समाचार

बेनीमा जनचेतना मुलक सडक नाटक प्रदर्शनी

विकल्प न्यूज/बेनी चैत ५ गते । शनिबार देखि सुरु भएको हात्तिपाइले रोग विरुद्धको औषिधि खुवाउने अभियानलाई सफल पार्न बेनीमा जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ । सर्वसाधारणहरुलाई हात्तिपाइले रोगको औषधि खानका लागि प्रचारप्रसार गर्ने उद्देश्यले सडक नाटक प्रदर्शनी गरिएको स्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले जानकारी दिनुभयो । बेनीबजारको विरन्द्रचोक र हस्पिटल चोकमा सडक नाटक प्रदर्शन […]

हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सुरु

५ चैत, काठमाडौं । सरकारले आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्दैछ । आजदेखि तीन दिन देशका विभिन्न २५ जिल्लामा र चैत १७ गतेदेखि थप पाँच जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ ।अभियानअन्तर्गत शनिबार, आइतरबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, […]

राखु र बेगबासीको सुझाबः मौवाफाँट केन्द्र नभए नगरपालिकामा समाबेश गर

विकल्प न्यूज/बेनी चैत ४ गते । म्याग्दीको रघुगंगा गाउँपालिका अन्र्तगतका पिप्ले, भगवती र बेगखोलाका बासिन्दाहरुले गाउँपालिकाको केन्द्र मौवाफाँट नभए तिन गाविसलाई छुट्टै गाउँपालिका घोषणा गर्न माग गर्दै त्यसो हुन नसके बेनी नगरपालिकामा समावेश गर्न सरोकारवालाको ध्यानकर्षण गराएका छन् । संयुक्त नागरिक आन्दोलन संघर्ष समितिका अगुवाहरुसंगको अन्र्तक्रियामा बोल्दै साविकको तीन गाविसका बासिन्दाहरुले उक्त सुझाब दिएका हुन् […]

नेपाली काँग्रेस म्याग्दीले निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने

विकल्प न्यूज/बेनी चैत ४ गते । नेपाली काँग्रेस म्याग्दीले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बेनीमा बसेको वैठकले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लाका एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा टोली परिचालन गर्ने निर्णय गरेको हो । काँग्रेसका सभापति खमबीर गर्बुजाले बेनीनगरपालिकामा पार्टीका सचिब हरिकुमार श्रेष्ठ, जिल्ला सदस्य […]

जलजला गाउँपालिका मल्लाजमा स्वागत, मिलनचोकमा बिरोध

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत । पर्वतको मल्लाज माझफाँटका बासिन्दाहरुले जलजला गाउँपालिका स्थापना भएकोमा बाजागाजाका साथ स्वागत गर्दै खुखियाली मनाएका छन् । जिल्ला तहबाट पाईने सेवा सुबिधा गाउँबाटै पाईने, विकास निर्माणमा पहुँच बढ्नुका साथै संबिधान कार्यान्वयनको अनुभव गर्न पाएको भन्दै मल्लाजबासीले खुसियाली मनाएका हुन् । बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविसलाई […]

कुल बजेटको ६० प्रतिशत स्थानीय तहलाई दिने तयारी

विकल्प न्यूज/काठमाण्डौ चैत ४ गते । कुल बजेटको ६० प्रतिशतभन्दा बढी बजेट स्थानीय तहलाई दिने सरकारी तयारी भइरहेको छ । हालै स्थापना भएका ७४४ स्थानीय तहलाई नै सम्पूर्ण रुपमा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्न लागिएको हो ।यसअघि मन्त्रालय र मातहतका निकायले बजेट, नीति तथा कार्यक्रम बनाउने र सोही आधारमा स्थानीय क्षेत्रमा काम हुने […]

यस्ता छन् देशभरका ४८१ गाउँपालिकाका कार्यकारी अधिकृतहरु

यस्ता छन् देशभरका ४८१ गाउँपालिकाका कार्यकारी अधिकृतहरु विकल्प न्यूज/बेनी चैत ४ गते । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले चैत ३ गते  देशभरका ४८१ गाउँपालिकाहरुमा कार्यकारी अधिकृत तोकेको छ । gaupalika officer

पर्वतका पाँच गाउँपालिकामा कार्यकारी अधिकृतहरु तोकिए

विकल्प न्यूज/पर्वत चैत ४ गते । पर्वतका पाँच गाउँपालिकाहरुमा कार्यकारी अधिकृतहरु नियुक्त भएका छन् । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले विहिवार कार्यकारी अधिकृतहरु नियुक्त गरेको हो । नयाँ अधिकृतहरुको नामावली मन्त्रालयको वेवसाइटमा शुक्रबार विहान राखिएको छ । जस अनुसार विहादीमा चन्द्रदेव जैसी, जलजलामा सीता पोखरेल अर्याल,महाशिला विष्णु माया ढकाल मादीमा कुमान सिंह गुरुङ,पैंयुमा कल्पना […]

यी हुन म्याग्दीका गाउँपालिकाका कार्यकारी अधिकृतहरु

विकल्प न्यूज/बेनी चैत ४ गते । म्याग्दीका पाँच गाउँपालिकाहरुमा कार्यकारी अधिकृतहरु नियुक्त भएका छन् । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले विहिवार कार्यकारी अधिकृतहरु नियुक्त गरेको हो । नयाँ अधिकृतहरुको नामावली मन्त्रालयको वेवसाइटमा शुक्रबार विहान राखिएको छ ।जस अनुसार मंगला गाउँपालिकामा साविकको जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेल,मालिकामा रोशन ज्ञावली,धौलागिरिमा कृष्ण प्रसाद […]

वाणिज्य मन्त्री रोमी गौचन सँगको चर्चित टेलिभिजन अन्तरवार्ता हेर्नुहोस (भिडियो )

वाणिज्य मन्त्री रोमी गौचन थकालीले माउन्टेन टेलिभिजनलाई दिएको एउटा अन्तरवार्ता अहिले चर्चामा छ । ४३ मिनेट लामो उक्त लाइभ अन्तरवार्ताभरि मन्त्री थकालीले पत्रकारको सातो खाएका छन् । पत्रकार सुनिल दाहालले ‘माउन्टेन फोकस’ कार्यक्रमको सुरुवातमा मन्त्रीमाथि केही व्यक्तिगत आक्षेप लगाउने प्रश्नहरु सोधेका थिए । यसबाट मन्त्री नराम्ररी भड्किए । त्यसपछि पूरा अन्तरवार्ताभरि नै पत्रकारमाथि मन्त्री हावी […]

माओवादी केन्द्रको मालिका गाउँपालिका सम्मेलन सम्पन्न

विकल्प न्यूज/बेनी चैत ३ गते । नेकपा माओवादी केन्द्रको मालीका गाउँपालिकाको सम्मेलन बिहीबार दरवाङमा सम्पन्न भएको छ । सम्मेलनले कमल केसीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा थिरदेवी पुन, सचिवमा गोविन थापामगर र कोषाध्यक्षमा डमप्रकाश बस्याल रहनुभएको छ । सदस्यहरुमा भिमप्रकाश मल्ल, हिरा पुन, रेशम पुन, हर्कमान जुक्जाली, नरबहादुर बिक, […]

धौलागिरी गाउँपालिका केन्द्र विवाद ः वार्ता निष्कर्षमा पुग्न सकेन्

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ चैत । धौलागिरी गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिति र जिल्लामा क्रियाशिल राजनीतिक दलहरुबीच बिहीबार भएको वार्ता निष्कर्षबिहीन भएको छ । बिवाद समाधानका लागि गाउँपालिकाका सबै वडाका प्रतिनिधिहरुबीच अर्को छलफल गर्ने सहमतीमा वार्ता टुङ्गीएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीको […]

पहुँच र शक्तिका भरमा तोकिएको केन्द्र खारेज गर ः जलजलावासी

विकल्प न्यूज/जलजला चैत ३ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र पहुँच र शक्तिका आधारमा अवैज्ञानिक तरिकाले साविकको माझफाँट गाविसमा तोकिएको भन्दै जलजला गाउँपालिकाका अधिकांश वासिन्दाहरु आन्दोलनमा उत्रिएका छन् ।  निजामति प्रशासनमा उच्च ओहदामा पुगेका माझफाँटका केही व्यक्तिहरुले राज्य पुनर्संरचना आयोगका पदाधिकारीहरुलाई प्रभावमा पारि अवैज्ञानिक तरिकाले गाउँपालिकाको केन्द्र तोकिएको उनीहरुले बताएका छन् ।स्थानीयवासीहरुले गाउँपालिकाको केन्द्र […]

गाउँपालिकाको केन्द्र टाढा हुँदा बेग र राम्चेका बासीन्दा दुःखी

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ चैत । स्थानीय तहको पुनसंरचनाका क्रममा गाउँपालीकाको केन्द्र टाढा र अपायक परेपछि म्याग्दीको बेग र राम्चेका बासिन्दा दुखी बनेका छन् । अन्नपूर्ण गाउँपालीकाको ८ नम्बर वडा पर्ने साबिकको राम्चे र रघुगंगाको १ नम्बर वडा बेगका बासिन्दालाई अहिलेको जिल्ला सदरमुकाम बेनी भन्दा नयाँ केन्द्रमा पुग्न धेरै समय लाग्ने भएपछि निराश बनेका […]

किन सुक्दै छन् कालिगण्डकी र म्याग्दी खोला !

कृष्ण जिसी /विकल्प न्यूज चैत ३ गते । मेरो पुस्ताले जे जे देखेको छ त्यो म भन्दा अघिल्लो पुस्ताले केही त देख्यो होला या अनुभब ग¥यो होला । अघिल्लो पुस्ताले देखेका भोगेका कुरा मैले कतिपय देखेहुँला र भोगे हुँला । २ दशक खासै धेरै लामो समय पनि हैन यो बिचमा धेरै पुस्तान्त हँुदैन । एउटा […]