फोटो
विकट वस्तीमा पुग्यो सडक ः बाजागाजा सहित स्थानीयले मनाए खुसियाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको विकट वस्तीमा सडक पुगेपछि स्थानीयहरुले बाजागाजा सहित खुसियाली मनाएका छन् । गलेश्वर–पिप्ले,मौवाफाँट – दग्नाम–दर्मिजा – चिमखोला हुँदै कुइनेमंगलेको वस्तीलाई सडक सञ्जाल सँग जोडन ३६ किलोमिटर सडको ट्रयाक खुले सँगै विकट वस्तीहरु सडक सञ्जाल सँग जोडिएका हुन । सोमबार बाजागाजा र नाचगान सहित गाउँपालिकाको वडा नम्बर ४ […]
भलिबलमा बिजेता महिला टिमलाई बेनीमा भब्य सम्मान ( फोटो/भिडियो)

विकल्प न्यूज/बेनी फागुन १२ गते । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा महिलातर्फ बिजेता बनेको म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा खेलाडीहरुलाई सम्मान गरिएको हो । विरेन्द्रचोकबाट सुरु भएको बाजागाजा सहितको ¥याली बजार परिक्रमा गरेको थियो ।
तस्विरमा हेनुहोस् बिमको बराह ताल

विकल्प न्यूज/बेनी फागुन १० गते ।मालिका गाउँपालिका ७ बिममा रहेको धार्मिक स्थल बराह ताल । तालमा धौलागिरि हिमालको छाया देख्न सकिन्छ । तस्विर ठाकुरप्रसाद आचार्य
प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत जनप्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन ३ गते । नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित भएको छ । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत […]
तस्विरमा हेर्नुहोस् दाना सब–स्टेशन

ठाकुरप्रसाद आचार्य/बेनी माघ २९ गते । म्याग्दीको दानामा निर्माण गरिएको दाना सब–स्टेशन तयार भएर परिक्षण सफल भएसँगै उत्पादित विद्युत प्रशारणलाइनमा जोडिएका छन् । सब–स्टेशन र प्रशारणलाइन तयार नहुँदा यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गएको थियो । नेपाल विद्युत प्राधिकरण निर्माण गरेको २२० केभी क्षमताको दाना– खुर्कोट प्रशारण लाइन र सब–स्टेशन एकहप्ता […]
प्रतिगमन विरुद्ध बेनीमा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी माघ २५ गते । नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका छन् । विरेन्द्रचोकबाट सुरु भएको ¥यालीले प्रतिगमन विरुद्ध नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए । […]
राष्ट्रिय सभाका अध्यक्षद्धारा म्याग्दी उद्योग बाणिज्य संघको २७ औं वार्षिक साधारणसभा उद्घाटन

विकल्प /बेनी माघ २३ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले म्याग्दी उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उद्घाटन गर्नुभएको छ । अधिबेशनले निजी क्षेत्रको छाता संगठन संघको आगमी तिन वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । नयाँ नेतृत्व चयन गर्ने व्यवसायीका विच सहमति जुटेको बताइएको छ […]
बेनीमा हिन्दु राष्ट्रका पक्षमा ¥याली (फोटो)

विकल्प न्यूज/बेनी पुस २७ गते । पुष २७ गते सोमबार राष्ट्रिय एकता दिवसका अवसरमा बेनीमा जनजागरण अभियान म्याग्दीले बृहत मोटरशाइलक तथा हिन्दु राष्ट्रका पक्षमा ¥याली निकालेको छ । बेनीको खुल्ला मञ्चबाट सुरु भएको ¥यालीले बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर मञ्चमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागिहरुले राजा आउँ देश बचाऔं, हिन्दु राष्ट्र कायम […]
सूर्य चिह्नप्रति प्रचण्डको माया नक्कली ः नेता बस्नेत

विकल्प न्यूज/बेनी पुस २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले सूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ओली समूहका नेता बस्नेतले प्रचण्डलाई […]
बेनीमा युवाको गर्जन ः ‘‘आजलाई होइन भोलीलाई, दश बर्ष ओलीलाई ’’(फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २१ गते । सत्तारुढ नेकपा (ओलीपक्ष) को राष्ट्रिय युवा संघ म्याग्दीले सोमबार बेनीमा युवाहरुको वृहत ¥याली सहित भेला गरेको छ । युवा संघ म्याग्दीले आयोजना गरेको भेलामा आएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा विभिन्न नाराहरु लगाएका थिए । उनीहरुले ‘बाली अलि पिरो छ, केपी ओली हिरो छ ’ जस्ता नाराहरु लगाउँदै […]
यसरी हुँदैछ रत्नेचौरमा सडक कालोपत्रे (फोटोफिचर/भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज मंसिर १७ गते । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले वर्षौ देखि आजित भएका बेनी नगरपालिका १ रत्नेचौरवासीहरुले भने अव घरकै अगाडि चिल्लो सडक देख्न पाउने भएका छन् । सघीय सरकारले सडक स्तरउन्नती सहित कालोपत्रेका लागि बजेट विनियोजन सँगै घर अगाडिको धुलाम्मे सडक कालोपत्रे हुनथालेपछि स्थानीवासीहरु उत्साहित भएका हुन । सडकको ट्रयाक […]
आहा! सुन्तला बगैचा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /म्याग्दी मंसिर १७ गते । प्रत्येक घरमा व्यवस्थित सुन्तला बगैचा । बोटमा पाकेका सुन्तलाले बगैचा नै पहेलपुर । यो हो बेनी नगरपालिका ४ बास्कुना जसलाई सुन्तला गाउँ भनेर चिनिन्छ । वास्कुनावासीहरुले धानखेत छाडेर सुन्तला खेती गरेका छन् । वास्कुनामा रहेका २५ घरधुरीले व्यवसायिक रुपमा सुन्तला खेती गरेका छन् । प्रत्येक घरले कम्तिमा पनि वार्षीक […]
मंगलामा १५ शैयाको अस्पताल शिलान्यास

विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पतालको शिलान्यास गर्नुभएको हो । वडा नम्बर ५ अर्मनमा ९ रोपनी जग्गा व्यवस्थापन गरी अस्पताल बनाउन लागिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । सरकारले आजै देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम […]
ढोलठानाबाट नियहाल्दा (फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर १० गते । म्याग्दीको बेनी नगरपालिकाको पुला र घतानको साँधमा रहेको ढोलठानाबाट बाट रमणीय दृश्यहरु देख्न सकिन्छ । यहाँबाट अन्नपूर्ण र धौलागिरि हिमश्रृङ्खलाका साथै कालिगण्डकी र म्याग्दी नदीको दृश्यका साथै बेनी बजार,पर्वतको जलजला गाउँपालिकाका वस्तीहरुको अवलोकन गर्न सकिन्छ । यो समुन्द्र सतह देखि १७५० मिटरको उचाईमा पर्दछ । मध्यकालमा पर्वत राज्यको राजधानीको […]