म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृति
-
म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृति
जेठ १६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रूपमा चिनिने…
पुरा पढ्नुहोस » -
बाढीले नारच्याङको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति
म्याग्दी, जेठ १६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो । आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुुरिँदा भौतिक संरचनामा…
पुरा पढ्नुहोस » -
बेनीको सिङ्गामा स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार
विकल्प न्यूज/बेनी जेठ १६ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई सयभन्दा बढी…
पुरा पढ्नुहोस » -
बेनीमा ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु
म्याग्दी (बेनी), १४ जेठ । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ प्रथम…
पुरा पढ्नुहोस » -
जलजलाको फर्से धाइरिङ माविमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १४ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालले सहयोग दातालाई सम्मान,उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ती प्रदान र पुरस्कार वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपकप्रसाद आचार्य,वडाध्यक्ष टुंगनाथ आचार्य,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद आचार्य,विद्यालयका प्रधानाध्यापक मुकुन्द आचार्य लगायतले विद्यालयलाई…
पुरा पढ्नुहोस » -
गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन
म्याग्दी, जेठ १४ गते । गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा गलेश्वर पुलस्त्य पुलहाश्रम अन्न क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थी गरी एक सयभन्दा बढीलाई…
पुरा पढ्नुहोस » -
कालीगण्डकीको सभ्यता जोगाउने अभियान
विकल्प न्यूज/बेनी जेठ १४ गते । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर हालै यहाँ कालीगण्डकी नदीका शिलामा भगवान्का विभिन्न नाम अङ्कित गरे । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवान्का रूपमा पुज्ने गर्छन्। अवैज्ञानिक…
पुरा पढ्नुहोस » -
गण्डकी प्रदेशमा वनक्षेत्रको २० वर्षे रणनीतिक योजना बन्दै
विकल्प न्यूज/बेनी जेठ १३ गते । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका लागि मन्त्रालयले आइतबार बेनीमा सरोकारवालाहरु सँग सुझाव संकलन गरेको छ ।…
पुरा पढ्नुहोस » -
जेसिजको स्वास्थ्य सचेतना कार्यक्रम
विकल्प न्यूज/बेनी जेठ १३ गते । म्याग्दी जेसिजको २६ औं स्थापना दिवसका अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । यसै क्रममा पाँचौ दिन आइतबार नगरपालिका ५, भिरमुनी स्थित पौलस्त्य माविमा स्वास्थ्य जनचेतनामुलक कार्यक्रम गरेको छ । शाखा अध्यक्ष दिनेश बानियाँ को अध्यक्षता,नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीकाका सभापति अमर बानियाँ…
पुरा पढ्नुहोस » -
जलजलामा बजार अनुगमन
विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी नगरपालिकाको सिमाना सँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले आइतबार २ र ३ वडाको बगरफाँट र पर्वत बेनी क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । गाउँपालिकाका व्यवसाय दर्ता तथा राजश्व शाखाका प्रमुख कृष्णप्रसाद रिजालको नेतृत्वमा स्थानीय प्रहरी,पालिकाका कर्मचारी र पत्रकार सहितको टोलीले बगरफाँट र पर्वत बेनी क्षेत्रमा रहेका…
पुरा पढ्नुहोस » -
सोमबार देखि बेनीमा ‘‘प्रथम म्याग्दी यूवा कप’’ सुरु हुने
विकल्प न्यूज/बेनी जेठ १३ गते । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा सोबारदेखि हुने सर्वाधिक धन राशीको गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको तयारी पुरा भएको छ । आइतबार नेकपा एमाले म्याग्दीको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सोमबार विहान ११ बजेदेखि सुरु हुने प्रतियोगिताको…
पुरा पढ्नुहोस » -
विपन्न परिवारलाई खाद्यन्न सहयोग र स्वास्थ्य परिक्षण गरेर स्थापना दिवस मनाइयो
विकल्प न्यूज/बेनी जेठ १३ गते । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो…
पुरा पढ्नुहोस » -
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
विकल्प न्यूज/बेनी जेठ १३ गते । मालिका गाउँपालिका–४ फूलबारीमा पक्की नहर निर्माण भएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ मा रु २५ लाख बजेट विनियोजन गरेको योजना खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत कार्यान्वयन गरेको हो । उपभोक्ता समितिका अध्यक्ष भीमविक्रम मल्लले…
पुरा पढ्नुहोस » -
ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु
भकुण्डे, १२ जेठ ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । कार्यक्रम मार्फत बेनी नगरपालिकाको वडा नम्बर २ मा रहेका १४ वटा आमा समूहका प्रतिनिधीहरुलाई साबुन बनाउने र केराको थामबाट धागो बनाउने…
पुरा पढ्नुहोस » -
म्याग्दीमा ४३ सय ६२ जना बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै
विकल्प न्यूज/बेनी जेठ १२ गते । म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा…
पुरा पढ्नुहोस »