नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन
-
नयाँ नेतृत्व चयन गर्दै सकियो अनेम संघ म्याग्दीको नवौं जिल्ला सम्मेलन
विकल्प न्यूज/बेनी जेठ १२ गते । नेकपा (एमाले) निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ म्याग्दीको नवौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार र शनिबार बेनीमा सम्पन्न भएको सम्मेलनले यशोदा रोकाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पशुपति शाही र हेककुमारी पुन चयन हुनुभएको…
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली शुरु
विकल्प न्यूज /बेनी म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन…
पुरा पढ्नुहोस » -
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
म्याग्दी, जेठ गते । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न वि।स। २०७८ असोज ४…
पुरा पढ्नुहोस » -
९७ वर्षमा स्तन क्यान्सरको शल्यक्रिया
विकल्प न्यूज/बेनी जेठ ८ गते । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुनमगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । अस्पतालका कार्यकारी अध्यक्षसमेत रहेका सर्जन डा. भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सक समूहले उनको शल्यक्रिया गरेको थियो । ९७ वर्षको उमेरमा…
पुरा पढ्नुहोस » -
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
म्याग्दी, जेठ ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ । निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो ।…
पुरा पढ्नुहोस » -
डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
विकल्प न्यूज/बेनी जेठ ७ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका–५,कुवापानी घर भई हाल चितवन भरतपुरमा बस्दै आउनुभएका डा. पुनले म्याग्दीसँग सिमाना जोडिएको कुवापानीस्थित गिद्धेश्वर आधारभूत विद्यालयलाई एक लाख ५५ हजार रुपियाँ मूल्य बराबरको दुई थान कम्प्युटर सहयोग…
पुरा पढ्नुहोस » -
कालिगण्डकी शिलामा भगवानको नाम
जेठ ६ गते । कालि गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदिका शिलाको नामाङ्कन सुरु गरिएको छ । आईतबार मोहिनी एकादशीको अवसर पारेर शालग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । "स्थानीय तहहरुले पवित्र नदी कालि गण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो," अभियानकर्मी यज्ञ बहादुर थापाले…
पुरा पढ्नुहोस » -
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
(म्याग्दी), जेठ ६ गते । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो । मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल…
पुरा पढ्नुहोस » -
जलजलामा शिक्षा सुधार प्रस्तावका आधारमा प्रधानाध्यापक
पर्वत, जेठ ६ गते । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयमा गुणस्तर बढाउन यस्तो कार्यको थालनी गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै सामुदायिक विद्यालयमा उनीहरूको प्रस्तावका आधारमा प्रधानाध्यापक नियुक्त गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो,…
पुरा पढ्नुहोस » -
निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
जेठ ६ गते । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो । सिद्धार्थ आँखा उपचार तथा…
पुरा पढ्नुहोस » -
मुस्ताङको एमाले अध्यक्षमा लालचन चयन
म्याग्दी, जेठ ६ गते । नेकपा एमाले मुस्ताङको आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका २ मार्फाका दीपक लालचन सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिवार जोमसोममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको अधिवेशनको बन्द सत्रले लालचनको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा छेवाङ रिनजिङ गुरुङ, सचिवमा तिलक…
पुरा पढ्नुहोस » -
चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन जनप्रतिनिधिलाई एमालेको निर्देशन
विकल्प न्यूज\बेनी जेठ ४ गते । नेकपा एमाले म्याग्दीले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई चुनावी घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देशन गरेको छ । शुक्रबार बेनीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेताहरुले नगर तथा गाउँपालिका जितेका पालिकाहरुमा पार्टीको नीति तथा कार्यक्रम अनुसार जनताको पक्षमा काम गर्ने गरी आगमी आर्थिक वर्षमा…
पुरा पढ्नुहोस » -
बेनीको राउवडामा सडक ढलान भएपछि यात्रा सहज
विकल्प न्यूज/बेनी जेठ ४ गते । बेनी नगरपालिका ६ स्थित राउवडाको वस्ती जोड्ने सडक ढलान सहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । सडक ढलान भएसँगै वर्षातका समयमा हिलाम्मे सडकका कारण राउवडावासीहरुले भोग्नु परेको सास्तीको अन्त्य भएको छ । बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा चोक–फोहोटे हुँदै ज्यामुनाखर्क जोड्ने सडक स्तरोन्नति योजना…
पुरा पढ्नुहोस » -
जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी
विकल्प न्यूज/बेनी जेठ ४ गते । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा…
पुरा पढ्नुहोस » -
भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते
विकल्प न्यूज\बेनी जेठ २ गते । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल…
पुरा पढ्नुहोस »