गलेश्वरमा एकै दिन तिन लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १७ साउन ।
बेनी नगरपालिका ७ मा रहेको गलेश्वरमा एकै दिन तिन लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ ।

सोमबार मन्दिर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले तिन लाख दश हजार रुपैया भेटी चढाएका हुन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार संकलीत भेटि रकम सार्वजनीक गरेको हो ।galeshowarकोषका सचिव माधवप्रसाद रेग्मीले साउन तेस्रो हप्तासम्म सात लाख ७६ हजार रुपैया भेटि संकलन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सोमबार एक लाख ९२ हजार र दोस्रो सोमबार दुई लाख ७४ हजार रुपैया भेटि संकलन भएको थियो ।

मन्दिरमा संकलन हुने भेटि प्रत्येक हप्ता र मासीक रुपमा सार्वजनीक गरिदै आएको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।
गलेश्वरमा पुजाआजा र दर्शनका लागि म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायत देशका सबै ठाउँ र भारतबाट हिन्दु धर्मावलम्बीहरु आउने गर्दछन् ।