जन्मदिनमा शान्ति कोषलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ साउन ।
बेनीका व्यवसायी सुवर्ण रिजालले आफ्नो जन्मदिनको अवसर पारेर परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आईतबार सहयोग गर्नुभएको छ ।IMG_0563जटिल रोगबाट थलिएर आर्थिक अभावमा उपचारबाट बञ्चित म्याग्देलीलाई सहयोग गर्न डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले शान्ति कोषले सञ्चालन गरेको अभियानमा रिजालले पाँच हजार ५०० सहयोग गरि आजिवन सदस्यता लिनुभएको हो । कोषका अध्यक्ष राजेश शाक्यलाई रिजालले रकम हस्तान्तरण गर्नुभएको थियो ।

कोषमा हालसम्म पाँच सय जनाले आजिवन सदस्यता लिएका छन भने १८ जनाले दुई लाख सहयोग गरेर संरक्षक भएका छन् । करिब ४० जना मुटु, मृगौला, रत्तक्यान्सर, आँखा लगायत रोगबाट थलिएका विपन्नलाई सहयोग जुटाएको कोषलाई तिन लाख भन्दा बढी सहयोग गरेर मोना कतार र बहराईन संस्थागत सदस्य बनेका छन् ।

विभिन्न प्रकृतीका बिरामीहरुलाई पचहत्तर लाख भन्दा बढी सहयोग जुटाएको कोषको डेढ करोडको अक्षयकोष स्थापनाका लागि हालसम्म पचास लाख रुपैया भन्दा बढी सहयोग घोषणा भएको छ ।