पाँचवर्षमा बदलिएको मुदी

ठाकुरप्रसाद आचार्य/मुदी
असार ५ गते ।


गाउँमा अहिले सडक सुविधा पुगेको छ । गाउँलेहरु अध्यारोबाट उज्यालोमा वस्न पाएका छन् । विद्यालयमा सुविधा सम्पन्न भवनका साथै कम्युटर ल्याब,खेलमैदान र शौचालय बनेका छन् । पर्यटकीय स्थलमा पुग्ने पदमार्ग निर्माण भएका छन् । घरघरमा खानेपानीका धाराहरु बनेका छन् । जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।

दुर्गम वस्तीमा स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा उपलब्ध छ । दैनिक उपभोग्य वस्तुहरु सस्तोमा पाइन थालेको छ । जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले हेलिकप्टरबाट उद्धार गरेको छ । यी माथिका उपलब्धीहरु पछिल्लो पाँचवर्षको अवधिमा धबलागिरि गाउँपालिका ४ दुर्गम मुदीवासीले पाएको सेवा र सुविधा हुन । स्थानीय सरकार गठन भएपछि दुर्गम मुदीको विकासले फड्को मारेपछि स्थानीयहरु खुसी देखिएका छन् ।

मुदीवासीले विकासको अनूभूति गर्न पाएको छौं मुदीका पूर्व वडाध्यक्ष बेगप्रसाद घर्तीले भन्नुभयो ‘दुर्गम र पिछडिएको गाउँको माग उतिवेला कसैले सुन्ने थिएन, संघीयता कार्यन्नवयनसँगै काठमाण्डौंको शिंहदरबार यही छिमेकी गाउँ मुना आयो, आफ्नो गाउँको विकासका लागि हामी आफै योजना बनाउने र बजेट विनियोजन गर्ने ठाममा पुग्यौं ।’

‘पहिला गाडी चढ्न बटौली गएर नौतुना पुग्नुपर्दथ्यो,उतिबेला हाम्रोमा गाडी आउँला भन्ने सोच्ने कुरानै थिएन, मुदीका ८४ वर्षीय ज्ञानु रोकाले अनुभव सुनाउदै भन्नुभयो ‘स्थानीय सरकार गठन भई जनप्रतिनिधिहरु आएपछि त गाउँको विकासमा कायपलटनै भयो, वुढेशकालमा भएपनि घरको आगनबाट गाडी चढेर बेनी,पोखरा र काठमाण्डौ पुग्न पाउँदा खुसी मिलेको छ ।’
पछिल्लो पाँचवर्षको अवधिमा गाउँपालिका,प्रदेश र संघ सरकारको करोडौं बजेट मुदीमा भित्रिएको छ । गाउँपालिका केन्द्र मुना देखि मुदीसम्म कडा पहरा फुटालेर गाउँमा सडक पु¥याइएको छ । गाउँपालिकाले करिब ३ करोड रुपैयाँ लगानी गरेर दुर्गम वस्तीलाई सडक सञ्जालसँग जोडेको छ । मुना देखि मुदी सम्म पुगेको सडकलाई पालिकाले खाम्ला हुँदै खिबाङ सम्म पु¥याउन लागेको छ ।

गाउँपालिकाले धबलागिरि रिङरोडको परिकल्पना अनुसार मल्कबाङ,मराङ,खिबाङ हुँदै मुदी–मुना र ताकमलाई जोड्ने योजना बनाएको पूर्व पालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । दुर्गम र भौगोलिक कठिनाईका कारण पनि दुर्गम भेगमा पाँचवर्षको अवधिमा विकासको जगबसाल्न सकेको उहाँले बताउनुभयो ।

यस्तै पाँचवर्षको अवधिमा पर्यटन पूर्वाधारका क्षेत्रमा पनि मुदी गाउँमा राम्रो विकास भएको छ । धबलागिरि वेसक्याम्प पुग्ने पदमार्गको निर्माण भएको छ । अध्यक्ष पुनको दिएको जानकारी अनुसार पूर्व मन्त्री नरदेवी पुनको पहलमा मुदी देखि गुर्जा पुग्ने पदमार्ग निर्माणका लागि ५० लाख,मुदी हुँदै धबलागिरि वेसकयाम्प पुग्ने पदमार्ग निर्माण गर्न एककरोड,वेसक्याम्पमा करिब ३० लाख लगानीमा पर्यटन चेकपोष्ट,प्राथमिक उपचार केन्द्रको व्यवस्था मिलाइएको छ । मुदी र गुर्जाको सिमानामा पर्ने तातोपानी कुण्डको संरक्षण गरिएको छ । बेसक्याम्प पुग्ने पदमार्गमा पर्ने बगरा तातोपानीको संरक्षण र पर्यटकका लागि आश्रयस्थल निर्माण गरिएको छ ।

 

यस्तै वैकल्पिक पदमार्गको पहिचान गरी पदमार्ग निर्माण थालिएको पूर्व अध्यक्ष पुनले बताउनुभयो । कल्लेनी,खाम्ला,खिबाङ,चेचुङ हुँदै सिमकोस,जेल्टुङ,दोभान देखि धबलागिरी बेसक्याम्प पुग्ने नयाँ पदमार्गको पहिचान गरी अघिल्लो आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको छ । पदमार्ग निर्माणका लागि सांसद भुपेन्द्र बहादुर थापाको पहलमा पर्यटन विभागबाट करिब ४ करोड रुपैयाँ विनियोजन भई बहुवर्षीय ठेक्का लगाएर निर्माण थालिएको छ ।
पाँचवर्षको अवधिमा मुदीमा मात्रै ७ वटा झोलुङ्गे पुल निर्माण गरिएको पूर्व वडाध्यक्ष बेगप्रसाद घर्तीले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार मुदीमा केन्द्रिय विद्युतीकरण र चेचुङ र बगरामा सोलारबाट विद्युत सेवा पु¥याइएको छ । खिबाङमा लघुजलविद्युत परियोजनाबाट घरघरमा वत्ति पुगेको छ । सवै वस्तीमा एक घर एक धारा निर्माण गरिएको छ । केन्द्रिय विद्युतको पहुँचमा नआएका एकसय पचास घरधुरीमा सौर्य उर्जाको सुविधा विस्तार गरिएको उहाँले बताउनुभयो ।
खिबाङमा रहेको चन्द्रज्योती माविमा चारकोठे भवन निर्माण,बाविकास केन्द्र,शौचालय निर्माण गरिएको छ । मुदीका दुईवटै माविमा कम्प्युटर ल्याब,खेलमैदान र विद्यालयमा घेराबार गरिएको छ । मुदीको रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

मुना देखि मुदी जाने सडकमा दरखोलामा पक्की पुल र मुदी देखि खिबाङ जोड्ने सडकको म्याग्दी खोलामा पक्की पुलको आवश्यकता भएको पूर्व पालिका अध्यक्ष पुनले बताउनुभयो । सकड स्तरोन्नती गरी बाह्ै महिना सडक सञ्चालन गर्न सके मुदीवासीलाई ठूलो राहत मिल्ने उहाँले बताउनुभयो । ठूलो भूभाग भएको वडा र विकट वस्तीहरुलाई सडक संजाल सँग जोड्न अझै चुनौती भएको उहाँले बताउनुभयो ।