म्याग्दीमा रास्वपाको तीनवटा पालिकामा नयाँ नेतृत्व चयन
ठाकुरप्रसाद आचार्य
म्याग्दी,जेठ २१ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिका मध्य तीनवटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।
रास्वपा जिल्ला उपसभापति छवी आचार्यले दिएको जानकारी अनुसार बेनी नगरपालिका,रघुगङ्गा र मंगला गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । जिल्लामा रहेका ४५ वडा मध्य २५ वटा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ ।
जिल्ला उपसभापति आचार्यका अनुसार बेनी नगरपालिका समितिको प्रथम नगर अधिवेशनबाट सभापतिमा राजबहादुर केसी,उपसभापतिमा यादव सुवेदी,सचिव काशिराम घिमिरे र सहसचिव जमुना केसी लगातय ९ सदस्यी बेनी नगरपालिका कार्यसमिति चयन हुनुभएको छ । अन्य पदहरुमा सर्वसम्मत चयन भएपनि सभापति पदका लागि सहमति नभएपछि मतदान प्रक्रियाबाट टुंगो लगाएको उहाँले बताउनुभयो ।
यसैगरी रघुगङ्गा गाउँपालिकाको प्रथम अधिवेशनबाट सभापतिमा डम्मरबहादुर पाण्डे उप सभापति प्रकाश पाईजा,सचिव दलबहादुर कार्की र सहसचिव इमाकुमारी शाही रकाल सहित ९ सदस्यीय पालिका कार्य समिति सर्वसम्मत चयन भएको जिल्ला उपसभापति आचार्यले जानकारी दिनुभयो ।
मंगला गाउँपालिकाको सभापतिमा प्रतिक सुवेदी,उपसभापतिमा मनबहादुर छन्त्याल, सचिव हरी आचार्य र सहसचिवमा भिमकली सुनार चयन हुनु्भएको छ । पालिका अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि ३ जना, प्रदेश अधिवेशन प्रतिनिधि १ जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि १ जना समेत चयन गरेको रास्वपा म्याग्दीले जनाएको छ ।
अधिवेशन नभएका अन्नपूर्ण,धवलागिरी र मालिका गाउँपालिकामा जिल्ला अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशनको आयोजना गरिने उपसभापति आचार्यले जानकारी दिनुभयो । आगामी जेठ २३ गते शनिबार प्रथम जिल्ला अधिवशेनको मिति तोकिएको रास्वपाले जनाएको छ ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा प्रथम केन्द्रीय महाधिवेशनको आयोजना गर्दै छ ।
प्रतिक्रिया राख्नुहोस्