बेनीमा मादल बजाउने तालिम सुरु
-
बेनीमा मादल बजाउने तालिम सुरु
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो…
पुरा पढ्नुहोस » -
म्याग्दी जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दीका छ वटै स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सिता कुमारी सुन्दासले म्याग्दी जिल्लालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुभएको हो । छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै बालबालिकाले पूर्ण खोप…
पुरा पढ्नुहोस » -
म्याग्दी क्याम्पसमा विज्ञान प्रयोगशाला भवन निर्माण
विकल्प न्यूज\बेनी जेठ १ गते । म्याग्दी बहुमुखी क्याम्पसमा रु १ करोड ६२ लाख लागतमा विज्ञान प्रयोगशाला भवन र प्रयोगशाला निर्माण भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५आइ नेपालको रु १ करोड ३२ लाख र म्याग्दीमा रहेका लायन्स क्लबहरुको रु ४० लाख बराबरको आर्थिक सहयोगमा पाँच कोठे भवन सहित विज्ञान…
पुरा पढ्नुहोस » -
मादल बजाउने सीप सिक्दै सिंगाका महिलाहरु
विकल्प न्यूज\बेनी बैशाख ३० गते । गाउँघरमा पछिल्लो समय मादल बजाउने सीप हराउन थालेपछि संरक्षणका लागि मादल बजाउने सीप सिकाउन थालिएको छ । बेनी नगरपालिकाले मादल बजाउने मौलिक कलाको संरक्षण गर्न महिलाहरुलाई मादल बजाउने तालिम दिन थालेको हो । गाउँघरमा मादल बजाउने सीप हराउदै जान थालेपछि बेनी नगरपालिका ४ सिंगाका महिलाहरुलाई मादल…
पुरा पढ्नुहोस » -
जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै
विकल्प न्यूज\बेनी बैशाख ३० गते । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्यगरी सुन्तला र कागतीखेती विस्तार गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद…
पुरा पढ्नुहोस » -
यातायात सञ्जालसँग जोडियो मालिकाको निस्कोट
म्याग्दी, वैशाख ३० गते । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका…
पुरा पढ्नुहोस » -
रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा सम्पन्न
ध्रुवसागर शर्मा \दरबाङ वैशाख ३० गते । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै…
पुरा पढ्नुहोस » -
रघुगंगाको ज्ञानोदय माविमा मतदानबाट क्याप्टेन चयन
विकल्प न्यूज\बेनी बैशाख २८ गते । यहाँको एक विद्यालयमा मतदानबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियाबाट विद्यार्थीहरुको नेतृत्व चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबीच सहमति नभएपछि मतदान प्रकृया मार्फत चयन गरिएको विद्यालयले जनाएको…
पुरा पढ्नुहोस » -
गुणस्तर सुधारसँगै अब्बल बन्दै बेनीको बालमन्दिर विद्यालय
ठाकुरप्रसाद आचार्य \म्याग्दी बैशाख २८ गते । समुदायमा जागरुकता, शिक्षक र अभिभावकको मेहनतले बेनीको एक सरकारी विद्यालयले मुहार फेरेको छ । प्रधानाध्यापक–शिक्षक टिम, व्यवस्थापन समिति–समुदाय, दाता अथवा अन्य सामाजिक व्यक्तिहरुको मेहनत र योगदानले बेनीको बालमन्दिर माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा अब्बल हुँदै जान थालेको छ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर बेनीकै…
पुरा पढ्नुहोस » -
बेनीमा ‘प्रथम म्याग्दी युवा कप’ प्रतियोगिताको तयारी
विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीमा सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी युवा कप’ भलिबल हुने भएको छ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा आगामी जेठ १४ गतेदेखि हुने प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ,उपविजेतालाई एक लाख २० हजार…
पुरा पढ्नुहोस » -
जलजलाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न माग
विकल्प न्यूज/बेनी बैशाख २३ गते । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा अस्थायी प्रहरी चौकी राख्न स्थानीयहरुले माग गरेका छन् । पछिल्लो समय आपराधिक घटनाहरुमा वृद्धि हुँदै गएको र माझफाँटवासीहरुले असुरक्षित महशुस गरेकाले सुरक्षाको वातावरण मिलाउन प्रहरी चौकी राख्नुपर्ने माग गरेका हुन । जलजला २ का वडाध्यक्ष प्रकाशबहादुर क्षेत्रीले सुरक्षा ब्यवस्थाका लागि प्रमुख जिल्ला…
पुरा पढ्नुहोस » -
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन
विकल्प न्यूज/बेनी बैशाख २३ गते । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समाराेहका विच उक्त स्टेजकाे गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएकाे हाे । सांसद गौचनले समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका भएको…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
म्याग्दी, वैशाख २२ गते । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ । आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । जिल्ला…
पुरा पढ्नुहोस » -
सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु
बेनी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण…
पुरा पढ्नुहोस » -
अन्नपूर्णको पर्यटन प्रवर्धनमा म्याग्दीका जनप्रतिनिधिहरु (फोटोसहित)
विकल्प न्यूज/बेनी बैशाख २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली आधार शिविर पुगेर फर्केको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापासहितको टोली अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केको हो । जिसस थापासहित म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुख तथा…
पुरा पढ्नुहोस »