धवलागिरी गाउँपालिकाद्धारा गाँउसभामा प्रस्तुत नीति तथा कार्यक्रमको पूर्ण पाठ

गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत नीति तथा कार्यक्रम  
आदरणीय गाँउसभाका सदस्यज्यूहरु
स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान गर्दछु । dhaulagiri bazet१ धवलागिरी गाउँपालिकाको यथार्थता झल्काउने तथ्यमा आधारित गाउँपालिका पाश्र्यचित्र आगामी आर्थिक बर्ष भित्र निर्माण गरिनेछ ।

२ अत्यन्त विकट भौगेलिक अवस्थित सडक सञ्जाल र विद्युत जस्ता भौतिक पूर्वाधारको सेवा बाट विमुख यस धवलागिरी गाउँपालिकाको कार्यालयको सञ्चालनको क्रममा कार्यालयको व्यवस्थापन केही हदसम्म गरिएको र आगामी वर्ष वडाहरुको कार्यालय व्यवस्थापन गरी सर्वसाधरणले आफ्नो गाउँमानै गुणस्तरीय सेवा प्राप्त गर्ने कार्यलाई सुनिश्चित गरिने छ ।

३ यस धवलागिरी गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । संविधान प्रदत शिक्षा सम्बन्धी अधिकार कार्यान्वयन गर्न संस्थागत क्षमता अभिवृद्दी गरिने छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण र दरबन्दी व्यवस्थापनमा प्रदेश र संघिय सरकार सँग समन्वय गरी आवश्यक व्यवस्था गरिने छ । कक्षा ८ स्तरीय परीक्षा गाँउपालिकाबाट सञ्चालन गरी माध्यामिक तह सम्मको शिक्षामा गुणस्तरीयता अभिवृद्धी गरिने छ । स्नातक तह सम्मको अध्ययन हुने क्याम्पस स्थापना र प्राविधिक शिक्षा अध्यापन गराइने उच्च माध्यामिक विद्धयालय स्थापना गर्न पहल गरिने छ ।dhaulagiri gaupalika४ गाउँपालिका केन्द्र देखी अति विकट मानिने वडा र बिशिष्ट अवस्थिति भएका क्षेत्रहरुलाई विशेष तथा स्वायत्त क्षेत्र घोषणा गर्न पहल गरिने छ ।

५ गाउँपालिकामा १५ शैयाको अस्पाताल निर्माण गर्न आवश्यक सहजीकरण गरिने छ । धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चितता गर्न उपर्युक्त स्थानमा अस्पताल स्थापनाको लागि पहल गरिने छ ।

६ धवलागिरी गाउँपालिकाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा गुणस्तरीयता सुनिश्चित गर्न कम्प्युटरकृत सूचना प्रविधिलाई अबलम्बन गरिने छ । यसका लागि उपलब्ध जनशक्तिको दक्षता अभिवृद्धि गरिने छ ।

७ जनसहभागितामा आधारित आयोजना कार्यान्वयन पद्दतीलाई उच्च प्राथमिकता दिईने छ । गाउँपालिकाबाट सञ्चालन हुने ग्रामीण सडकमा कम्तीमा १० प्रतिशत जनसहभागिता सुनिश्चत गर्ने नीति अबलम्बन गरिने छ ।

८यस गाउँपालिकाको उपर्युक्त स्थानमा बाह्य खोप केन्द्रको भवन निर्माण गरिने छ । एक गाउँ एक प्राविधिक कार्यक्रमलाइ संघीय सरकारसँग समन्वय गरी कार्यान्वयन गरिने छ ।

९ यस कार्यालयबाट सम्पादन गरिने भौतिक पूर्वाधार निर्माण सम्बन्धी कार्यलाई लागत प्रभावी र गुणस्तरीय बनाउन नियमित अनुगमन गरिने छ । आयोजनाहरु छनौट गर्दा उच्च जनसहभागिता रहने र अधिक नागरिकले प्रतिफल प्राप्त गर्ने योजनालाई उच्च प्राथमिकता दिइने छ ।

१० धवलागिरी गाउँपालिकाको समृद्धिको आधार सदैव केन्द्रीय अनुदान मात्र हुन सक्दैन । सो कुरालाई ह्दयगमन गरी आन्तरिक आय अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्नुको बिकल्प छैन । सो कुरालाई बोध गरी आन्तरिक आय अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्नुको बिकल्प छैन । सोको लागि सम्पूर्ण व्यवसायलाई गाउँपालिकामा दर्ता गरी व्यवसाय कर उठाउने व्यवस्था गरिने छ । पर्यटन तथा बिद्युत रोयल्टी यस गाउँपालिका मातहत ल्याउन सम्बन्धित तह वा निकाय सँग समन्वय गरिने छ ।

११ गाउँपालिका भित्र रहेका वडाहरु अब प्रतिद्धन्द्धी रहेनन् । बरु एक अर्काका घनिष्ट सहयात्री हुन् । एउटा वडाको योजना निर्माण र छनौटमा अर्को वडाको समर्थन अनिवार्य भएको तथ्य बोध गर्दै यस गाउँपालिकाको समृद्धिको खाका कोर्ने र गाउँपालिकाको केन्द्र निर्धारण गर्न आगामी साउन मसान्त भित्र हाल गाउँपालिकाको केन्द्र रहेको साविकको मुना गाविस मा पूर्व सहमती बमोजिम सरोकारवालाहरुको वृहत भेला आयोजना गरी सहमतिको आधारमा केन्द्र विवाद निरोपण गरिने छ ।

१२ पर्यटन क्षेत्रलाई शान्तिपूर्ण र आयमूलक बनाउन पर्यटक चेकपोष्टको व्यवस्था गरिने छ । साथै पर्यटकीय स्थलहरुमा फोहोर व्यवस्थापन क्याम्पिङ स्थलको व्यवस्था गर्ने योजनालाई तुरुन्त लागू गरिने छ ।

१३ आफ्नो गउँउपालिका भित्र रहेका विभिन्न जडिवुटी तथा बन पैदावरहरुको पहिचान गरी मजदुरको न्युनतम पारिश्रमिक बच्ने गरी संकलन गर्ने समय र करको व्यवस्था गरिनेछ ।

१४ युवा सशक्तीकरणको लागि मागमा आधारित विभिन्न ठाउँमा खेलमैदान निर्माण तथा कार्यक्रमहरु आयोजना गरिने छ ।

१५ बालबालिकाहरुको हकहित संरक्षण गर्दै उनीहरुको चौतर्फी विकासको लागि विभिन्न खालका बालमैत्री कार्यक्रमहरु गर्न सरकारी कार्यालयहरुसंग सहकार्य गरिने छ ।

१६ महिला सशक्तिकरणको लागि मागमा आधारित तथा लक्षित समूह पहिचान गरी क्षमता विकास , लैङगीक सचेतना कानुनी परामर्श र आयआर्जन पाटोलाई मध्यनजर गरी कार्यक्रम बनाई बिभिन्न समुदाय तथा बस्तीहरुमा सञ्चालन गरिने छ । यसका लागि बालबालिका तथा महिला विकास कार्यालय लगायत विभिन्न गैर सरकारी संस्थाहरु सँग समन्वय गर्दै कार्यक्रम निर्माण तथा कार्यान्वयन गरिने छ ।

१७ जेष्ठ नागरिकहरु समाजको जिउँदो दस्तावेज भएको कुरालाई मध्यनजर गर्दै वहाँहरुको लागि राज्यले तोकेको नियमित सामाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रमाण तथा कागजातहरु समयमा नै अद्यावधिक गर्ने जनतालाई सुसुचित गर्ने र गाउँपालिकाबाट पनि सबैभन्दा जेष्ठ नागरिक पहिचान गरी प्रत्येक वडामा एक पुरुष जेष्ठ नागरिक र एक महिला जेष्ठ नागरिकलाई सम्मान गरिने छ ।

१७ धवलागिरी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङहरुको विवरण अद्याबधिक र पहिचान गरी महिला तथा बालबालिका कार्यालय सँग समन्वय गरी अपाङगता प्रमाण पत्र प्रदान गर्न घुम्ती शिविर आयोजना गरिने छ ।

१८ पञ्जीकरण व्यवस्थालाई समयमानै अपडेट गर्न जनतालाई सुचित गरिने छ । सो मध्ये जन्मदर्ता गर्ने क्रममा ३५ दिन काटे पनि छोरीको जन्मदर्ता निशुल्क गरिदिने व्यवस्था गर्न पहल गरिने छ ।

१९ समाजमा रहेको सामाजिक समस्या मध्ये बालबिवाह रोक्न जनचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सो कार्य रोक्न पहल गर्ने व्यक्ति लाई विशेष पुरस्कार व्यवस्था गरिने छ ।

२० धवलागिरी गाउँपालिका भित्र रहेका विभिन्न प्रकारका खानी तथा खनिज लगायत अन्य दृष्य र अदृष्य प्राकृतिक स्रोतको खोज अनुसन्धान संरक्षण तथा प्रवद्र्धन गर्न विभिन्न विशेषज्ञहरुबाट सम्भावनाको खोजी गरिने छ र सोही अनुसार योजना बनाई कार्यान्वयन गरिने छ ।

२१ धवलागिरी गाउँपालिकाले कृषिलाई उच्च महत्व दिएको छ । धवलागिरी गाउँपालिकालाई खद्यान्नमा आत्मनिर्भर बनाउने नीति अबलम्बन गरिने छ । सोको लागि प्रत्येक वडामा एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरिने छ ।

२२ वातावरण तथा सरसफाइलाई मध्येनजर गर्दै प्रत्येक वस्तीमा टोल सुधार समूह गठन गरी फोहोर व्यवस्थापन तथा ढल व्यवस्थापनको कार्यक्रमलाई प्राथमिकताका आधारमा क्रमश सुरु गरी पाँच बर्ष भित्रमा प्रत्येक वडामा क्रमश आयोजना गरिने छ ।

२३ विद्यालय बाहिर रहेका बालबालिकालाई पढ्न आउने वातावरण सिर्जना गर्न छात्रवृत्ती बाहेक छुट्टै सेवा सुविधा लगायत विभिन्न प्रेत्साहन भत्ताको व्यवस्था गरिने छ ।

२४ नीजी विद्यालयमा महङगो शुल्क तिर्ने र राम्रो शिक्षा दिलाउन सहर बजार तिर आकर्षण हुने क्रम रोक्न प्रत्येक आधारभूत विद्यालयमा क्रमश अंग्रेजी माध्यमबाट पठनपाठन गराउन विद्यालय प्रशासन, विद्यालय व्यवस्थापक र सम्पूर्ण अभिभावक भेला गराई छलफल गराई विशेष योजना सहित क्रमश सुरु गरिने छ ।

२५ बर्षेनी विदेश पलायन हुने साहूँको चर्को व्याज सहितको ऋणमा डुबेर मानसिक तनावमा परेका युवा जमातको क्षमता विकास र आय आर्जनको कामको थालनी गर्न तालिम सहितको युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिने छ ।

२६ धौलागिरी गाउँपालिका भित्र विभिन्न गाउँहरु मध्ये जहाँ पर्यटकीय सम्भावना रहेको छ त्यस गाउँलाई पहिचान गरी स्मार्ट भिलेज बनाउन आवश्यक कुराहरु खोज गरी ५ बर्ष भित्र सो काम पुरा गर्न कार्य अगाडी बढाइने छ ।

२७ गुर्जा, लुलाङ, मुना, मुदी, मराङ र मल्कवाङलाई क्रमिक रुपमा घरमा सुत्केरी मुक्त वडा घोषणा गरिने छ ।

२८ सम्पुर्ण गाउँपालिकावासीलाई स्वास्थ्य वीमा गर्ने कार्यक्रमलाई तिव्रता दिईनेछ ।

२९ स्वास्थ्य सेवाको पहुँच नपुगेका ठाउँहरुमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिने छ ।

३० गुर्जा, मुना, मुदी र मल्कवाङमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्रहरुको निर्माण गर्दै लगिने छ ।