अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण
-
अन्नपूर्णका किसानलाई नश्ल सुधारका लागि बोयर बोका वितरण
विकल्प न्युज/ बेनी जेठ २७ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ। १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा बाख्रापालक किसानलाई प्रोत्साहनका लागि स्थानीय जातको बाख्राको नश्ल सुधार…
पुरा पढ्नुहोस » -
अन्नपूर्णमा उत्कृष्ट कृषकलाई सम्मान
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट किसानलाई सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिका भित्रका ५ जना उत्कृष्ट कृषक र एउटा कृषि समुहलाई नगद सहित सम्मान गरेको हो । व्यवसायिक कृषि खेती गरेका उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्न नगद सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ…
पुरा पढ्नुहोस » -
दरवाङमा सेनाको एकिकृत स्वास्थ्य शिविर
दरवाङ, २७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको संयोजनमा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा भएको शिविरमा श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा, शत्रुभञ्जन गुल्म अर्थुङ्गे ब्यारेक, श्री नं. २३ फि.ए. गुल्म बागलुङ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक
विकल्प न्यूज/बेनी जेठ २७ गते । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो ।…
पुरा पढ्नुहोस » -
अन्नपूर्णको नारच्याङमा ट्रेकिङ गाइड तालिम सुरु
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी वडा नम्बर ४ नारच्याङमा पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेडेमीका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो । १३९ घण्टाको…
पुरा पढ्नुहोस » -
प्रतिकुल मौसमका कारण धवलागिरिमा भएन आरोहण
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २५ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा पर्ने विश्वको सातौं अग्लो धवलागिरि हिमाल आरोहणका लागि पुगेका आरोहीहरु आधार शिविरबाटै फर्किएका छन् । हिमाल आरोहणका लागि अनुकुल मौसम नभएपछि आठ हजार १६७ मिटर अग्लो हिमाल आरोहण गर्न पुगेका आरोहीहरु आधार शिविरबाट फर्किएका हुन । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि…
पुरा पढ्नुहोस » -
बेनीको कालिपुल स्थित सडक अस्फाल्ट प्रविधिको कालोपत्रे हुने
विकल्प न्यूज/बेनी जेठ २५ गते । बेनी नगरपालिका ८ स्थित कालिपुल क्षेत्रको मुख्य सडक असफाल्ट प्रविधिको कालोपत्रे हुने भएको छ । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्तर्गत पर्ने यो सडकलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालिगण्डकी पुल देखि पाँचसय मिटर अगाडी सम्म असफाल्ट प्रविधिको कालोपत्रे गर्ने भएको हो । सडक कालोपत्रे गर्नका लागि करिब एककरोड…
पुरा पढ्नुहोस » -
बेनीको मुक्तिनाथ सहकारीले सुरु गरेको योग अभ्यासको निरन्तरता
विकल्प न्यूज/बेनी जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिका ८ स्थित न्यूरोडमा संचालित मुक्तिनाथ बहुउश्यीय सहकारी संस्थाले सुरु गरेको योग अभ्यासलाई निरन्तरता दिइएको छ । सहकारीले आफ्ना सेयर सदस्यहरुलाई गत वैशाख २८ गते देखि जेठ १ गते सम्म योग प्रशिक्षण सुरु गरेको थियो । सेयर सदस्यहरुको मानसिक,शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि…
पुरा पढ्नुहोस » -
बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २४ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक २०८१/०८२ को नीति,कार्यक्रम तथा बजेटका लागि सरोकारवालाहरुबाट सुझाव संकलन गरेको छ । विहिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,जिल्ला स्थित सरकारी कार्यालका प्रमुख एवम् प्रतिनिधि र नगरवासीहरुले नगरको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने…
पुरा पढ्नुहोस » -
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
म्याग्दी, जेठ २४ गते । गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा…
पुरा पढ्नुहोस » -
महिलालाई स्वरोजगार बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम
विकल्प न्यूज/बेनी जेठ २४ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनै ढाका बुनाई तालिम सञ्चालन गरेको हो । आवासीय सुविधा सहित आयोजना गरिएको तालिममा ८ जना महिलाहरु सहभागि भएका छन् ।…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अन्नपूर्णमा ११ योजना सम्पन्न
विकल्प न्यूज/बेनी जेठ २४ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् । कार्यक्रम मार्फत संचालित योजनाबाट सडक मर्मत, पदमार्ग र गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरेपछि स्थानीयवासीहरुको यात्रा सहज भएको छ । चालु आर्थिक वर्षमा उक्त योजनाहरु संचालन…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुुल
म्याग्दी, जेठ २३ गते । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा ९कादुरी० नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर…
पुरा पढ्नुहोस » -
खवरामा केराको थामबाट फाइवर, धागो र कम्पोष्ट मल
विकल्प न्यूज\बेनी जेठ २३ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट प्रविधि…
पुरा पढ्नुहोस » -
जलजलामा बरामद भएका मदिरा नष्ट
विकल्प न्यूज/बेनी जेठ २२ गते । पर्वतको जलजला गाउँपालिकाले बगरफा“ट, वारीवेनी क्ष्ँेत्रमा गरेको बजार अनुगमन क्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्यपदार्थलाई सोमबार पालिकामुकाम क्ष्ँेत्र रहेको लामाखेतमा खाडल खनी नष्ट गरेको छ । गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीकाअसाई घनश्याम ढकाल समेतको टोलीले…
पुरा पढ्नुहोस »