धवलागिरी गाउँपालिका

अन्नपूर्ण ४ नारच्याङमा काँग्रेसको प्यानल विजयी

विकल्प न्यूज/बेनी जेठ ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ,अध्यक्ष फगामीको प्यानल विजयी भएका छन् । मत गणनामा विवाद भएपछि रोकिएको […]

ताकममा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान अन्तर्गत सोमवार नेकपा एमालेले धवलागिरी गाउँपालिका वडा नम्वर ७ ताकममा बृहत चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले राष्ट्रियताको पक्षमा […]

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झक छन्त्याल वडाध्यक्षमा निर्विरोध

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माअाेवादी केन्द्रका  झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धवलागिरिमा माओवादी […]

एमालेबाट धवलागिरीको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीले पाए उम्मेदवारको टिकट

 विकल्प न्यूज\बेनी वैशाख १२ गते ।  नेकपा एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र उपाध्यक्षमा प्रगति कार्कीले उम्मेदवारको टिकट पाउनुभएको छ । गण्डकी प्रदेश कमिटीले सोमवार बिहान धवलागिरीको उम्मेदवारको टुङ्गो लगाएको हो । अध्यक्षको उम्मेदवार पुन धौलागिरी गाउँपालिकाका बहालवाला अध्यक्ष हुनुहुन्छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव समेत रहनुभएका पुन अखिल नेपाल महिला संघ म्याग्दीका […]

धबलागिरीको अध्यक्षमा एमालेबाट ४ जना सिफारिस, कसले पाउला टिकट ?

विकल्प न्यूज\बेनी चैत ३० गते । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि चलेको बैठकमा सहमतिका […]

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

काठमाडौं, चैत २९ गते । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ ग्रिकका प्रख्यात अल्पानिष्ट हुन् […]

दुर्गम भेगको एक गरिब परिवारको पीडा

अमित विश्वकर्मा /भेडिखाल्टा चैत २० गते । ढुंगा र काठले बनेको एउटा निकै पुरानो घर, झयालहरु बिहिन उडाङगो बस्नै नमिल्ने तला, नपोतिएका भित्ता संगै ढुङगाको गारो, सानो पिढीँ, अनि घरभित्र पस्ने मुल ढोका नजिकै झुन्डाईका फाटेका अनि मैलिएका कपडाहरु । म्याग्दीको धवलागिरी गाउँपालिका ५ भेडिखाल्टाकी लालमाया बिश्वकर्मा ५ जनाको परिवार सहित बस्ने घर हो यो […]

बिममा माओबादी केन्द्रबाट रुबिन जुग्जाली वडा अध्यक्षको उम्मेदवार

विकल्प न्यूज\बेनी चैत १७ गते । म्याग्दीमा नेकपा माओबादी केन्द्रले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदावर चयन कार्यलाई तिव्रता दिएको छ । सर्वसहमतिमा वडा अध्यक्षको उम्मेदवार टुंगो लगाईरहेको माओबादी केन्द्रले बिहिबार रुबिन जुग्जालीलाई मालिका गाउँ पालिका वडा नं ७ बिमको वडा अध्यक्षको उम्मेदवार छनौट गरेको छ । वडा कमिटिको बैठक बाट सर्बसम्मत रुपमा जुग्जालीलाई […]

ताकममा एमाले र काँग्रेससँग भिड्न अशोक खत्री चुनावी मैदानमा ओर्लिए

विकल्प न्यूज\बेनी चैत १७ गते । धवलागिरी गाउँपालिका ७ ताकममा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । माओवादीका तर्फबाट अशोक खत्री चुनावी मैदानमा ओर्लिएका छन् भने नेकपा एमाले र काँग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । अघिल्लो निर्वाचनमा यहाँ नेकपा एमालेले वडा अध्यक्ष जितेको थियो । वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा […]

मराङ र मल्कबाङमा एमालेको वडा स्तरी प्रशिक्षण

विकल्प न्यूज\बेनी चैत ६ गते । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका बिषयमा प्रशिक्षण दिनुभएको हो । भण्डारीले एमाले बिकासपे्रमि […]

मराङको दुर्गम गाउँ बुलमा सडक पुग्यो

विकल्प न्यूज\बेनी चैत १ गते । जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका–६,मराङको बुल गाउँमा पहिलोपटक सडक पुगेको छ । भौगोलिक रुपमा विकट रहेको बुल गाउँमा मोटर पुगेपछि स्थानीयवासीहरु खुसि भएका छन् । यो सँगै मराङका सवै वस्तीहरु सडक सञ्जालसँग जोडिएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट १२ लाख, पचास हजार सांसद भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट […]

नेकपा एमाले धौलागिरीको मुनामा कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी फागुन २६ गते ।   नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटिले गाउँपालिकाको केन्द्र मुनामा कार्यालय संचालनमा ल्याएको छ । बिहिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटनकै अवसरमा पालिका कमिटिको पूर्ण वैठक पनि सम्पन्न भएको छ । कार्यालयको उद्घाटन एवं वैठकलाई सम्वोधन गर्दै थापाले धौलागिरी […]

परियोजना पुननिर्माण पछि लुलाङमा बत्ति बल्यो

विकल्प न्यूज/बेनी फागुन १ गते ।   पाँचमहिना अघि बाढीले क्षति पु¥याएको धबलागिरि गाउँपालिका २ लुलाङको लघु जलविद्युत परियोजना पुननिर्माण पछि आइतबारबाट गाउँमा बत्ति बलेको छ । गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरी परियोजना पुननिर्माण तथा मर्मतसम्भार गरिएको हो । भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत […]

ताकम माविले विनाकारण शिक्षकलाई हटाएको भन्दै बिरोध

विकल्प न्युज/ बेनी माघ १० गते ।   म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक शिक्षक निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुबेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठनले विज्ञप्ती निकालेका छन् । धौलागिरी […]

गुर्जामा हिउँमा पुरिएर एकजना वेपत्ता, गाउँमा सञ्चार सेवा अवरुद्ध

विकल्प न्यूज/बेनी पुस १५ गते । फाईल तस्विर   म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा हिउँमा पुरिएर विहिवार एकजना वेपत्ता हु्नुभएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तिनजना हिउँमा फसेर अलपत्र परेका छन् ।बस्तीदेखि टाढाको गोठमा बस्दै आएका […]