अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
-
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
म्याग्दी,कात्तिक ५ गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसूतिगृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो । अन्नपूर्ण –४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन…
पुरा पढ्नुहोस » -
अन्नपूर्णको फलातेमा चियाखेतीको परीक्षण सफल
म्याग्दी, कात्तिक ४ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । “कृषि अनुसन्धान परिषद् [नार्क]बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका…
पुरा पढ्नुहोस » -
म्याग्दी जेसीज कप मंसिर १७ गतेदेखि २२ गतेसम्म
विकल्प न्यूज/बेनीकात्तिक ३ गते । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका…
पुरा पढ्नुहोस » -
मालढुङ्गा–बेनी सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध आन्दोलन
विकल्प न्यूज/बेनीकार्तिक ३ गते । निर्माणधिन मालढुङ्गा बेनी सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध नागरिक आन्दोलन सुरु भएको छ । कालिगण्डकी कोरिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने १३ किलोमिटरको सडक निर्माण ठेकेदारले अलपत्र पारेका कारण यात्रुले सास्ती भोग्नुपरेको भन्दै म्याग्दी र पर्वतको जलजलावासीहरु आन्दोलित भएका छन् । सडक निर्माणलाई तत्काल सुरु नगरे उक्त…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक २ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो ।…
पुरा पढ्नुहोस » -
अन्नपूर्णमा पर्यटकीयस्थलबाट एक करोड २७ लाख आम्दानी
ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी(बेनी) कात्तिक २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार पाँचसय ३७ रुपियाँ आन्तरिक आम्दानी गरेको छ । पर्यटनलाई आन्तरिक आम्दानीको मुख्य स्रोत मानेको गाउँपालिकाले पर्यटकीय स्थलहरुलाई आय ठेक्कामा लगाएर उक्त आम्दानी गरेको हो । गाउँपालिका भित्र रहेका मुख्य पर्यटकीय…
पुरा पढ्नुहोस » -
धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ पठाइयो
विकल्प न्यूज/बेनीअसोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणको क्रममा एकहप्ता अघि मृत्यु भएका ५ रुसी पर्वतारोहीको शव पठाइएको छ । बुधबार एभरेष्ट एयरको हेलिकोप्टरबाट धौलागिरि पुगेका शेर्पा सहितको उद्दार टोलीले शवहरु संकलन गरी काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस » -
माझफाँट–लेकफाँट सडक धमाधम कालोपत्र हुँदै
म्याग्दी, असोज ३० गते । बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हँुदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म एक…
पुरा पढ्नुहोस » -
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
म्याग्दी, असोज २९ गते । पहिरोले बाटो बगाएपछि पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा…
पुरा पढ्नुहोस » -
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका
बलेवा (बागलुङ), असोज २९ गते । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ…
पुरा पढ्नुहोस » -
अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
विकल्प न्यूजअसोज २९ गते । अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने…
पुरा पढ्नुहोस » -
टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’
विकल्प न्यूज/बेनीअसोज २९ गते । म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण…
पुरा पढ्नुहोस » -
पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको…
पुरा पढ्नुहोस » -
सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’
गलेश्वर (म्याग्दी), असोज २७ गते । म्याग्दीको बेनी नगरपालिका-९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका-२ ज्यामरुककोटका ७१ वर्षीय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना सुनाउँदै आउनुभएको छ । गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्,…
पुरा पढ्नुहोस » -
राखुकोभगवती कोतमा राँगो मार हान्न ४ लाख ७१ हजार बोलकबोल
विकल्प न्यूज\बेनीअसोज २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका– २ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न ९काट्न० चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको…
पुरा पढ्नुहोस »