धौलागिरी गाउँपालिकामा विकासको ढोका खोल्ने वाम उम्मेदवारहरुको प्रतिवद्धता

विकल्प न्यूज /बेनी
कार्तिक १८ गते । 23032801_1694490137249376_5279309432430396495_nआसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा – प्रदेशसभा निर्वाचनको प्रचारमा उम्मेदवार सहित निस्केको वाम गठबन्धनको मूख्य प्रचार अभियान धौलागिरि गाउँपालिकामा पुगेको छ ।

शुक्रवार धौलागिरि गाउँपालिका ताकममा भएको कार्यक्रममा वाम उम्मेदवारहरुले विकासको ढोका खोल्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले धौलागिरिको साधनस्रोतको परिचालन गरेर आगमी पाँचवर्ष भित्रमा समृद्ध र नमुना गाउँपालिका बनाउनका लागि आफूहरुले पहल गर्ने बताएका हुन ।

मंगला र मालीका गाउँपालिकाका वडा स्तरमा चुनावी सभा सकेका गठबन्धनका उमेद्वार सहितको टोलीले धौलागिरी गाउँपालिका ७ ताकममा शुक्रबार संयुक्त चुनावी सभा सम्पन्न गरेका छन् ।

आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले नेपालमा आगामी दश वर्षभित्र गरिवी उन्मुलन गर्न स्थीर सरकार बनाउनका लागि एमाले माओवादीबीच तालमेल र पार्टी एकताको सहमती भएको बताउनुभयो । राजनितिक स्थिरता र विकासका लागि बामपन्थीको सरकार आवश्यक रहेको थापाको भनाई थियो । bam gathabandan

एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले नेपाली राष्ट्रियता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको पूर्ण संरक्षण तथा संम्र्वद्धन गर्दै विकास र आर्थिक सम्बृद्धिको लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र ख मा वाम गठबन्धनको तर्फबाट साझा उमेद्वार एमाले नेता नरदेवी पुनले दरवाङ ताकम ढोरपाटन निर्माण, धौलागिरी चक्रिय पदमार्गलाई व्यवस्थित गर्ने, विद्युतीकरण विस्तारमा प्राथमिकता दिने बताउनुभयो । उहाँले धौलागिरिमा भएका प्राकृतिक स्रोतहरुको पूर्ण रुपमा परिचालन गर्ने योजना वाम गठबन्धनका उम्मेदवारहरुको बताउनुभयो ।

माओवादीका प्रतिनिधिसभाका समानुपातीक उमेद्वार टेकबहादुर विश्वकर्माले कम्प्युनिष्ट पार्टीहरुको नेतृत्व र पहलमा भएको परिवर्तनका आन्दोलनबाट भएका राजनितिक उपलब्धिको रक्षा गर्न बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन र माओवादी केन्द्रका नेता खुमनाथ सुवेदीले विगतमा एमाले, माओवादीको नेतृत्वका सरकारले गरेका जनपक्षिय कामलाई निरन्तरता दिन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

बक्ताहरुले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको सहमती कार्यान्वयन भएर नेपालमा एउटै कम्प्युनिष्ट पार्टी बन्नेमा विश्वस्त रहेर एकतावद्ध भई चुनाव प्रचारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोकाको अध्यक्षता, किरण थापाको सञ्चालन र वडा अध्यक्ष कलानीधि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।