पात्लेखेत पहिरो पीडितलाई ओमकुमारी शान्तिकोषद्धारा सहयोग

विकल्प न्यूज/बेनी
साउन १९ गते ।
बेनी नगरपालिका १० पात्लेखेत गएको पहिरोका कारण विस्थापित भएका घरपरिवारलाई परोपकारी संस्था ओमकुमारी शान्तिकोषले आर्थिक सहयोग गरेको छ ।

patlekhet paheroपहिरोका कारण विस्थापित भएका लाल वहादुर हमाल,खम्बी गर्बुजा,हरि गर्बुजा र खिम वहादुर सार्की लाई जनही पाँचहजार र आठ थान त्रिपाल सहयोग गरिएको ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । देश विदेशमा रहनुभएका म्याग्देलीहरुलाई पीडित परिवारलाई आर्थिक सहयोग गर्न उहाँले आह्वन गर्नुभएको छ ।

20630185_1633941006630129_339970955_oराहत रकम र त्रिपाल लिएर कोषका कार्य समिति सदस्य तथा पत्रकार सन्तोष गौतम,आजिवन सदस्य  नन्द कुमार(नन्दु) पाईजा,विद्यार्थी नेता प्रकाश पौडेल सहितको टोली पात्लेखेत तर्फ प्रस्थान गरेको कोषका अध्यक्ष शाक्यले बताउनुभयो ।