विकल्प
म्याग्दी कात्तिक २८ गते ।
हुने विरुवाको चिल्लोपात भने झै भलिवलमा अथक मेहनत र परिश्रमको प्रतिफलका कारण आज उनी म्याग्दीको भलिबलमा नयाँ नक्षत्रका रुपमा उदाउने चरणमा छन् । उनी अर्थात बेनी नगरपालिका–९ घतानका तेजेन्द्र बानियाँ । बाल्यकाल देखिनै भलिबलमा रुची रहेका बानियाँले जिल्लामै उत्कृष्ट खेलाडीको पहिचान मात्रै बनाएनन्,कलिलै उमेरमा प्रशिक्षकको जिम्मेबारी समेत सम्हालिरहेका छन् । काउलेगौडाँ यूवा क्लवका संस्थापक अध्यक्ष समेत रहेका बानियाँले आर्कषक सुविधा सहित धमाधम प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । मुस्ताङको मार्फामा रहेको मिलिजुली यूवा क्लवमा खेल प्रशिक्षण बापत २५ दिनको ५० हजार सुविधा सहित भब्य सम्मान पाएका बानियाँले क्लवलाई सेमिफाइनलसम्म पु¥याएका थिए ।
कमजोर टिमलाई समेत उत्कृष्ट खेलसम्म पु¥याउन बानियाँले दिने गरेको कलात्मक प्रशिक्षणबाट प्रभावित भएपछि विमस्थित हिमाली यूवा क्लव डाँडागाउँको निम्तोमा खेलाडीलाई समेत प्रशिक्षणको दिएका थिए । ‘उहाँको सिकाउने शैली नै फरक छ । खेलाडीले धेरै राम्रो अभ्यास गर्न“ पाए’ क्लवका सचिव बहादुर पाईजाले बेनीअनलाइनलाई भने ।
प्रशिक्षक बानियाँलाई क्लवले प्रशिक्षकका रुपमा आवश्यकता अनुसार बोलाउने उनले बताए ।आफ्नो अनुभवसंग राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीका शैलीलाई समेत प्रशिक्षणमा प्रयोग गर्ने गरेका बानियाँको अभ्यासबाट खेलाडीको खेलमा धेरै राम्रो सुधार भएको क्लवका अध्यक्ष धनकुमार पाईजाले बताए। ‘उहाँको साथ सधै आवश्यक पर्छ । आगामी दिनमा समेत सहकार्यको वातावरण बनाउनेछौ’ उनले भने । क्लवमा आयोजित विदाई कार्यक्रममा बोल्दै बानियाँले खेलकुद क्षेत्रमा आफुले सक्दो सहयोग गर्ने बताए । ‘खेल खेल्दै सिक्ने हो, सिपलाई आवश्यकता अनुसार अपडेट गनुपर्छ’ बानियाँले भने ।
जिल्लामा भलिबलमा बचस्व कायम गरिरहेको केवाईसीका जन्मदाता समेत भनेर चिनिने बानियाँलाई पर्वत र बागलुङबाट समेत प्रशिक्षकको रुपमा अफर आएको छ । तीनमहिनको अन्र्तराललमा उनले दुईवटा क्लवमा प्रशिक्षकका रुपमा काम गरेका छन् । बानियाँको नेतृत्वमा केवाईसी क्लवले करिव १ सय भन्दा धेरै खेलमा उपाधी जितेको छ । खेलकुदको पुरस्कारले सामाजिक कार्य र विकासनिर्माणमा खर्च गरेका उनले खेलकुद संगै सामाजिक कार्यमा समेत सक्रिय रहेको छ। हरिकृष्ण गौतम/ benionline