कृषकलाई सिचाई र बजारको चिन्ता
-
कृषकलाई सिचाई र बजारको चिन्ता
विकल्प न्युज / बेनी बेनी, २१ वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन्…
पुरा पढ्नुहोस » -
मल्लाज दह दम्पती हत्या घटना : प्रहरीद्वारा आराेपी सार्वजनिक
विकल्प न्युज/ बेनी बैशाख २० गते । प्रहरीद्वारा पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह दम्पती हत्या घटनाका आराेपी लाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्वतले विहिबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरेकाे हाे । प्रहरीले एक महिनाकाे लामाे अनुसन्धान पछि हत्यामा संलग्न दुई युवालाई मंगलबार…
पुरा पढ्नुहोस » -
म्याग्दीमा ट्राफिक सप्ताह मनाउने तयारी
विकल्प न्यूज/बेनी बैशाख १९ गते । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि…
पुरा पढ्नुहोस » -
मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग
विकल्प न्यूज/बेनी बैशाख १९ गते । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा…
पुरा पढ्नुहोस » -
जलजलामा कक्षा ८ को नतिजा कमजोर
ठाकुरप्रसाद आचार्य /बेनी बैशाख १९ गते । विद्यालयको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य र गाउँपालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिाका जाँच समेत गरेर…
पुरा पढ्नुहोस » -
पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित
विकल्प न्यूज/बेनी बैशाख १९ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका…
पुरा पढ्नुहोस » -
मापसे चेकिङमा म्याग्दीमा दुईसय सवारी चालक कारबाहीमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १९ गते । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले पछिल्लो तिनमहिना यता मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेको छ । अभियानका क्रममा तीन महिनाको अवधिमा दुईसय भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् । मादक प्रदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक कार्यालयले तीन महिना अघि देखि मापसे चेकिङलाई अभियानका…
पुरा पढ्नुहोस » -
जलजलाको लामाखेत स्थित वनमा भिषण डढेलो
विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका केन्द्र रहेको लामाखेत नजिकैको धुलेको जंगलमा मंगलबार साँझ भिषण डढेलो लागेको छ । डढेलो लामाखेतको वस्ती नजिक आएको छ । भिषण डढेलो लागेकाले नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयहरु बताउँछन् ।
पुरा पढ्नुहोस » -
मल्लाज दम्पती हत्या घटना ः अनुसन्धान अन्तिमचरणमा,चौविस घण्टा भित्र आरोपी सार्वजनिक गरिने
विकल्प न्यूज/बेनी बैशाख १८ गते । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको दुईजना अभियुक्त पक्राउ परेका छन् । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा…
पुरा पढ्नुहोस » -
म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड
वैशाख १७ गते । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका…
पुरा पढ्नुहोस » -
म्याग्दीका लेकाली क्षेत्रमा ‘ढकायो’ टिप्ने चटारो
वैशाख १७ गते । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ । जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् ।…
पुरा पढ्नुहोस » -
उच्च गतिको विद्युत प्रवाह हुँदा म्याग्दीको घार गाउँमा ६० घरमा क्षति
विकल्प न्यूज/बेनी बैशाख १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह…
पुरा पढ्नुहोस » -
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको भिरमुनी सामुदायिक वनमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुलाचौर भिरमुनीका वर्ष ५२ का दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँले वनमा आगो लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । बानियाँले लगाएको आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।…
पुरा पढ्नुहोस » -
मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध
विकल्प न्यूज/बेनी म्याग्दी,बैशाख १६ गते । म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका ७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिमचरणमा पुगेको छ । दुईवर्षको ठेक्का अवधि भएपनि तटबन्धको योजना दश महिना अगावै सम्पन्न हुन लागेको…
पुरा पढ्नुहोस » -
बेनीका पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान
विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान वितरण थालेको छ । अनुदान रकमलाई दुरुपयोग हुनबाट रोक्न र पशुपालक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अघि सारेको हो । १० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई,भैंसी…
पुरा पढ्नुहोस »