ताजा समाचार:
Search

राष्ट्रिय समाचार

एक्यापलाई प्रदेश मातहत ल्याउन गण्डकी प्रदेश सरकारको छलफल

विकल्प न्यूज/बेनी माघ ९ गते । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत रहने म्याद सकिएपछि फेरि गण्डकी प्रदेशले आफू मातहत राख्न माग गरेको छ । गत वर्ष माघमा सरोकारवालाबीच एक्याप व्यवस्थापनसम्बन्धी नयाँ नियमावली र ढाँचा बनाएर १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर नयाँ नियमावली र व्यवस्थापनको खाका […]

मिलनचोक-डम्मरा लाइन शनिबार चार्ज हुँदै

विकल्प न्यूज /बेनी माघ ९ गते ।  नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले म्याग्दीस्थित मिलनचोक–डम्मरा ११ केभी हाइटेसन वितरण लाइन चार्ज गर्ने भएको छ । केन्द्रले बेनी बजार क्षेत्रमा विद्युत वितरण गर्न निर्माण गरेकाे लाइन शनिबार (माघ १० गते) देखि लाेड दिएर चार्ज गर्न लागेको हो । पर्वतको जलजला गाउँपालिका स्थित ३३/११ केभी मिलनचोक सबस्टेसनदेखि लामाखेत, अथुङ्गे, […]

म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

प्रतिनिधि सभा विघटनको विरोधमा म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध सभा

विकल्प न्यूज/बेनी माघ ९ गते । नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको प्रबक्ता अजयमिलन श्रेष्ठले बताए । विरोधसभामा पार्टी सभापति खम्बीर गर्बुजा रघुगंगा गाउँपािलका–२ भगवती, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य […]

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

माघ ९ गते । अन्नपूर्ण आधार शिविरका पदमार्गमा जान अब पिसिआर रिपोर्ट आवश्यक नपर्ने भएको छ । पर्यटकका लागि पिसिआर रिपार्ट अनिवार्य गरी यही माघ १ गतेदेखि विश्वको चर्चित उक्त पदमार्ग खुला गरिएको थियो । छोम्रोङ पर्यटन व्यवसायी समितिको मङ्गलबार बसेको बैठकले अबदेखि पदयात्रीका लागि पिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे हो । समितिका सचिव दिलीप गुरुङका […]

लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

विकल्प न्यूज /बेनी म्याग्दी ८ माघ ।  लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९ वडाका ५ घरपरिवारलाई प्रतिपरिवार करिब ३ हजार बराबरको आद्यान्न सहयोग गरिएको हो । उनीहरुलाई चामल, आटा, दाल, […]

यसरी हुदैछ क्याम्पस चाेकमा भेलबाढीको व्यवस्थापन

विकल्प न्यूज/बेनी माघ ७ गते । हरेक बर्षायाममा भेलबाढीको त्रास खेप्दै आएका सदरमुकाम बेनी स्थित क्याम्पसचोक क्षेत्रका स्थानीयको समस्या समाधानको लागि दिगो ढल निकासको पूर्वाधार बनाउने बाटो खुलेको छ । अर्थुङ्गे देखि क्याम्पसचोक हुँदै आउने बाढीलाई निकास दिन बेनी नगरपालिकाले निजी घरजग्गा अधिग्रहण गरि ढल निकासको अल्झन हटाउन लागेको हो । भेलबाढी र ढलको दिगो […]

प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।      गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]

एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?

विकल्प न्यूज/बेनी माघ ७ गते । कोरोना महामारीबाट प्रभावित व्यवसायीलाई राहत स्वरूप बिनाब्याज ऋण दिन गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार राष्ट्र बैंक पोखरा शाखासँग सम्झौता गरेको छ । बजेटमै घोषित एक अर्बको व्यवसाय जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउन भएको सम्झौतामा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव […]

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौँ, माघ ७ गते । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम […]

म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन

विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहकारीले आफ्नै भवन बनाउन सक्नु महत्वपूर्ण काम भएको […]

अजिङ्गर भीरमा गुडन थाल्यो मोटर

विकल्प न्यूज/बेनी माघ ६ गते ।   कडा र अक्करे भिर मानिएको रघुगंगा गाउँपालिका ४ दग्नाम स्थित अजिङ्गर भीरमा सडक निर्माण गरे सँगै मोटर गुडन थालेका छन् । जिल्लाकै जोखिम मानिएको चट्टानी भीर फुटालेर सडक निर्माण गर्ने योजना दुईवर्षमा पुरा भयो । कल्पना नगरिएको भीरमा मोटर गुड्न थालेपछि स्थानीयवासीहरु खुसी भएका छन् । अजिङ्गर भीरमा सडक […]

मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी माघ ६ गते ।     पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा सोमबार मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभाको उद्घाटन गर्दै विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले मंगला गाउँपालिकामा मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि आफूले म्याग्दी जिल्लाको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट सबैभन्दा धेरै ७० लाख रुपैयाँ बजेट विनियोजन […]

संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

५ माघ, काठमाडौं । बेलायतबाट आएका ५ जनामा १३ पुसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । यो नेपालका लागि खतराको संकेत थियो । किनकी बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (बी.१.१.७) पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराएका थिए । कोरोनाको नयाँ भेरियन्ट भेटिँदा बेलायतले जसरी गम्भीरताका […]

जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय

विकल्प न्यूज/जलजला माघ ५ गते ।  प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो । करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजलाको कार्यालय हाल वडा नम्बर ४ को लामाखेतमा छ […]