मंगला कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

विकल्प न्युज/बेनी

जेठ १५ गते ।

मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन ।

आइतवार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी र सरस्वति उपाध्याय निर्वाचित हुनुभएको सहायक निर्वाचिन अधिकृति मनोहर ढुङ्गानाले जानकारी दिनुभएको छ ।

दलित तथा अल्पसंख्यक तर्फ भने नेकपा एमालेका टेक बहादुर किसान र शंकर शेरचन मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित हुनुभएको थियो ।

निर्वाचनमा नेकपा एमालेलाई १८ मत र गठबन्धनका उम्मेदवारलाई ९/९ मत प्राप्त भएको छ । कार्यपालिका निर्वाचनमा एमालेका १८, काँग्रेसका ५ र माओवादीका ४ जना मतदाताले भोट गरेका थिए ।