ताजा समाचार:
Search

धवलागिरी गाउँपालिका

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना, २७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको […]

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन

विकल्प न्युज/ बेनी मुना, ११ मंसिर । नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ । सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र कोषाध्यक्षमा […]

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

विकल्प न्यूज/बेनी मंसिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा […]

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

विकल्प न्यूज/बेनी मंसिर १ गते ।  म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको माओवादी केन्द्रको पालिका कमिटी सचिब रेशम पुनले जानकारी दिनुभयो । “काँग्रेसमा जानुभएकी होममाया […]

नेपाली काँग्रेस धौलागिरिको सभापतिमा प्रेम पुन निर्वाचित

विकल्प न्यूज/बेनी असोज ९ गते । नेपाली काँग्रेस धौलागिरि गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्वाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल,प्रेम विक,सविचमा नगेन्द्र मल्ल,देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धीमान शेरपुञ्जा,सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । यसैगरी […]

लुलाङ गाउँमा रहेको लघुजलविद्युत आयोजना बाढीले बगायो

विकल्प न्यूज/बेनी भदौं २१ गते । धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको ४५ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना बाढीले बगाएको छ । आइतबार(गएराती) दरखोलामा आएको बाढीले जलविद्युत आयोजना विद्युत गृह बगाएको हो । दरखोलामा आएको भीषण बाढीले म¥यानीको पुछारमा रहेको विद्युतगृह बाढीले पूर्णरुपमा बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । विद्युत गृह बाढीले बगाउँदा विकट लुलाङ […]

धबलागिरि गाउँपालिकालाई पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज म्याग्दी भदौं ४ गते ।  जिल्लाको विकट धबलागिरि गाउँपालिकालाई कोरोना विरुद्धको पूर्ण खोप प्राप्त पालिका बनाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले धबलागिरिलाई पूर्ण खोप प्राप्त पालिका बनाउने अभियान थालेको हो । स्वास्थ्य कार्यालय म्याग्दीले दिएका जानकारी अनुसार १८ वर्ष देखि माथिका करिब ९ हजार ६ सयलाई खोप […]

जलविद्युतले बदलिएको गाउँ

म्याग्दी, साउन १९ गते ।   जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङमा चहलपहल र […]

प्रदेश सरकारबाट कटौती भएका योजना समाबेश गरिदिन गाउँपालिकाको अनुरोध

विकल्प न्यूज\बेनी साउन १५ गते ।   गण्डकी प्रदेशमा नयाँ सरकार गठन भए सँगै म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रममा बजेट कटौती गरिएको छ । दुई वर्ष देखि निरन्तर बजेट व्यवस्थापन भई सञ्चालनमा रहेका योजनाहरुलाई प्रदेश सरकारले यसपालीको बजेटमा कटौती गरेको हो । अघिल्लो सरकारले निरन्तरता दिएको सडक,शिक्षा,खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले […]

ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना

विकल्प न्यूज/बेनी साउन १५ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय […]

थुनिएको गुर्जाखोला बग्न थाल्यो

विकल्प न्यूज/बेनी साउन १० गते ।   पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने, ‘थप जोखिमको अवस्था […]

म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनीयो

विकल्प न्यूज/बेनी म्याग्दी ९ साउन ।खोला थुनिएको संभावित क्षेत्र  म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो ताल बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । गुर्जा […]

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

विकल्प न्युज/मुना मुना, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौं गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ । बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले […]

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीका पाचँ गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब ८ लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको,प्रेम मल्लको पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले करिव ८ लाख […]

धवलागिरीको ताकममा भिडियो एक्सरे सहित ल्याब सेवा सुरु

विकल्प न्यूज\बेनी जेठ २५ गते । म्याग्दीको विकट धौलागिरी गाउँपालिकाले ताकममा भिडियो एक्सरे सेवा सहित ल्याब सेवा सुरु गरेको छ । वडा नम्बर ताकममा रहेको अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा उपलब्ध गराएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुरु गरिएको हो । […]