राष्ट्रिय समाचार
धनेश्वरी–तारानाथ स्मृति कोषबाट विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण

विकल्प न्यूज/बेनीमाघ १२ गते । जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । हरेक वर्ष विभिन्न विधातर्फ स्रष्टा र व्यक्तिहरु छनोट गरी […]
माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क मञ्चको सम्मेलन

पोखरा, १२ माघ । नेकपा (माओवादी केन्द्र)को म्याग्दी–पोखरा सम्पर्क मञ्चको पहिलो सम्मेलन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पोखरामा बसोबास गर्ने म्याग्दी घर भएका नेकपा माओवादी केन्द्रमा निकटहरु आवद्ध मञ्चको सम्मेलनबाट लोकनाथ भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय कमिटि गठन भएको छ ।उपाध्यक्षहरुमा ओमबहादुर पुन, बिष्णु बिक, क्या. लिलबहादुर पटेल, शोभा खड्का, निर्मल कटुवाल, सचिवमा बेलबहादुर नेपाली, […]
बासखर्कमा सुन्तला महोत्सव

ठाकुरप्रसाद आचार्य/बेनीमाघ ११ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिले गाउँलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभएको छ । कृषि उत्पादन बिक्री गरेर गाउँमा करोडौं भित्रिने भनेको सानोतिनो कुरा नभएकाले प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको उहाँको भनाई थियो । कृषि र पर्यटनलाई गण्डकीको विकास र समृद्धिसँग जोडेर प्रदेश सरकारले प्राथमिकताका […]
अखिल क्रान्तिकारीको अध्यक्षमा सुदिन पौडेलको उमेद्वारी

बेनी, ९ माघ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्वकीय क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा म्याग्दीका पुर्व जिल्ला अध्यक्ष सुदिन पौडेल उमेद्वार बन्नुभएको छ । गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन उमेर हदको बिवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । गत पुष १४ गते देशभरका प्रतिनिधीहरुले गरेको मतदानबाट कमिटिमा […]
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

विकल्प न्यूज/बेनीमाघ ९ गते । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव गर्न थालिएको हो […]
विदेशबाट फर्किएर गाडीको स्टेरिङ घुमाउँने भक्त गाउँको कुशल चालक

ठाकुरप्रसाद आचार्यमाघ ९ गते । वैदेशिक रोजगारीमा डेढदशक विताउनुभएका धवलागिरी गाउँपालिका २ लम्सुङका भक्तबहादुर सिंकिजा पुनले गाउँ फर्किएर गाडी चलाउन थाल्नुभयो । पुनलाई अहिले गाउँमा भ्याइ नभ्याइ छ । दिनहुँ गाउँदेखि बेनी जाने यात्रु तथा सामान ओसार्न पुनले बोलेरो गाडी चलाउँनुहुन्छ । गाउँमा पुनले किराना पसल र होटल पनि संचालन गर्नुभएको छ । विदेशमा सिकेको […]
मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी, माघ ३ गते । यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी […]
जलजलाको १८ औं गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनीपुस २८ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ । पालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनामा बजेट थपघट तथा रकमान्तर गरेको छ । सभाले विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा पालिका […]
पूर्व प्रधानमन्त्री देउवाद्धारा आठौं म्याग्दी महोत्सव उद्घाटन

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गरेर मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आइतबार बेनीमा आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुहुँदै सभापति देउवाले बर्तमान सरकार गठन भएसँगै देशमा उद्योग मैत्री वातावरण […]
कांग्रेसका सभापति देउवाद्धारा गलेश्वर मन्दिरको दर्शन(फोटोसहित)

ठाकुरप्रसाद आचार्यम्याग्दी,पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दी स्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ । आज देखि बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न म्याग्दी आउनुभएका सभापति देउवाले बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गर्नुभएको हो । गलेश्वर शिवालय क्षेत्र […]
म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन

म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको म्याग्दी […]
रास्वपा म्याग्दीको प्रथम जिल्ला भेला हुँदै, नेतृत्वका लागि खुला आह्वान

विकल्प न्यूज/बेनीपुस २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाको आयोजना गरिएको छ । यही पुस २७ गते शनिबारका दिन सदरमुकाम बेनीमा प्रथम भेला आयोजना गरिएको रास्वपाले जनाएको छ । पार्टीको सांगठनिक सुदृढीकरण र स्थानीय तहमा सक्रियता बढाउनका लागि भेला गर्न लागिएको रास्वपाका म्याग्दी प्रतिनिधि तथा युवा छवि आचार्यले जानकारी दिनुभयो । साथै […]
जलजलाका सबै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन

विकल्प न्यूज/जलजलापुस,२२ गते । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ । ९ वटा वडा रहेको जलजलामा दोस्रो अधिवेशन मार्फत एमालेले नेतृत्व चयन गरेको हो । मंसिरको तेस्रो हप्ता पालिका कमिटीको दोस्रो अधिवेशन मार्फत नरबहादुर कार्कीको अध्यक्षतामा नयाँ कमिटी चयन भएसँगै एमाले वडा अधिवेशनमा जुटेको थियो । पुस ९ गते […]
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी, पुस २२ गते । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले शिलाखेल अनावरण गरेर भवन उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । भारत सरकारको दुई करोड ८३ लाख आर्थिक सहयोगमा १६ कोठे […]
लागू औषध दुव्र्यसनी नियन्त्रणमा साझा प्रयास आवश्यक

विकल्प न्यूज/बेनीपुस २१ गते । लागू औषध नियन्त्रणलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गरी जनस्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताहरूको जोड रहेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय र मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भएको स्थानीय तह, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवाला निकायसँगको कार्यक्रममा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि […]