ताजा समाचार:
Search

समाचार

धाइरिङ ४ मा एमालेको वडा भेला सम्पन्न

विकल्प न्यूज/पर्वत माघ २८ गते । पर्वतको धाइरिङ ४ नम्बर वडामा शुक्रबार सम्पन्न भएको वडा भेलाले गिरिधारी उपाध्यायको अध्यक्षतामा नेकपा एमालेको वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झलकवहादुर हमाल, सचिवमा सागर पौडेल र उपसचिवमा रेशम श्रेष्ठ चयन हुनुभएको छ ।वडा कमिटीको सदस्यहरुमा सरस्वती पौडेल,माया देवी शर्मा पौडेल, राजुप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र गणेश […]

थवाङबाट क्रान्तिको उद्घोष गर्दछौ ः माओबादी नेता बाँस्तोला

विकल्प न्यूज/बेनी माघ २८ गते । नेकपा (माओबादी) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन शुक्रवार देखि बेनीमा सुरु भएको छ । नेकपा (माओबादी)का प्रभावशाली नेता तथा स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले सम्मेलनको उद्घाटन गर्नुभएको हो । सम्मेलनको उद्घाटन गर्दै नेता बाँस्तोलाले सामान्ती राज्य सत्ता ढलेर अहिले दलाल राज्य सत्ता स्थापना भएकाले क्रान्तिको माध्यमबाट जनवादी सत्ता स्थापना गर्न […]

सांसद बानियाँसंग राहुघाट क्षेत्रका बासिन्दाको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ माघ । म्याग्दीको राहुघाट क्षेत्रका बासिन्दाहरुले पूर्वाधार विकासमा उपेक्षा गरिएको गुनासो गरेका छन् । राहुघाट क्षेत्रको विकास निर्माणको अवस्था अनुगमनका लागि गएको सांसद रेशमबहादुर बानियाको टोलीलाई स्थानीय बासिन्दाले यातायात, विद्युत र सञ्चार सुबिधाको अभाव भएको गुनासो गरेका हुन् ।भौगोलिक विकटता र दुर्गम क्षेत्रमा रहेको सो क्षेत्रका बासिन्दाहरुले करोडौ लगानीमा निर्मीत […]

पारिवारिक बिखण्डनका कारण बालबालिकाको बिचल्ली

सन्तोष गौतम/नवविकल्प माघ २७ गते । घरबाट सुन्तला बेच्न भनेर मंसिर २० गते बेनी आएकी बेनपा ९ घतानकी १९ वर्षिया एक महिला अहिलेसम्म बेखबर छिन् । ११ महिनाको बच्चालाई छाडेर वेपत्ता भएकी उनको दुई वर्षको अर्को पनि बच्चा छन् । छोरा बिदेशमा भएकाले आमा बुवाले नाती नातीनाको संरक्षण गरेका छन् ।पुष २५ गते हुलाकचोकबाट एक […]

बालमन्दिरमा ४२ लाखको लगानीमा पूर्वाधार निर्माण

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ माघ । बेनी नगरपालिका ७ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बयालीस लाख रुपैयाँ भन्दा बढीको लगानीमा पूर्वाधार निर्माण भएको छ । सरकारी निकायको सहयोगको तुलनामा तिन गुणा बढी रकम स्थानीय स्रोतबाट जुटाएर पक्कि कक्षाकोठा भवन, खानेपानी सुबिधा सहितको छात्रा मैत्री शौचालय निर्माण भएको हो । २८ लाख ३६ हजार २४२ […]

म्याग्दीका राहुघाट क्षेत्रका विद्यालयको अनुगमन

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ माघ । जिल्ला शिक्षा कार्यालयको टोलीले म्याग्दीको राहुघाट क्षेत्रका विद्यालयको बस्तुअवस्थाको बारेमा अनुगमन गरेको छ । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ नेतृत्वको टोलीले मुक्तिधाम मावि भगवती र अमर मावि पाखापानी स्रोत केन्द्र अन्तरगतका विद्यालयको अनुगमन गरेको हो । माघ २३ गते जनता मावि दग्नामबाट अनुगमन सुरु गरेको टोली २५ गतेसम्म […]

पशु कार्यालयको बजार अनुगमन औपचारिकता सिमित

विकल्प न्यूज/बेनी माघ २६ गते । सरकारी निकायहरुले बेनीमा गर्ने गरेका बजार अनुगमन प्रभावहिन भएका छन् । नियम मात्र पु¥याउने तरिकाले गरिएका बजार अनुगमनले कुनै परिवर्तन ल्याउन नसकेको उपभोक्ताहरु बताउँछन् । बजार अनुगमन टोलीले बेनीका मासु व्यवसायीहरुलाई मूल्यसूची राख्न र मूल्यमा एकरुपता कायम गर्न निर्देशन दिएको छ । पटक पटक गरिएका यस्ता अनुगमनले बजारलाई सुधार […]

अनेरास्ववियू म्याग्दीको स्ववियू निर्वाचन केन्द्रित अभियान सुरु

विकल्प न्यूज/बेनी माघ २६ गते । आगमी फागुन १४ गते स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुने भएपछि अनेरास्ववियू म्याग्दीले निर्वाचनलाई केन्द्रित गरेर अभियान सुरु गरेको छ । लामो समय पछि हुन लागेको निर्वाचनमा आफ्नो संगठनलाई जिताउन अभियान सञ्चालन गर्न लागिएको अनेरास्ववियूका जिल्ला उपाध्यक्ष इश्वर सुवेदीले जानकारी दिनुभयो । स्ववियू निर्वाचनलाई केन्द्रित गरेर अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको […]

स्थानीय निकायका कर्मचारी आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । म्याग्दीमा रहेका स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले […]

अधिकार र सुबिधा उपभोग गर्न नपाएको जेष्ठ नागरिकको गुनासो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । म्याग्दीका जेष्ठ नागरिकहरुले संबिधान र कानुनले प्रदत्त गरेको सेवा, सुबिधा र अधिकार उपभोग गर्न नपाएको गुनासो गरेका छन् । महिला तथा बालबालीका कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सैबैधानीक र कानूनी व्यवस्था सम्बन्धि अन्तरक्रियामा सहभागि जेष्ठ नागरीकले यस्तो गुनासो गरेका हुन् । जेष्ठ नागरिक परिचयपत्रमा […]

मुनामा गाउँपालिका केन्द्र बनाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । प्रस्तावीत धौलागिरी गाउँपालिकाको स्थाई केन्द्र मुनामा कायम गर्न स्थानीय बासिन्दाले दवावमुलक आन्दोलन थालेका छन् । मुनामा क्रियाशिल राजनितिक दल, युवा कल्व, आमा समूह लगायतका संघ संस्थाहरुको एक टोलीले गाउँ पालीकाको केन्द्र मुनामा बनाउन माग गर्दै मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापनपत्र […]

राप्रपा म्याग्दीको अध्यक्षमा थापा

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको मंगलबार बेनीमा सम्पन्न एकतापछिको पहिलो अधिवेशनबाट बिरबहादुर थापा क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भकिम्ली २ मरेकमा जन्मनुभएका हाल बेनी बजार निवासी ५३ वर्षिय थापा लामो समयदेखि राप्रपामा आवद्ध रहदै आउनुभएको छ । नवनिर्वाचित अध्यक्ष थापाले म्याग्दीमा राप्रपाको बलीयो संगठन निर्माण […]

अर्मनवासी यातायात सुबिधाबाट बञ्चित

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा अर्मनका बासिन्दा यातायात सुबिधाबाट बञ्चित भएका छन् । अर्मनमा सडक निर्माण भएको आठ वर्ष हुँदा समेत मोटरेबल पुलको अभावमा सिधा सडक सञ्जालसँग जोडिन सकेको छैन् । छिमेकी बाबियाचौर गाविसको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा अर्मन सिधा सडक सञ्जालमा जोडिन नसकेको हो । […]

कागजबाट गहना निर्माण

विकल्प न्यूज /बेनी माघ २५ गते । म्याग्दीका महिलाहरुले काम नलाग्ने कागजका टुक्राबाट गहना बनाउन थालेका छन् । क्यालेण्डर, पत्रपत्रीका लगायत कागजलाई प्रयोग गरेर आकर्षक गहना बनाउन थालेका हुन् । हातको सिप प्रयोग गरेर कागजबाट माला, औठी, झुक्का, बाला लगायतका गहना बनाई स्वरोजगार र आयआर्जनतर्फ अग्रसर भएका छन् । काम नलाग्ने भएर फालीएको कागजबाट बनाइएको […]

विद्युतीय पुस्तकालय स्थापना गर्न पुर्व विद्यार्थीले सहयोग जुटाए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ माघ । म्याग्दीको ताकम ८ शिवाङमा रहेको हेम माविमा विद्युतीय पुस्तकालय स्थापनाका लागि प्रवासमा रहेका पुर्व विद्यार्थीहरुले आर्थिक स्रोत जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना), नेपाल पुस्तकालय फाउण्डेशन र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा सञ्चालित विद्युतीय पुस्तकालय अभियानमा पुर्व विद्यार्थीहरुले एक लाख रुपैया २९ हजार ७६२ रुपैयाँ सहयोग जुटाएका […]