ताजा समाचार:
Search

पहिरोले घोरेटो बाटो बगाएपछि मल्कवाङबासी समस्यामा

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २७ साउन ।
पहिरोले घोरेटो बाटो बगाएपछि म्याग्दीको धौलागिरी गाउँपालीका ५ मल्कवाङका बासिन्दा समस्यामा परेका छन् ।

धौलागिरी गाउँपालीका ६ मराङको कोट भन्ने ठाउँमा गत बिहीबार खसेको पहिरोले मराङ हुदै मल्कवाङ जाने घोरेटो बाटो बगाएको थियो । भिरमा करिब पाँच सय मिटर घोरेटो बाटो पहिरोले बगाएपछि आवत जावत गर्न समस्या भएको मल्कवाङका बासीन्दा दलमान छन्त्यालले बताउनुभयो ।

IMG_0611“मल्कवाङलाई जोड्ने मुख्य घोरेटोबाटो पहिरोले बगाएपछि यातायात सम्र्पक बिच्छेद भएको छ” छन्त्यालले भन्नुभयो “जंगल र भिरमा जोखिमपूर्ण तरीकाले डेढ घण्टा भन्दा बढी समय लगाएर घुमाउरो बाटो हिड्नुपर्ने अवस्था छ ।”

मानिस जोखिम मोलेर हिडेपनि पशुचौपाया र खच्चर आवत जावत गर्न सकेका छैनन् । यो बाटो भएर मल्कवाङका साथै रघुगंगा गाउँपालीका ८ कुईने खानीका बासिन्दा समेत आवत जावत गर्दै आएका थिए । पहिरोले बाटो पूर्ण रुपमा क्षत्ती पु¥याएको छ ।

मल्कवाङमा २५० र कुईनेमा १०० भन्दा बढी घरपरिवारको बसोबास छ । भौगोलिक रुपमा विकट यी गाउँमा सडक सुबिधा पुगेको छैन् । खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामाग्रीको आपूर्ती ठप्प भएको छ । बिरामीलाई स्वास्थ्य संस्था सम्म पु¥याउन समस्या भएको वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले बताउनुभयो ।

साउन १९ गते कोट भन्ने ठाउँबाट दिउँसो खसेको पहिरोले मराङ ठूलो खोला थुनीएपछि आएको बाढीले धौलागिरी गाउँपालीका ६ मा रहेको ३० किलोवाट क्षमत्ताको मराङखोला लघुजलविद्युत परियोजनाको नहर समेत बगाएको थियो ।

मुहानमा करिब एक सय मिटर नहर बाढीले बगाएपछि परियोजनाबाट विद्युत उत्पादन बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताउनुभयो । परियोजना बन्द हुँदा तिन सय घरधुरी अन्धकारमा रात कटाउन बाध्य भएका छन् । आर्थिक स्रोतको अभावमा घोरेटो बाटो र नहर मर्मत गर्न समस्या भएको छ ।

धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले मल्कवाङ जाने बैकल्पीक घोरेटो बाटोको निर्माण र मराङखोला लघुजलविद्युत परियोजनाको नहर मर्मतका लागि स्थानीय जनप्रतीनिधिहरुसंग समन्वय भैरहेको बताउनुभयो ।