कृष्ण जिसी /विकल्प न्यूज
मंसिर ६ गते । प्रायःजसो शुक्रबार साँझ घरमा जाने म यसपटक बिहिबार दिउसै घरमा पुग्दा बाबा आमा अचम्मित हुनुभयो । त्यसो त नियमित रुपमा शुक्रबार घरमा गईरहने फुर्सद र अनुकुलता हँुदैन तै पनि समय मिलाएर पुग्ने गर्दछु । आमाले झालभरी लटरम्म फलेका चरेला (तरकारी) को झाल केलाउँदै हुनुहुन्थ्यो भने बाबा गोठमा, दिदि खाजा बनाउने तयारीमा ।
मलाई अचानक घरमा दिउँसै देख्दा खुसि भन्दा पनि आश्चर्य हुनुभयो । झ्वाट्टै केही भन्न सक्नु भएन हेरेको हेर्यै हुनुभयो । मलाई हाँसो उठ्यो र मेरो हँसिलो अनुहार देखेर उहाँहरुको मनमा कुनै शंका भएको भए हटिसकेको थियो । मैले अचनाक बिहिबार नै आउनुको कारण बताए पछी बसाइ लामो हुने भयो भनेर बाबा आमा खुसि हुनुहुन्थ्यो र म पनि ।
खाजा खाइ सकेपछी म गाउँ डुल्न निस्किएँ । यो मेरो बाल्यकाल देखि कै बानी हो । एक पटक गाउँको चक्कर नलगाए सम्म सन्तोष नलाग्ने त्यसैले म आफुले पढेको बिद्यालय ग्राम प्रकाश मावि र त्यसको सेरोफेरो देखिने लघुडांडाको चौतारी तिर सोझै हानिएँ ।
धेरै परिबर्तन भैसकेको त्यो पाखो र सेरोफेरो दिउसै हिड्न समेत आँट नआउने गरि झ्वाम्मै जंगल भरिएको छ । ग्रामिण सडक बिस्तारले गर्दा चौतारोको नाम निशान छैन तैपनि डिलमा बसेर भर्खरै धान काटेर नाङ्गो पारिएका खेतका, फाँट फुल फुलेर बयस्कको उन्माद छरिरहेका पैयुँका बोट अनि मेरो बिगत संगै म चिसोसंग बालापन साट्दै थिएँ । त्यत्तिकैमा एक हुल मानिस रित्तो डोको बोकेर फर्कदै गरेको देखे सोध्नु मुर्ख्याइ नै हुन्थ्यो किन कि यो बेला भनेको खेतमा गहुँ छर्नका लागि मल हाल्ने बेला नै हो तर मलाई के कुराले अनौठो र फरक लाग्यो भने हामी एक डफ्फा मा १२/१३ जना सम्म हुन्थ्यौं तर उनीहरु ६ जना मात्रै थिए । बिनोद भाइले सोधिहाल्यो ‘दाइ कहिले आउनु भएको हो’ मैले भने ‘भर्खरै आएको खाजा खाएर यसो एक पटक डुलांै कि भनेर’ उसले झ्वाट्टै भन्यो ‘दाइको पहिलाको बानी अझै छ है’ अनि उसले रित्तो डोको मेरो छेउमै राखेर गफ गाफ गर्न शुरु गर्यो ।
बिनोद भाई मेरो छिमेकी र उमेरले १० वर्ष कान्छो भए पनि त्यति बेलाको साथि जस्तै हो । संगै कुराकानी गरेर हामी धेरै बेर करिब घाम नडुब्ने बेला सम्म बस्यौं । घाम डुबे पछी लेकको चिसो एक्कासी बढ्ने गर्दछ उसले अन्तिप खेप मल छाडेर आएकोले फेरी लैजानु नपर्ने त्यसैले म संग संगै बसेको हो । कुरा गर्दै जाँदा उसले मलाइ धेरै बोल्ने अवसर नै दिएन आफ्ना धेरै कुरा ओकेल्न भ्याइसकेको थियो ।
उसका कुरामा धेरै तिता अमिला र टर्रा अनुभब थिए । घरि घरि उसले भनि रहन्थ्यो दाइ गाउँ पहिला जस्तो छैन मान्छे नै छैनन् गाउ प्रति कसैको सकारात्मक सोच नै छैन सबै सहर केन्द्रित भएका छन् र अलि अलि भएका व्यक्ति पनि सहर केन्द्रित माननसिकता बोकेर बसेका छन् । धेरै जसो त बैदेशिक रोजगारकै कारण गाउमा छैनन् । त्यसो त उ आफै पनि धरै वर्ष, धेरै देशमा रोजगारी गरेर अनुभब बटुलेर फर्केको मान्छे हो तर उ अझै गाउमै बसेको छ । उसले किन यस्तो हुदैछ गाउँको अबस्था सोधिरहन्थ्यो । उसलाई यी सबै कुरा थाहा छन् कारण पनि थाहा छ । हरेकलाई थाहा भै कन पनि सोधिरहने प्रस्न हो यो ।
मैले उसलाई भनिहाले ‘भाई मैले त माया मारेको छैन नि त गाउँ लाई म, आइरहन्छु मेरा बाबा आमा यहिं छन्, खेतबारी एक सुर्को पनि बांझो छोडेका छैनौ’ मैले मेरो कुरा भनिरहदा उसले भन्यो ‘तर स्थाई रुपमा गाउमै बस्ने बाताबरण कहिले कसरि बनाउछ खै ?’ गाउँको भबिस्य छैन हाम्रो पनि खासै केहि भबिस्य देख्दिन । हाम्रा छोरा छोरीको भबिष्यको लागि पनि यो गाउँमा बसेर नहुने भयो ।
उ बोलि रह्यो तर मलाइ उस्को भबिस्य भन्ने शब्द ले नै धेरैै छोयो । सबैलाई भाबिस्यकै चिन्ता छ । बास्तबमै भबिस्य भनेको केहो ? मलाइ उसैलाई सोध्न मन लाग्यो भाइ भबिस्य भनेको केहो मैले अझै सम्म बुझेको छैन र भबिस्य कसले बनाई दिनेहो त्यो मलाई थाहा पनि छैन । उ अलमल पर्यो ‘दाई किन ठट्टा गर्नु हुन्छ रु’ मेरो सवाल ठट्टा मात्रै नभएर बास्तव मै सहि पनि हो । मैले अझै भबिस्य भनेको बुझेको छैन ।
यहां बिनोद मात्रै हैन बिनोद जस्तो लाखौ व्यक्ति यस्तै भबिस्यको सवाल गरिरहेका छन् । भबिस्य खोजिरहेका छन् तर मैले भबिस्य भेटेको एक जना मान्छे पनि भेटेको छैन। यहाँ थप्रै व्यक्ति भेटिन्छन मैले त छोराछोरीको भबिस्य बनाईदिएकोे छु भने हरु । त्यसै गरि उसले त आफ्नो छोरा छोरिको भबिस्य राम्रो बनाइदियो, सुनौलो बनाइदियो, भन्ने व्यक्ति पनि छन् तर भबिष्य भनेको यहि हो, त्यो बिन्दु हो वा त्यो तह हो जहां पुग्न यस्तो अभ्यास कसरत र प्रक्रिया हँुदो रहेछ भन्ने व्यक्ति कोहि भेटेको छैन ।
भबिस्य आफै बनाउने हो या अरुले बनाईदिनेहो यसैमा म पनि अझै अनबीज्ञ छु । यदि आफुले आफ्नो भबिष्य बनाउने हो भने कहिले कसरि हुन्छ त्यो कसैलाई थाहा नै छैन । यदि अरुले बनाइदिने हो भने कसरी बनाइदिन्छ्न ? मैले मेरो सन्ततिलाई राम्रो शिक्षा दिएँ धन सम्पति जम्मा गरिदिएँ भन्छन भने त्यो अनौठो लाग्छ मलाइ ।
बाबुआमाले छोरा छोरीलाई जन्म दिएपछि भोकै नराख्नु, नाङ्गो नराख्नु आधारभूत कुरा पुर्याइदिनु पर्छ नै अनि त्यसैलाई भबिस्य बनाइदिएको सम्झने हो भने त हरेकले त्यो कर्तब्य र दायित्व पुरा गर्ने पर्छ । अर्को कुरा हामि बाबुआमाले जन्माउछु भनेर जन्मिएको हौँ जस्तो पनि मलाइ लाग्दैन । यौन हरेको व्यक्तिको जैविक आबस्यकताहो त्यहि आबस्यकता पुरा गर्ने क्रममा हामि जन्मेका हौँ र त्यसरी नै हामीले पनि जन्माइ रहेका छौं ।
यी र यस्तै मेरा व्यक्तिगत कुराहरु संग संगै घाम डुबेको पत्तै भएन । एक्कासी चिसो बढे पछी मात्रै हाम्ले थाहा पायौं कि साँझ पर्न थालिसकेको रहेछ । उ अघि अघि र म पछी पछी घर तिर लाग्यौं । नङ्गमा अड्किएका गोबर छेस्काले कोट्याउंदै उसले भोलिको लागि अर्को घरमा मलबोक्ने पर्मको फोन रिसिभ गरिसकेको थियो ।
पधेरमा पुगेपछि उसले डोको बिसाउंदै हात गोडा धोयो मैले उसलाई भने ‘भाइ पहिला यी धारा यसरि सिमेन्ट प्लास्टर होलान भनेर हाम्ले कल्पना पनि गरेका थिएनौं । हाम्रो गाउँमा बिजुली बत्ति र टेलिभिजन आउला भनेर कल्पना पनि गरेका थिएनौं ।
हात हातमा मोबाइल फोन छ, घरघरै खेताला खोज्न पुग्नै पर्दैन निम्ता र खबरका लागि एक कल फोनमै सबै काम हुने गर्छ । जिबन सहज भएको छ यसैलाई भबिस्य छैन गाउँको भनेर ब्याख्या गर्न थाल्ने हो भने अबका केहि बर्समा यी सबै कच्ची बटा हरु कालो पत्रे हुन्छन त्यो कसैले बनाइदिने हैन यो आफ्नै गतिमा प्रक्रियागत रुपमा आउने नै हुन् आज जे छ त्यो भोलि जसरि पनि परिबर्तन भै छाद्छन । केहि हँसिलो र उर्जा बटुलेको महसुस गर्दै उ आफ्नो घर तर्फ लाग्यो मा आफ्नो घर तर्फ ।
आजकल मेरो मात्रै हैन गाउँ धेरैका यसी गरि रित्तिएका छन् र गाउँमा बसोबास गरिरहेका धेरैका यस्तै बिरक्तिका भाब भेटिन्छन ।
सहर केन्द्रित मानशिकता सबैभन्दा ठुलो रोग बनेको छ जस्तो मलाइ लाग्छ । मैले अझै पनि सहर जानु नै हुन्न भनेर भन्दिन तर किन र के का लागि हामि त्यो चाहना राख्दछौं भन्ने नै हो । सेवा सुबिधाका लागि, उच्च शिक्षा धेरै कारण हुन सक्छन तर सहर पसिसकेपछी त्यसपछिका जिबन ब्यबस्थापन गर्न त्यति सजिलो छैन ।
जिबन शैली फरक छ सहरमा अवसर संगै चुनौतीका चांग लागेका छन् । अस्वस्थ प्रतिस्पर्धा, नैतिक मूल्य र मान्यता शुन्य प्राय भेटिन्छ । बिबिध खाले सामाजिक समस्या र मान्छेलाई सौखिन अनि यान्त्रिक बनाइदिएको छ, । टिकिरहन गाह्रो छ त्यसो त अवसरलाई उपयोग गर्ने र चुनौतिको सामना गर्न सके पछी फलदायी जिबन हुने हो तर अबसरको पहिचान गर्ने नसक्ने र चुनौतीको सामना गर्न नसक्ने धेरै अबस्था देखे भोगेकै छौं ।
सबैलाई अरुको जिबन राम्रो सुखी र सरल लाग्ने हो । त्यस भित्र प्रवेश गरेर हेर्ने हो भने असंतुस्टिका थुप्रै बिस्कुन सुकाएर उ बाँची रहेको छ । हामि अरुको जीवनका सजिला पक्ष मात्रै देखिरहंछौँ तर भित्र छिर्दैनौं । जति पटक म घरमा पुग्छु त्यति पटक म यस्तै असन्तुस्टी गुनासा सुन्ने गर्छु र मेरा बिचार सुनाउने गर्छु कोहि सहमत हुन्छ तर अधिकांस यसलाई आदर्श मात्रै ठान्छन । धेरै त्यस्ता व्यक्ति छन् जसले त्यहि बसेर सरल जिबन व्यतित गरिरहेका छन् । असंतुस्टि र बिचलित मानाशिकता बोकेर बस्नेहरु जिबनलाई कठिन बनाउदै लगिरहेका छन् ।
मैले बुझेको मेरो र मेरा जस्तै अन्य गाउको मनाशिकता भनेको काम नगर्ने बसेर सेवा सुबिधा पाइरहने हो भन्ने मलाइ लागेको छ । यस अर्थमा मेरा बाबा आमा शरिरले सक्ने बेलासम्म काम गर्नु पछर्, बसी बसी खाने त सरिरर्ले काम गर्न नसक्ने अबस्था र असक्त भए पछी हो जति सकिन्छ त्यति गर्ने हो भन्ने मान्यता राख्छौं । त्यसैले मैले माथि नै उल्लेख गरेको छु कतै मेरा बाबा आमा खेत बारीका कुनै पनि सुरका नछोडी खेतीपाती गर्छन भनेर ।
बसाइसराइ गरेर जाने आदि कारणले हो भने त अबस्य पनि खेत बारी बाझो रहने हो तर मैले देखेको नमिठो अबस्था भनेको छोरा छोरी बाहिर गए पछी काम नगरी किनेर खाने बानि बसेको ले हो, । सक्ने जति गरौँ भन्ने मेरो परिबार र म बिस्वास गर्छु बैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्स खान पान र सुविधामा प्रयोग हुदै जाने हो भने भोलिको लागि संचय खै त ? यी र यस्तै कुराहरु संधैभरी मेरो मस्तिस्कमा बोकेर म फर्कने गर्दछु, ।
असन्तुस्टी र बिचलित व्यक्ति जस्ताको त्यस्तै त्यहि ठाउमा देखेको छु भने त्यहिं नै गाउँमै सम्भावना देख्नेहरु जसले खेर गैरहको ढुंगा काटेर पोखरा सम्म पुर्याएर मासिक ३ लाख सम्म आम्दानी गर्छन् । जसले म्याग्दीको बेनी बजारमा खपत हुने दुध, तरकारी र अन्य कृmष्जिन्य उपज को अधिकांस हिस्सा ओगटेका छन् । त्यसैले सम्भावना धेरै छन् सहर पस्नु नै भबिस्य त होइन होला म घोतल्किने गर्दछु ।