म्याग्दी अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा सुरु

जिल्ला अस्पताल म्याग्दीमा मोना हङकङको सहयोगमा डिजिटल एक्सरे मेशिन उपलब्ध भएको हो । ११ लाख ४८ हजार चार सय ९२ रुपियाँमा बरावरको मेशिन शुक्रवार देखि सञ्चालनमा ल्याइएको छ । एक्सरे मेशिनको दिगोरुपमा

DSC06472      सञ्चालनका लागि ६ लाख ६५ हजार रुपियाँको मोना हङकङ एक्सरे मेशिन सञ्चालन अक्षय कोषको स्थापना गरिएको छ ।

DSC06463

विभिन्न रोजगारी र पेशा व्यवसायका शिलशिलामा हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले तिहारका समयमा अस्पतालको सहयोगका लागि देउसी भैलो खेलेर १८ लाख ११ हजार चारसय ९२ रपियाँ संकलन गरेको  अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

12279140_931553743587376_6717066411828200581_n

शुक्रबार मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापामगरले मेशिनको उद्घाटन गर्नुभएको थियो । । ठाकुरप्रसाद आचार्य