लुलाङलाई साक्षर वडा घोषणा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ साउन ।
म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङलाई मंगलबार साक्षर वडा घोषणा गरिएको छ ।
वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९९.९ प्रतिशत नाागरीकले अंक अक्षर लेखपढ गर्न जान्ने भएपछि गाउँ शिक्षा समितिको आयोजनामा साक्षर वडा घोषणा गरिएको हो ।bikalpa newsलमसुङ माविको व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर पुर्जाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्याल र हेम माविका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले सामाजिक रुपान्तरणका लागि साक्षरताको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
लमसुङ माविका प्रअ तुलसीनाथ सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा पार्टीहरुको तर्फबाट नेपाली काँग्रेसका ज्ञानबहादुर पाईजा, खोरीया आधारभुत विद्यालयका प्रअ रामबहादुर पुर्जा, लुलाङ आधारभुत विद्यालयका शिक्षक निकेश खड्का र गुड नेवर्स ईन्टरनेशनलकी निरमाया मिजारले मन्तब्य व्यक्त गर्नुभएको थियो ।