खेलकुदमा लगानीको प्रतिक्षा

tejendra 3
विकल्प न्यूज/बेनी

तेजेन्द्र बानियाँ
संयोजक, धौलागिरी रेफ्री कमिटी,
असल, स्वस्थ्य र सम्बृद्ध समाज निर्माणका लागि खेलको महत्व छ । खेलले व्यक्तिको मात्र नभएर ठाउँ, क्षेत्र, देशको पहिचान गराएको छ । व्यक्तिलाई स्वस्थ्य र तन्दरुस्त बनाउन मद्दत गर्ने खेलले प्रतिष्ठा बढाउन उत्तीकै भुमिका खेलेको छ । मित्रता, सम्बन्ध सुधार, एकता, अनुशाषन, सद्भावको विकास गरि कुलत र बिकृतीबाट टाढा राख्न खेलको उत्तिकै योगदान छ । नेपालले विश्वका विकसित देशहरुसंग प्रतिस्पर्धा गर्न सम्भव एउटा मात्र क्षेत्र खेलकुदनै हो । खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्न सकिने अर्को सम्भावना छ ।
सबै समुदाय, भुगोल र जातजातीबीच सद्भाव र एकता कायम गराउने काम समेत खेलकुदले गरेको छ । बेरोजगार र फुर्सदीला युवाहरुलाई कुलतबाट बचाउन खेलकुदले सहयोग गर्न सक्छ । अनुत्पादक र फुर्सदको समय खेलमा लगाउँदा उत्प्रेरणा र सकारात्मक भावना सिर्जना हुने, अनुशासनको विकास हुने र कुलतमा लाग्नबाट बचाउन सकिने सम्भावना छ ।

पछिल्लो समय म्याग्दीका तारादेवी पुन, कमला पुन, अरुण शाही, मिलन मल्ल, बिन्दु पुन,  चन्द्र बुढा, प्रेम पुन लगायतले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर देशलाई पदक दिलाउन तथा जिल्लालाई चिनाउन सफल भएका छन् । व्यक्तिको जिवन, समाज र राष्ट्रको पहिचान, प्रतिष्ठा बढाउन योगदान गर्ने खेलकुद क्षेत्र हरेक हिसावले उपेक्षीत छ । खेलकुद उपेक्षित बन्नुमा नीति निर्माता, समाज, सम्बद्ध निकाय, संघ संस्था देखि स्वम खेलाडीहरुको पनि कमजोरी देखिन्छ ।

म्याग्दीका धेरै खेल प्रतिभाहरु अवसरको खोजीमा छन् । क्षेत्रीय तथा राष्ट्रिय खेलमा सहभागिता जनाउने अवसर नपाउनु र अवसर पाएपनि पलायन हुनु म्याग्दीको क्षेत्रको मुख्य समस्या हो । भलिबल, फुटबल, त्रिकेट, बास्केटबल, तेक्वान्दो, कराते, आर्चरी लगायत खेलका प्रतिभाहरु तालीम, प्रशिक्षण र अवसर नपाएर खुम्चीएका छन् । समाजले खेललाई मनोरञ्जनको रुपमा मात्र लिनु, खेलेर जिवन निर्वाह हुने अवस्था नहुनु, खेलाडीले आप्mनो प्रतिभा र खेलकुदको महत्वका बारेमा नबुझ्नु, समाज र अभिभावकले साथ नदिनु जस्ता समस्याहरु छन् ।dsc04445खेलाडीले खेल के हो र किन आवश्यक छ भन्ने बारेमा बुझ्ने मात्र होईन अरुलाई पनि बुझाउन जरुरी छ । अभिभावक र समाजमा खेलकुदको महत्वका बारेमा जनचेतना अभिवृद्धी गर्नुपर्ने आवश्यकता छ । म्याग्दीमा खेलकुद प्रतियोगिता र सांस्कृतीक कार्यक्रम संगै राखेर मेला सञ्चालन गरिदा खेल क्षेत्रमा विकृती भित्र्नुका साथै समाजमा भ्रम र नकारात्मक दृष्टिकोण बनेको छ ।

खेलकुद प्रतियोगितालाई मेलासंगै आयोजना गर्ने र मेलाको विकृतीलाई खेलसंग जोडेर बुझ्ने गरिएकाले समस्या र भ्रम सिर्जना भएको हो । यसलाई चिर्न खेल नियमको चेतनाको विकास गर्दै, खेलमा आच आउने गतिबिधिलाई निरुत्साहीत गर्नुपर्छ । खेलकुद प्रतियोगिताहरुमा विसुद्ध खेल गतिबिधी र विकृती रहित हुनुपर्छ भन्ने मेरो मान्यता छ । खेलकुदलाई बिकृतीबाट बचाउन प्रशासन, सुरक्षा निकाय, आयोजक देखि समाजका अगुवा र खेलाडीहरु सचेत र सजग बन्नुपर्छ ।

राज्यका निकायले आयोजना गर्नुपर्ने खेलकुद प्रतियोगिताहरुमा क्लब र संघ संस्थाहरुले अग्रसरता देखाएर स्थानीय प्रतिभाको पहिचान गरेपनि उनिहरुले जिल्ला, क्षेत्र, राष्ट्रिय स्तरसम्म पुग्ने कमै मात्र अवसर पाएका छन् । सम्भावना बोकेका खेलाडीहरुलाई तालीम र प्रशिक्षणको ब्यवस्था हुन सकेको छैन् । स्थानीय निकायले युवा क्षेत्रका लागि बिनियोजन गर्ने बजेट परिचालन गरेर खेलाडीहरुलाई तालीम र प्रशिक्षण दिन सकिने सम्भावना रहेको छ ।
म्याग्दीमा जति पनि खेलमैदानहरु बनेका छन् त्यसमा राज्यको लगानी न्युन छ । यसबाटै पुष्टि हुन्छकी सरकार खेलक्षेत्र प्रती उदाशिन छ भन्ने । स्थानीय कल्व र समुदायका अगुवाहरुले विभिन्न स्रोत जुटाएर खेलमैदान बनाएका छन् । खेलमैदान निर्माणमा प्रवासीहरुको सहयोग र योगदान सहनीय छ ।dsc04448संघर्ष गर्दै खेलकुदमा सक्रिय भएका खेलाडीहरु खेलेरै जिवन जिउने आधार नभएपछि पलायन हुन बाध्य छन् । विभिन्न व्यवसायिक क्लब र बिभागीय टोलीमा कमैले मात्र अवसर पाएका छन् । राज्यले खेलकुदमा आवश्यकता अनुसारको लगानी गर्न र नीति नियम बनाउन नसक्दा खेलाडीहरुले जिवन निर्वाहका लागि आवश्यक सेवा सुबिधा पाउन सकेका छैनन् । अर्कोतर्फ खेलाडीहरुमा व्यवसायिक ज्ञानको पनि कमी छ ।

व्यवसायिक खेलाडी उत्पादन गर्न र उनिहरुलाई टिकाउन परिवार, समाज देखि सरकारी निकायको उत्तिकै सक्रिय भुमिका तथा सहयोग आवश्यक छ । खेलाडीहरुले आफ्नो खेल प्रतिभाको संरक्षणसंगै आफूलाई टिकाईराख्न बैकल्पीक पेशा अपनाउने गरेको अभ्यास छ । सफल खेलाडीहरु बिदेश पलायन हुनु भन्दा यहीनै केही गरेर नयाँ पुस्तालाई उत्प्रेरीत गर्नुपर्छ । देशको राजनितिक अस्थिरताबाट खेल क्षेत्र र खेलाडीहरुमा पनि अछुतो छैन् ।
खेलकुदलाई मर्यादीत र ब्यवस्थित गराउन सरकार र नेताहरुको मुख ताकेर, गुनासो गरेर बस्नुभन्दा उनिहरुलाई खेलको महत्व बुझाउन ध्यान दिनुपर्छ । राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुलाई खेलको महत्व, योगदान र भविष्यको बिषयमा बुझाउन खेलाडीनै अग्रसर बन्नुपर्ने अवस्था आएको छ । अर्कोतर्फ समाजमा खेलकुदप्रती रहेको नकारात्मक धारणा परिवर्तन गराउदै नयाँ पुस्तालाई आकर्षित गर्न खेलकुदको बारेमा पाठ्यक्रममा समावेश गर्नुपर्ने देखिन्छ । नवविकल्प विशेषाङकबाट