अनेरास्ववियुको केन्द्रिय सदस्यमा म्याग्दीका प्रकाश पौडेल विजय
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आठौ महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार राती सम्पन्न मतगणनामा अनेरास्ववियु म्याग्दीका अध्यक्ष समेत रहेका पौडेले भुगोल अन्र्तरगत धौलागिरि अञ्चलबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । भुगोल तर्फबाट पौडेल र पर्वतका रामचन्द्र नेपालहुी निर्वाचत भएका छन् । त्यस्तै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा म्याग्दी कुहुँकी इन्दु केसी, बागलुङका सुर्य पौडेल र मुस्ताङका यूटिन गुरुङ निर्वाचित भएका छन् ।
पाँचै जना संस्थापन पक्षधर हुन् । अनेरास्ववियुबाटै राजनीति सुरु गरेका पौडेलले बाल्यकालमा पार्टीको चुनावी अभियानमा बाल कलाकारका रुपमा समेत गाउँगाउँमा गएका थिए । पहिलो संविधान सभाको निर्वाचनमा पौडेले म्याग्दीमा एमालेको चुनावी प्रचारप्रसारको क्रममा गरेको अभियनले निकै चर्चा समेत पाएको थियो । बाल कलाकार हुदै विद्यार्थीको नेतृत्व सम्हालेका पौडेलले विद्यार्थीको हकहितका साथै सामाजिक कार्य र जनजीविका सम्बन्धि कार्यहरुमा समेत सक्रियता पुर्वक लागेका थिए । उनले अनेरास्ववियु म्याग्दीलाई देशभरको संगठनमा उत्कृष्ट बनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्