समाचार

तोरीपानीमा टिम्मुर खेती विस्तार योजना

विकल्प न्यूज/बेनी बेनी २२ असार । बेनी नगरपालिका ९ तोरीपानीका कृषकलाई टिम्मुर खेती विस्तारका लागि बिहीबार बिरुवा वितरण गरिएको छ । टिम्मुर खेतीको अवस्था, समस्या र सम्भावनाको विषयमा सरोकारवालाहरुबीच छलफल समेत भएको छ ।ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले चार हजार टिम्मुरका बिरुवा उपलब्ध गराएको हो । तोरीपानीको भुमेसिद्ध टिम्मुर सञ्जालमा […]

वडा अध्यक्षहरुलाई पाखा लगाएर समृद्ध बेनी नगरपालिकाको खाका बन्ला ?

विकल्प न्यूज/बेनी असार २१ गते ।बेनी नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता विना बुधवार बेनीमा समृद्ध बेनी नगर निर्माणका लागि सरोकारवाला पक्षहरु सँग राय,सुझाव लिन भन्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आगमी आर्थिक वर्षका लागि वडा स्तरबाट असार २२ गते भित्र योजना तुर्जमा गरि ल्याउन वडा अध्यक्षहरुलाई निर्देशन गर्ने अनि २१ गते समृद्ध नगरपालिकाको खाका कोर्न […]

विकासको गति ःसडक खन्न एक दशक

विकल्प न्यूज/बेनी असार २१ गते । जिल्लाका दुइ गाउँलाई सडक सञ्जाल सँग जोड्न एकदशक लागेको छ । सडक आयोजना निर्माण सुरु भएको एकदशक पछि मात्र गाउँमा सडक पुगेको हो । रघुगंगा गाउँपालिका ४ दग्नाम र मालीका गाउँपालिका ६ दिच्याम जोड्ने सडक आयोजना निर्माण कार्य एक दशकमा पुरा भएको छ ।दग्नामको दवाङ भिरमा सडक ट्याक खोल्न […]

कृषी उपज ढुवानी गर्न सवारी साधन खरिद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । कृषी उपज ढुवानी गर्न म्याग्दीका कृषकहरुले सवारी साधन खरिद गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बेनी नगरपालिकामा गठित म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिले जिप खरिद गरेर ढुवानी सेवा सुरु गरेका हुन् ।जिल्ला कृषि विकास कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सञ्चालक समितिलाई जिपको […]

मंगला गाउँपालिकाका कार्यकारी अधिकृत पौडेलद्धारा पदको दुरुपयोग

विकल्प न्यूज/बेनी असार २० गते । जिल्लाका एक अधिकृत स्तरका कर्मचारीले पदीय दुरुपयोग गरेको खुलसा भएको छ । तिन महिना अगावै अन्यत्र कार्यालयमा सुरुवा भएपनि पहिलाकै कार्यालयको कर्मचारीका हैसियतमा वैठकमा सहभागि भइ सेवा सुविधा लिएको खुल्न आएको हो । तत्कालिन जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा योजना तथा प्रशासकीय अधिकृत र हाल मंगला गाउँपालिकाका कार्यकारी अधिकृतका […]

रोग पहिचानका लागि सहयोग

विकल्प न्यूज/बेनी असार १९ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले दाँत सम्बन्धि जटिल समस्याबाट थलीएका एक युवालाई सोमबार आर्थिक सहयोग गरेको छ ।देब्रेतर्फको दाँतमा समस्या गराईरहेका अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको रोग पहिचानका लागि दश हजार रुपैयाँ सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव लोकेश […]

जलजलाका अध्यक्षले किन जनमतलाई पाखा लगाउँदै छन् ?

विकल्प न्यूज/जलजला असार १९ गते । विवादीत जलजला गाउँपालिकाको सदरमुकाम कहाँ बनाउने भन्ने विषयको विवाद उत्कर्षमा पुगेको छ ।  अन्नत गाउँपालिकाको सदरमुकाम टुङ्गो लगाउन बहुमत र अल्पमतको खेलसम्म भएको छ । २७ जनाको बहुमत टिम सदरमुकाम मिलनचोक,मोहोनचोक बनाउने तयारीमा रहेको छ भने अध्यक्ष सहित २२ सदस्यको अल्पमतले माँझफाँट केन्द्र बनाउने अडान लिँदा बारम्बारका बैठकहरु निष्कर्ष […]

अन्नपूर्ण गाउँपालिकामा विषयगत समिति गठन

विकल्प न्यूज/अन्नपूर्ण असार १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँ कार्यपालिका अन्तरगत विभिन्न विषयगत समिती गठन भएको छ । गाउँपालिका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थित कार्यालयमा बसेको बैठकले विषयगत समिति गठन गरेको हो । गाउँपालीका उपाध्यक्ष केशमाया मगरको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ भने आत्मा तुलाचान आर्थिक, ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद […]

म्याग्दीमा जिल्ला सभाको पहिलो वैठकले के निर्णय ग¥यो ?

विकल्प न्यूज/बेनी असार १६ गते । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिना पछि म्याग्दीमा पहिलो पटक जिल्लासभाको वैठक वसेको छ । सभाका जेष्ठ सदस्य बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा पहिलो वैठक वसेको हो ।जिल्ला सभाको पहिलो वैठक कसले ढाक्ने भन्नेमा अन्यौलता रहँदा तिन दिन अघि निर्वाचन आयोगले स्थानीय विकास अधिकारी मार्फत पहिलो वैठक […]

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

घनश्याम खड्का /बेनी असार १६ गते । बेनीस्थित प्रकाश माविमा अध्ययनर भुमिका परियार र उनका तीन वर्षीय छोरा रिदम । तस्बिर : घनश्याम अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् । बिहान […]

खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

सन्तोष गौतम/विकल्प न्यूज मंगला १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिँचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो ।धान दिवसको अवसरमा बिहीबार मंगला गाउँपालिका २ […]

श्रीमानको हत्या गर्ने जुग्जाकी तारादेवी प्रहरी खोरमा

विकल्प न्यूज/बेनी म्याग्दी, १५ असार । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी बिवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा प्रहार गर्दा उनका श्रीमान ७४ बर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घरायसी झगडा हुँदा ६२ बर्षकी तारादेवीले श्रीमानलाई बेल्चा (साबेल)ले […]

स्ववियुद्धारा म्याग्दी बहुमुखी क्याम्पस परिसरमा बगैचा निर्माण

विकल्प न्यूज/बेनी असार १५ गते । स्वतन्त्र विद्यार्थी युनियनले म्याग्दी बहुमुखी क्याम्पस परिसरमा बगैचा निर्माण गरेको छ । क्याम्पस परिसरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यले क्याम्पस परिसरमा बगैचा निर्माण गरिएको स्ववियु सभापति सावित्री खत्रीले बताउनुभयो ।उहाँका अनुसार क्याम्पस परिसरमा विभिन्न जातका फुलका विरुवाहरु पनि रोपिएको छ । एक विद्यार्थी एक फुल अभियान विहिवार उद्दघाटन गरिएको […]

बेनीको शिरैमा लभ्लीहिल(फोटो फिचर)

विकल्प न्यूज/बेनी असार १४ गते । वारीपारी हरियाली डाँडा तल खोचमा दुई ठूला नदी । नदीको काखैमा सुन्दर बेनी बजारको शिरैमा लभ्लीहिल । जहाँबाट बेनीबजारको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।          साँझ र विहानीपख यहाँ बेनीको दृश्यावलोकनका लागि भीड लाग्ने गर्दछ । बेनीबाट करिव एकघण्टाको पदयात्रा पछि पुग्न सकिने बेनी नगरपालिका २ खवराको डिलमा रहेको […]

युवा समितिको खर्च सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ असार । बेनी स्थित जिल्ला युवा समितिको कार्यालयले आर्थिक वर्ष २०७३७४ को खर्च विवरण बुधबार सार्वजनिक गरेको छ ।समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष देवीप्रसाद शर्मा (डि.पी)ले चालु आर्थिक वर्षमा १२ लाख १२ हजार २०० रुपैया पुँजीगत बजेट खर्च भएको जानकारी दिनुभयो । गत माघमा स्थापना भएको समितिको कार्यालय […]