मिलन म्याग्दीको सातौं अधिवेशन बेनीमा सुरु
-
मिलन म्याग्दीको सातौं अधिवेशन बेनीमा सुरु
केपी सापकोटा / विकल्प म्याग्दी मंसिर ५ गते – म्याग्दी जिल्लामा क्रियाशिल गैरसरकारी संस्था मिलन म्याग्दीको शनिबार बेनीमा ११औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शुरु भएको छ । साधारणसभामा संस्थाका सचिव भविराम किसानले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा थजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य…
पुरा पढ्नुहोस » -
नाकाबन्दी गर्नेलाई अन्तराष्ट्रिय अदालतको कठ्घरामा उभ्याउनु पर्दछ
विकल्प /म्याग्दी मंसिर ५ गते । नेपालीले आफ्नै खुट्टामा टेकेर संविधान बनाउदा नाकाबन्दी गर्नेहरुलाई अन्तराष्ट्रिय अदालतको कठ्घरामा उभ्याउनुपर्ने मानवअधिकारवादी नेताहरुले बताएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा मानवअधिकार तथा शान्ति समाजको १८ औं राष्ट्रिय परिषद् बैठक भाग लिन आएका मानवअधिकारवादी अगुवाहरुले भारतीय नाकाबन्दीको विरुद्ध आन्तराष्ट्रिय अदालतमा मुद्दा दर्ता गराउनु पर्नेमा जोड दिएका हुन…
पुरा पढ्नुहोस » -
गलेश्वरमा शान्ति ¥याली र सरसफाई
सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ५ गते । म्याग्दीको गलेश्वरमा शनिबार बिहान शान्ति ¥याली र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठकको अवसरमा ¥याली र सरसफाई गरिएको हो । समाजको म्याग्दी शाखा र गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयोजनमा भएको कार्यक्रममा बैठकमा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा महिला हिंसाविरुद्धको १६ दिने अभियान
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दी जिल्लामा यसवर्ष पनि विविध कार्यक्रमहरुको आयोजना गरी ‘घर शान्ति नै विश्व शान्तिको आधार, पूननिर्माण शिक्षा र समान व्यवहार’ भन्ने मूल नारासहित महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइने भएको छ । लैङ्गिक हिंसाविरुद्धको कार्यक्रम तयारी तथा समन्वय गर्न जिल्ला संयोजन समितिको बिहीबार बेनीमा…
पुरा पढ्नुहोस » -
ब्रेनट्युमर पीडित विश्वकर्मालाई हङकङबाट सहयोग
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दीको कुहुँ १ पूर्णगाउँका ब्रेनटियुमर पीडित नियुसन विश्वकर्मालाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । बराङ्जा ८ स्थायी घर भई हाल हङकङमा रहेकी जालमाया रोकाको पहलमा सङ्कलित नगद एकलाख ३० हजार ६०० रुपैयाँ लाल युवा क्लबको आयोजनामा बिहीबार पीडित विश्वकर्माको आमा यामकुमारी विश्वकर्मालाई हस्तान्तरण…
पुरा पढ्नुहोस » -
अनेरास्ववियू म्याग्दीको कालोबजारी नियन्त्रण अभियान
विकल्प/म्याग्दी मंसिर ४ गते । अनेरास्ववियू म्याग्दीले भारतीय नाकाबन्दीलाई देखाउँदै भइरहेको कालोबजारी नियन्त्रणका लागि अभियान चलाउने भएको छ । शुक्रबार विहान भएको बैठकले बजारमा इन्धन, खाद्य साम्रागी, भाडाका सवारीसाधन, खाद्यसाम्रागी लगाएतमा भइरहेको कालोबजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने त्यसैगरी गुनासो आएको क्षेत्रमा पुगेर नियन्त्रणमा पहल गर्ने अध्यक्ष प्रकाश पौडेलले बताए…
पुरा पढ्नुहोस » -
बेनीमा शान्ति समाजको राष्ट्रिय परिषद् बैठक सुरु
विकल्प /म्याग्दी मंसिर ४ गते । मानव अधिकार तथा शान्ति समाजको १८ औ राष्ट्रिय परिषद् बैठक बेनीमा भर्खर सुरु भएको छ । बेनीको जिविस सभाहलमा पञ्ककन्याद्धारा बैठकको उद्घाट गरीएको छ । बैठकमा देशभरबाट आएका शान्ति समाजका प्रतिनिधिहरुको उपस्थित रहेको छ । ४० जिल्लाका दुई सय जना प्रतिनिधिहरुको सहभागिता रहेको शान्ति समाज म्याग्दीका…
पुरा पढ्नुहोस » -
म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)
विकल्प /म्याग्दी विकल्प /म्याग्दी मंसिर ४ गते । जिल्ला अस्पताल म्याग्दीलाई सहयोग गर्ने म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गका पदाधिकारीहरुलाई बेनीमा अहिले भव्य स्वागत गरिएको छ । बाजागाजा,अविर र फुलमालाले उनीहरुलाई स्वागत गरिएको हो । हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर जिल्ला अस्पताललाई सहयोग स्वरुप डिजिटल एक्सरे मेशिन खरिद गर्ने रकम जुटाएका…
पुरा पढ्नुहोस » -
बेनीमा १४औं जेसीज कप फूटबल प्रतियोगिता हुने
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर ४ गते । म्याग्दी जेसीजको आयोजनामा यही मंसिर ९ देखि १२ गतेसम्म सदरमुकाम बेनीमा १४औं जेसीज कप फूटबल प्रतियोगिता–२०१५ हुने भएको छ । जेसीज सचिवालयमा शुक्रबार विहान पत्रकार सम्मेलनको आयोजना गरी १४औं जेसीज कपको तयारीबारे जानकारी गराइएको हो । फूटबल प्रतियोगिताको तयारीबारे जानकारी गराउँदै म्याग्दी जेसीजका अध्यक्ष…
पुरा पढ्नुहोस » -
किसानहरुलाई सुन्तला बगैचा सुदृढीकरण कार्यक्रम
सन्तोष गौतम/विकल्प म्याग्दी ३ मंसिर । म्याग्दीको बेनीमा बिहीबार सुन्तलाजात बगैचा सुदृढीकरण कार्यक्रमको अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको कार्यक्रममा बगैचा सुदृढीकरण कार्यक्रमको उपलब्धी, समस्या र यस वर्ष सञ्चालन हुने गतिबिधिहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा म्याग्दीका विभिन्न गाविसका २५ जना कृषकहरुको सहभागिता रहेको थियो…
पुरा पढ्नुहोस » -
सहकारीको लगानी कृषि क्षेत्रमा ः कार्की
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसिर २ । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की ‘बिखर्ची’ले सहकारीले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न जोड दिनुपर्ने बताएका छन् । बिहीबार म्याग्दीको बेनी नगरपालिका १३ तातोपानीमा सञ्चालित तातोपानी कृषि सहकारी संस्थाको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका हुन् । म्याग्दी कृषिजन्य…
पुरा पढ्नुहोस » -
शान्ति समाजको राष्ट्रिय परिषद् बैठकको तयारी पुरा
सन्तोष गौतम /विकल्प म्याग्दी ३ मंसिर । मानव अधिकार तथा शान्ति समाजको म्याग्दीमा शुक्रबारदेखि सुरु हुने १८ औ राष्ट्रिय परिषद् बैठकको तयारी पुरा भएको छ । समाजको म्याग्दी शाखाको आतिथ्यतामा हुन लागेको बैठकको ब्यवस्थापन, आर्थिक संकलन, प्रचारप्रसार लगायतको तयारी पुरा भएको हो । शुक्रबार अपराहन्न ४ बजे बेनीको जिविस सभाहलमा उद्घाट हुने…
पुरा पढ्नुहोस » -
भव्य कार्यक्रमका विच एक्सरे मेशिन म्याग्दी अस्पताललाई हस्तान्तरण गरिने
विकल्प /म्याग्दी मंसिर ३ गते । नेपाली प्रवासी संघ (मोना) हङ्गकङ्गले सहयोग स्वरुप प्रदान गर्ने डिजिटल एक्सरे मेशिनको मंसिर ४ गते शुक्रवार एक भव्य कार्यक्रमका विच समुद्घाटन गरिने भएको छ । विभिन्न रोजगारी र व्यवसायका शिलशिलामा हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर म्याग्दी अस्पतालाई रकम संकलन गरी खरिद गरिएको अत्याधुनिक एक्सरे मेशिनको…
पुरा पढ्नुहोस » -
इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन
३ मंसिर, काठमाडौं । बाणिज्य तथा मन्त्रालयले पेट्रोलियम पदार्थ र ग्यासको वितरणमा भएको भनिएको अनियमिताबारे छानबिन गर्न समिति बनाएको छ । बााणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोइरालाको संयोजकत्वमा बनेको समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए नभएको छानविन गर्नेछ । बाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले समितिले आयल निगमका अधिकारी, पेट्रोलियम ब्यवसायीदेखि…
पुरा पढ्नुहोस » -
मधेसी मोर्चाले औषधि ल्याउन दिने
३ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ । मधेसी मोर्चाको बिहीबार बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु…
पुरा पढ्नुहोस »