फोटो
म्याग्दीमा मतगणना सुरु (फोटो)
विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ९ बजेदेखि मतगणना सुरु भएको हो । धवलागिरि गाउँपालिका १ गुर्जाबाट मतगणना सुरु गरिएको छ ।
म्याग्दीमा ६० प्रतिशत मत खस्यो, मतपेटिका संकलन सुरु
ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर ४ गते । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा म्याग्दीमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । जिल्लाका ८६ मतदानस्थलका एकसय २० मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भई मतपेटिका संकलन थालिएको सहायक […]
म्याग्दीका मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ३ गते । भोली आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा सर्वदलीय वैठक र बुथ निर्माण धमाधम भइरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहितको टोलीले निर्वाचनलाई सफल बनाउन सर्वदलीय वैठक र बुथ निर्माण गरेका छन् । जिल्लाका सबै मतदान स्थलमा मतदान केन्द्रको संरचना निर्माण लगायतको […]
मतदानस्थल तर्फ जाँदै गरेका कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)
विकल्प न्यूज\बेनी मंसिर १ गते । आगमी आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । तस्विरहरु
कालिगण्डकी नदीमा फूलको तोरण तारियो (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी कात्तिक १८ गते । पछिल्लो समयमा हाम्रो समाजमा तोरण तार्ने संस्कृति हराउँदै जान थाले पनि केही स्थानमा भने हरिबोधनी एकादशीका दिन पुजाआरधाना गरेर नदी वारपार फुलको तोरण तार्ने पुरानो संस्कृति अझै जिवित छ । यही संस्कृतिलाई जोगाउँन पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीका स्थानीयहरुले हरिबोधनी एकादर्शीका दिन शुक्रबार कालिगण्डकी नदीमा तोरण तारे । […]
घोडेपानीमा घोडादौड प्रतियोगिता सम्पन्न (फोटोफिचर)
सुरेन गुरुङ/म्याग्दी घोडेपानी १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्क देखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दुरी […]
पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु
विकल्प न्यूज/जलजला कात्तिक १७ गते । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ रु त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान र उचित प्रचारप्रसार […]
ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल र नदीको नागबेली […]
मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)
विकल्प न्यूज/बेन कार्तिक ८ गते । राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर पुगेको हो । धौलागिरि हिमालको आधार शिविर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याग्दी प्रवासी नेपाली संघ(मोना) […]
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो […]
बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर)
विकल्प न्यूज/बेनी असोज ३१ गते । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हर्न बेनीको खुल्ला मञ्च दर्शकहरुहरुले भरिभराउ भएको छ । सोमबार भएको क्वाटर फाइनल खेल हेर्न पुगेका दर्शकहरु । तस्विरहरु ठाकुरप्रसाद आचार्य
महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी असोज ३१ गते । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ । खेलप्रेमीहरुले खुल्ला मञ्च भरिभराउ […]
तेक्वान्दोमा सात इभेन्ट सकिदा पुलिसलाई ४ स्वर्ण
ठाकुरप्रसाद आचार्य/बेनी असोज ३० गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म सात वटा इमेन्ट […]
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात
विकल्प न्यूज/बेनी असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो । बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध तिनसेट लगातार […]
खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत (फोटो\भिडियो)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता विहिवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागि हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ । खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गर्नुका साथै नौमती बाजा […]