पोखरा,असोज १० गते । लोकप्रिय गायिका गायिका रचना रिमाल यसपटक दुबईबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएकी छन् । यसअघि काठमाडौंलाई गन्तव्य बनाउँदै आएकी रिमालले पोखराबाट अन्तर्राष्ट्रिय उडानको अनुभव लिन र पोखरालाई विश्वसँग जोड्ने प्रयासलाई आफ्नै यात्रामार्फत अनुभव गर्न सिधै पोखरा आएको बताएकी छन् ।
काठमाडौंमा बसोबास गर्दै आएकी रिमालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको अनुभव लिन र विमानस्थललाई विश्वसँग जोड्ने प्रयासलाई आफ्नै यात्रामार्फत अनुभूति गर्न पोखरा रोजेको बताएकी छन् । फ्लाईदुबईले दुबई–पोखरा नियमित उडान सुरु गरेको केही दिनमै दुबईबाट पोखरासम्मको यात्रा निकै आरामदायी र सुखद रहेको उनले बताइन् ।
पोखराजस्तो प्रमुख पर्यटकीय गन्तव्य सिधै अन्तर्राष्ट्रिय उडानमार्फत विश्वसँग जोडिँदा पर्यटन र व्यवसायमा नयाँ सम्भावना सिर्जना हुने रिमालको भनाइ छ । ‘हामीले आफ्नै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्यौँ भने मात्रै यस्ता उडानहरू दिगो बन्ने र आगामी दिनमा अझ विस्तार हुने सम्भावना बलियो हुन्छ,’ उनले भनेकी छन् ।
पोखरालाई विदेशी पर्यटकसँग, नेपाली नागरिकलाई विश्वसँग तथा यहाँको पर्यटन र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने यस्ता उडान आगामी दिनमा अझ विस्तार हुँदै जानुपर्ने उनको अपेक्षा छ । ‘नेपालबाट विश्व जोडिने बाटो अझ फराकिलो बनाऔँ,’ रिमालले भनेकी छन् । गण्डकी प्रदेशका राजनीतिक दल,जनप्रतिनिधि र पर्यटनकर्मीहरुले रचनाले सामाजिक सञ्जालमा गरेको पोष्टलाई धमाधम शेयर गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्