ताजा समाचार:
Search

किन पु¥याउने गाउँगाउँमा इन्टरनेट ?

रुद्र प्रसाद अधिकारी/विकल्प न्यूज
म्याग्दी,असार १३ गते ।
...“ल है साहेब हो भोलि विहान ठिक आठ बजे खानेपानी समिति गठन गर्न भेला बोलाइएको हुनाले गाविस भवनमा उपस्थिति हुनु है…..“ यसरी कटुवाल घोकाएर सूचना प्रवाह गरिने चलन विस्थापित भएको धेरै भएको छैन हाम्रोगाउँमा र कतै कतै त यो चलन अझै पनि कायम छ। सूचना प्रवाह गर्ने यतिका साधन र प्रविधिको विकास भैसक्दा पनि हामीअझै परम्परागत शैली अंगाली रहेका छौं। विश्व न्यानोसेकेन्ड (nanosecond) को गतिमा अघि बढिरहँदा हामी भने कछुवाको गतिमा लम्किरहेका छौं। सूचना प्रविधिको आजको युगमा पनि हामी कुवाको भ्यागुतो झैँ दुनियाँमा कहाँ के भैरहेछ भन्ने थाहा पाउँदैनौं।
केहि सिमितठाउँ र शहरमा इन्टरनेटको पहुँच हँदैमा देशले सूचना प्रविधिमा ठुलैफड्को मा¥यो भन्ने ठान्नु नै हाम्रो भ्रमहो। देशका बहुसंख्यक जनताहरु सूचना प्रविधिको पहुँचबाट बाहिर छन्। सूचनामासहज पहुँच नभएकाले अति दुर्गम एवं दुर–दराजका गाउँका जनताले सास्ती भोग्नुपरिरहेको यथार्थ हाम्रा सामु ज्युँ का त्यूँ छ।

दुर्गम गाउँबाट दुइ तिन दिन लगाएर सदरमुकाम आउने तर आवश्यककागज–पत्र लिएर नआएकाले कामै नसकी फर्किनुपर्ने बाध्यता हामीले देखेका छौं, भोगेका छौं । यति हुँदा हँँदै पनि गाउँमा इन्टरनेट पु¥याउने कुरामा हामीकसैले चासो देखाउंदैनौं। इन्टरनेट पनि सडक, खानेपानी, भवन निर्माण जस्तै विकासको पूर्वाधार हो भनेर बुझ्न र बुझाउन नसक्नु पनि हाम्रो कमजोरी हो।
एउटा दुर्गम गाउँमा इन्टरनेट पुग्यो भने त्यो गाउँका बासिन्दा पनि विश्वव्यापी संजालमा आबद्ध हुन्छन्। उनीहरुको जीवनशैली परिवर्तन हुँदै जान्छ। उनीहरुको स्वास्थ्य र शिक्षामा सुधार आउँछ। टेलीमेडिसिन मध्यमबाट दुर्गम स्थानमा रहेको एउटा बिरामीले सुगम स्थानमा रहेका बिशेषज्ञ चिकित्सकसंग आवश्यक सल्लाह–सुझावलिनुका साथै उपचार समेत गराउन पाउँछ। त्यतिमात्र होइन मानिसहरुले अनलाईन शिक्षा का माध्यमबाटगाउँमै बसीबसी अन्तर्रा्ष्ट्रिय स्तरको शैक्षिक डिग्री हासिल गर्न सक्छन्। यसले दुर सिकाइ (Distance Learning)को अवधारणालाईअझ प्रभावकारी बनाउन मद्दत गर्छ।

गाउँमा इन्टरनेट पुगेमा गाउँले कृषक दाजुभाई दिदीबहिनीलाई निकै फाइदा पुग्ने देखिन्छ। कृषिमा आधुनिक प्रविधि-Modern Technology) भित्राउने इन्टरनेटले महत्वपूर्ण भूमिका खेल्छ । एकातर्फ कृषकले सुगम स्थानमा रहेका कृषि प्राविधिकसंग नियमित सम्पर्कमा रही कृषि उत्पादन एवं गुणस्तर वृद्धी गर्न पाउँछन् भने अर्कातर्फ आफुले उत्पादन गरेको कृषि उपजको अनलाइन मार्फत बजारीकरण (online marketing ) गर्न सक्छन।

गाउँमा उत्पादन भएको मह, घिउ, चिया, कफी,अलैची, पश्मिना आदि सजिलै विश्व बजारमा बिक्रि गर्न सक्छन। त्यसैगरी दुध, दहि, विषादी रहित तरकारी , फलफुल, कोदो, फापरको आदि कृषि उपजहरु स्थानीय बजारमा बिक्रि गर्न सक्छन।
हाम्रो गाउँमा प्रशस्त श्रोत र साधनहरु छन् जसको उपयोग गरी उद्योग–धन्दा र कल–कारखाना खोल्न सकिन्छ। गाउँमा खेर गैरहेको जल, जंगल र जमिनको सदुपयोग गर्न इन्टरनेट मार्फत विदेशी लगानी पनि भित्रयाउन सकिन्छ। खोला–नालाबाट विद्युत उत्पादन र विभिन्न किसिमका उद्योग धन्दामा लगानी गर्न विदेशी लगानीकर्तालाई आकर्षण गर्न सकिन्छ। वाह्य लगानी भित्राउने सकियो भने गाउँमा नयाँ नयाँ व्यापार र व्यवसाय वृद्धी हुन गई आर्थिक गतिविधिमा समेत तीव्रता आउँछ।
इन्टरनेटले खेल्न सक्ने अर्को महत्वपूर्ण भूमिका भनेको पर्यटन प्रवद्र्धन हो।

इन्टरनेटका माध्यमबाट हाम्रो गाउँको मौलिक संस्कृति र सम्पदाबारे राम्रो प्रचारप्रसार गर्न सकिन्छ। यसो गर्न सकियो भने विश्वका बिभिन्न मुलुकका पर्यटकलाई हाम्रै घर– आगनसम्म ल्याउन कुनै अप्ठ्यारो हँुदैन। पर्यटकलाई फापरको ढिंडो र गुन्द्रुकको स्वाद चखाउन सकिन्छ, मारुनी र सेलोमा नचाउन सकिन्छ। हाम्रो खेतबारी, कुखुरा फारम, गाई फारम, माछा फारम आदिमा पर्यटकलाई घुमाई कृषि–पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । त्यसै गरि भिर–पाखा, बन–जंगल, नदि–नाला, ताल–तलैया आदिको शयर गराई पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।

पर्यटकलाइ हाम्रै होमस्टेमा बसाली पारिवारिक वातावरणमा रमाउन दिन सकिन्छ । पर्यटकहरु पनि इन्टरनेट भएको स्थानमा जान सहज मान्ने भएको हुनाले पनि गाउँ–गाउँमा इन्टरनेट सेवा विस्तार गर्न जरुरी छ ।

हाम्रागाउँका लाखौँ दाजुभाइहरु वैदेशिकरोजगारीको शिलशिलामा विभिन्न देशमामा पुग्नुभएको छ, गाउँमा इन्टरनेट भएमा परिवारका अन्य सदस्यले वहाँहरुलाई भिडियो कल  मार्फत प्रत्यक्ष देख्न र वहाँ हरुसंग बोल्न सक्नुहुन्छ। साथैगाउँमा इन्टरनेट भएमागाउँमै बसी बसी बिदेशी कम्पनीको काम गर्न पनि सकिन्छ।
गाउँ गाउँमा बैंकहरु पुग्न नसक्नुको कारण गाउँमा इन्टरनेट उपलब्ध नहुनु पनि प्रमुख कारण हो । गाउँमा इन्टरनेट पुगेमा घरमै बसी बसी बैंकिङ सेवा लिन सकिन्छ । त्यस्तैघरमै बसी बसी विभिन्न स्थानमा जाने आउने हवाई, ट्रेन वा बस टिकट बुकिङ समेत गर्न सकिन्छ ।
निजि संस्थाहरु नाफामुखी हुने हुँदा उनीहरु स्वाभाविक रुपमै जनघनत्व बढी भएको ठाउँमा आफ्नो सेवा विस्तार गर्न केन्द्रित हुन्छन् । तसर्थ इन्टरनेटको विस्तार र प्रयोगलाई व्यापक बनाउन सरकारी स्तरबाटै पहल हुनु आवश्यक छ । ढिलै भएपनि सरकारले विद्युतीय शासन  को अवाधराणा ल्याएको छ जसमा सरकारले जनतालाई आफ्ना सेवा सुविधा तथा वस्तुहरुको वितरण गर्न विद्युतीय माध्यमको प्रयोग गर्ने भनिएको छ । यसलाई सार्थकता दिन पनि गाउँ गाउँमा इन्टरनेट पु¥याउन आवश्यक छ ।
एकातर्फ सूचना प्रविधिको विकास र प्रोयोगले संसार साँघुरो बन्दै गैरहेको छ र संसार एउटा गाउँ तर्फ उन्मुखभएको छ भने अर्कोतर्फ त्यहि प्रविधिबाट बन्ञ्ति मानिसहरु कस्टकर जीवन जिउन बाध्य छन्। यसरी इन्टरनेटमा पहुँच हुने मानिसहरु र इन्टरनेटमा पहुँच नहुने मानिसहरु बिचको अन्तर बढ्दै गैरहेको छ, यसलाई कम गर्न पनि गाउँ गाउँमा इन्टरनेट पु¥याउन अपरिहार्य भैसकेको छ।
(लेखक ः अधिकारी जिल्ला विकास समितिको कार्यालय म्याग्दीमा सूचना तथा संचार प्रविधि स्वयंसेवक इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ ।)