भिडियो

अयोध्या लैजाने शिलाको भव्य कार्यक्रमकाबीच हस्तान्तरण (भिडियो\फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी माघ १२ गते । भारतको अयोध्यामा निर्माणधिन राममन्दिरमा राखिने मुर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित विहिवार हस्तान्तरण गरिएको छ । वसन्तपञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभायात्रा सहित हस्तान्तरण गरिएको हो । विहिवार विहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वरधाम मन्दिरमा पुजापाठ,भजनकृतन र विभिन्न जातजातिका झाँकी सहित […]

बेनीको खुल्ला मञ्चमा रत्यौलीको रमाइलो (भिडियो)

विकल्प न्यूज/बेनी पुस २९ गते । म्याग्दीमा जारी सातौं म्याग्दी महोत्सवको दोस्रो दिन बेनीको खुल्ला मञ्चमा रत्यौली प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विभिन्न चारसमुहले भाग लिएका थिए । नवजागरण आमा समहु बेनपा ४ राक्से,सफल आमा समुह ताकम,क्षेत्र समाज र ब्रहमाण समाजले प्रतियोगितामा रत्यौली प्रदर्शन गरेका थिए ।

बेनीको सडक संगीतमय (भिडियो)

विकल्प न्यूज/बेनी पुस २९ गते ।

लटरम्म पाकेका सुन्तलाले बास्कुना गाउँनै छोपियो (भिडियो)

विकल्प न्यूज/बेनी पुस ९ गते । म्याग्दीको बेनी नगरपालिका ४ बास्कुना गाउँ यतिखेर सुन्तला पाकेर पहेँलपुर बनेको छ । सुन्तलाको बोटले धान्ने नसक्ने गरी फल लागेको छ । बगानमा यतिखेर व्यापारीहरु सुन्तला खरिद गर्न आएका छन् । किसानलाई सुन्तला टिप्न भ्याइनभ्याई छ । गत वर्ष भन्दा यो वर्ष सुन्तलाको दाना राम्रो लागेकाले सोचेजस्तो आम्दानी हुने […]

बेनीको कालिपुलमा सडकमै गोदाम र कुखुरापालन (फोटो/भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस ४ गते । दैनिक सयौंको संख्यामा सवारीसाधन ओहोरदोहर गर्ने बेनीको कालिपुल स्थित सडक अतिक्रमण गरेर व्यापारीले गोदामनै बनाएका छन् । बेनी–जोमसोम –कोरला सडकको प्रवेशद्धारका रुपमा रहेको कालिपुल स्थित सडक छेवैमा राखिएका सामग्रीका कारण सडक साघुरो भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ । सडक छेवैमा छरपस्ट रुपमा सामग्रीका कारण पैदलयात्रा असहज […]

करबाकेलीमा सङ्ग्रहालय संचालन(भिडियो/फोटोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर १४ गते । पुन समुदायको कला,संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन । करबाकेलीलाई पुन समुदायले कुलदेवताका रुपमा पुजा गर्दछन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको […]

राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]

राष्ट्रिय महिला भलिबल ः आर्मीलाई पराजित गर्दै एपिएफको सानदार जित (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ विजयी भएको छ । लिगचरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्च भएको प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले ३–१ को सेटमा पराजित गर्दै जित निकालेको हो । निकै प्रतिस्पर्धापूर्ण […]

बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी असोज २६ गते । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । भाली असोज २७ गते विहिवार देखि खेलको सुरु हुने छ । खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्चलाई सिँगारिएको छ । बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर टांगिएको छ । […]

राउण्ड धवलागिरिको प्रचार गर्न मोना हङकङको टोली पदयात्रामा (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गर्न पदयात्राको आयोजना गरिएको हो । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा वसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन […]

सिंगामा एक करोड ८० लाख लगानीमा सामुहिक बाख्रा फार्म (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ १७ गते ।   यहाँका तिन युवा मिलेर सामुहिक बाख्रापालन थालेका छन् । बेनी नगरपालिका ४ सिंगामा एक करोड ८० लाख रुपियाँ लगानी गरेर सामुहिक रुपमा उन्नतजातका बाख्रा पाल्न थालेका हुन । ति मध्य दुईजना वैदेशिक रोजगारीबाट गाउँ फर्किएका युवा हुन । स्थानीय युवा कृषक अणबहादुर खड्का (भगवान) प्रेम खड्का र भेषबहादुर थापाले […]

भूरुङ तातोपानीमा २५ करोड लगानीमा होटल सञ्चालनको तयारी (भिडियो)

विकल्प न्यूज\बेनी मंसिर २२ गते । कालिगण्डकी कोरिडोरमा अहिले सम्मकै ठूलो होटल सञ्चालनको तयारी गरिएको छ । बेनीमा विगत २५ वर्ष देखि व्यवसाय गर्दै आउनुभएका राजु हामलले करिब २५ करोड रुपियाँ भन्दा बढी लगानी गरेर अन्नपूर्ण गाउँपालिका ४ भूरुङ् तातोपानीमा न्यूचुरल होटल स्प्रिङ सञ्चालनको तयारी गर्नुभएको हो । यतिखेर होटलका लागि ७ तले भवन निर्माण […]

जलजलाको गौशालामा हुर्किदै छन गाईहरु (भिडियो/फोटो)

विकल्प न्यूज/बेनी मंसिर १६ गते । स्थानीय जातका गाईको सरक्षण गर्न पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएको स्थानीय जातका गाईको संरक्षण गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ वटा गाईहरु छन् । गण्डकी गोपाल गौशालाले दुईवर्ष अघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । […]

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक (भिडियोसहित)

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पीडित […]

बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )

विकल्प न्युज/बेनी कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ ।  जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद  भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ। विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि […]