ्यकर्मी र पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै नागरिक । आइतबार देखि बेनीमा संक्रमित खोजी अभियानका साथै जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मी […]

कोरोना रोकथामका लागि बेनीमा जनचेतनामुलक अभियान (फोटो)

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । बेनीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि जनचेतनामुलक अभियान सुरु गरिएको छ । डिसिसिएमसी र स्वास्थ्य कार्यालय म्याग्दीले आइतबार सदरमुकाम बेनीमा कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर र माइकिङ सहित बजार परिक्रमा गरिएको हो । बेनी बजारमा कोरोना भित्री सकेकाले यसलाई रोकथाम तथा […]

कोरोनाको जोखिम बढेपछि बेनीबजार सुनसान (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बेनी बजार आइतबार सुनसान देखिएको छ । गत शुक्रबार राती १२ बजे देखि एकहप्ताका लागि जिल्ला प्रशासनले सूचना जारी गरी भिडभाडलाई कम गर्न अत्यवश्यक सेवाका कार्यालय बाहेक सवै सरकारी सेवा बन्द गर्नुका साथै बजारका पसलहरु पनि बन्द गर्न अनुरोध गरेको थियो । । कोरोना […]

आहा कति राम्रो गाउँ मल्कबाङ ! (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ५ को सुन्दर वस्ती मल्कबाङ गाउँ । यहाँ छन्त्याल जातीको बसोबास रहेको छ । केही महिना अघिमात्रै गाउँ सम्म सडक पुगेको छ । सडक पुगेपछि मल्कबाङवासीहरु उत्साहित भएका छन् । तस्विरहरु ठाकुरप्रसाद आचार्य

आहा ! नारच्याङको शिरैमा कति राम्रो झरना (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी असोज १८ गते ।      गाउँको शिरैमा मनमोहक झरना । तल सुन्दर वस्ती । यो हो म्याग्दीको अन्पूर्ण गाउँपालिका ४ नारच्याङ गाउँ । गाउँको शिरबाट झर्ने छहराखोला झरनाले नारच्याङ गाउँको सुन्दरता थपिदिएको छ । मुस्ताङ जाने पर्यटकहरु झरनाको सुन्दरतामा रमाउने गर्दछन् । बेनी–जोमसोम सडक छेवैमा पर्ने उक्त झरनाको अवलोकन गर्न पर्यटकहरु लोभिने […]

बेनी–अर्थुङ्गे सडक अवरुद्ध (फोटो)

विकल्प न्यूज/बेनी असोज ९ गते । दुइदिनको अविरल वर्षाका कारण पहिरो खस्दा बेनी – अर्थुङ्गे सडकको आर्मी व्यारेक मुनी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै बेनी देखि अर्थुङ्गे,पुलाचौर  पात्लेखेत,झीँ र पाखापानी जाने यातायातका साधनहरु ठप्प छन् ।  तस्विर/नारायण पौडेल