ताजा समाचार:
Search

यात्रा अनुभूति दोबा ः महिलाको नेतृत्वमा चलेको नमुना गाउँ

हरिप्रसाद पौडेल/विकल्प न्यूज
चैत २९ गते ।

hari
भmण्डै ६ः३० वजेको हुँदोहो एउटा परिचित नंवरवाट फोन आयो सामान्यतया संस्थागत कामको शिलशिलामा धेरै पटक मैले गरिरहने फोन थियो त्यो म छक्कै परे फोन उठाए उतावाट सामान्य दर्शन नमस्ते पश्चात एउटा अफर आयो दाइ दोबा जाऔं भोली ! किन वैनि सहजै सोधे मैले अनि जावाफ आयो दोवा गाउँलाई पूर्ण सरसफाई युक्त वनाउन वास पत्रकारको टोलिले जिम्मा लिएको छ त्यहाँ त्यस कामको लागि तपाइको संस्थाले सुधारिएको चुलोको कार्यक्रम गरिरहेको र त्यसको समेत अनुगमन हुने भएकोले गैसस महासंघ र तपाईको संस्थाकै समेत प्रतिनिधित्व गर्दै दोवा जानुप¥यो भनेपछि भने मलाई अलि असहज भयो किनभने म केहि घण्टा अगाडि मात्रै पोखराको एउटा समिक्षा सकाएर बेनी आइपुगेको र पुनः भोली पल्ट स्थानिय शान्ति समितिको कार्यक्रम सञ्चालन गर्न पात्लेखेत, झिँ र पाखापानी जाने तयारी भएको थियो एक्कासिको त्यस फोनले मेरो समय तालिका परिवर्तन हुने भयो र विहान जानाकारी गराउने भन्दै फोन राखे । dova

विहान ८ः०० वजे तिर फोन गरी जाने पक्का पक्कि गरियो र वेलुका ३ः३० तिर जाने कुरो भयो दिनभरि अफिसियल कार्यक्रममा ब्यस्त भए पश्चात एक्कासिको हुरी वतासको समेत पर्वाह नगरी ४ वजेतिर दोवा जानेगरि जिपमा चढियो वेनिवजारको क्याम्पस चोकवाट तर सवै साथिहरु जम्मा भइनसकेकोले साथिहरुलाई पिकअप गर्न पुःन वजार घुमियो र थप ३ जना साथिसमेत गरि नागरिक समाजका संयोजक एवं वास पत्रकार मञ्चका सदस्य सुदर्शनकुमार श्रेष्ठ, दोवा गाविसका सचिव लिलावहादुर चोखाल म र अन्य वास पत्रकार मञ्चका साथिहरु गरी गुरुजी संग जम्माजम्मी १४ जना सािथहरु भएर वोलेरो जिपमा दोवातर्फ प्रस्थान गरियो वेलुकी ५ः२० तिर ।
dova 5

बेनी मुस्ताङ्ग खण्डकोे बेनीवाट १५ किमि हिडेपछि आइपुग्ने वैसरी पुग्दा पानि आकाशवाट यसरी घोप्टियोकि मानौ वाटोमा राखिएको पानी एकैपटक खन्याइएको छ त्यसरी पानी पर्दा सवै साथिहरु आत्तिएको महसुस भयो केहि साथिहरु भन्दैथिए यसपालि पानी धेरै पर्ने भयो भुकम्पले हल्ल्लाएको जमिन धेरै पहिरो जान्छ यसपालि भन्दै थिए भने गुरुजी अव अगाडिको वाटो कसरी जाने हो वाटो उकालो र कमेरे माटो छ चिप्लो हुने भयो भनि चिन्ता गरिरहेका थिए, गफ गरिरहदा केहिथान अण्डा, काचै चाउचाउ तथा चियाका थर्मस रित्तिइसकेका थिए वैसरिको एक होटलमा, यसैक्रममा वर्सातको पानी मुलमा मिसिएकोले चाउचाउ पकाउने पानी छैन भन्दापनि सुख दिइएन र मिनिरल वाटर हालेर पकाएको एकएक वोल पकाएको चाउचाउमा  तरकारी मिसेर खाइसकियो समुहमा त जे भएपनि मिठो हुने सवैले जिव्रो फट्कारेरै चाउचाउ खाइसकि लागियो अगाडितिर ।dova 2

बेनीवाट झण्डै १८ किलोमिटर बेनी मुस्ताङ्ग खण्डको वाटो हिडेपछि भिरकाटे भन्ने ठाउँवाट दोवावासिले बेनी मुस्ताङ्गको वाटोसंग साटेको मोटरेवल पुल तरी वाया लागेपाछि सुरु हुन्छ दोवा गाविसको दोवा गाउँ जाने वाटो जुन वाटो झण्डै नब्बे डिग्रिकै हाराहारी देखिने पहाडलाई नागवेलि पार्दै खानिएको ७ किलोमिटर वाटो जुन वाटो झण्डै २१ वटा घुम्ती पार गर्दै पुगिने दोवा गाउँको उकालो लाग्दा केहि अगाडिदेखि परिरहेको पानीले वाटो होकि होइन भन्ने सम्मको अवस्थामा पु¥याइसकेको थियो तथापि अनुभवि गुरुजीले राम्रो संग डो¥याइरहे विचविचमा साथिहरु भmरेर ढुङ्गा पन्छयाउदै थाकेर लगभग ८ः३०वजेतिर मात्रै दोवा गाउँ पुगीयो ।

dova 3
सिमसिमे पानीमा, पहिलो पटक दोवा पुग्ने धेरै थिए यस जिन्दगानिमा । साँझको समय उसैत ब्यक्तिगत समय हुने त्यसैमाथि ७० वर्षको नभइ दोस्रो पुस्ताको नेता वन्न नपाईने देशका हामि नागरिकहरुको नागरिक समाजका संयोजक वाहेक सवै झण्डै २०–२२ देखि ३४÷३५ वरीपरीका थियौं, टुक्का, थेगो मिसाउदै जो जे मा रम्न सक्नेहो रम्ने र हासो मजाक गर्ने गर्दै दोवा गाउँमा पुगेर उही दुखालु (अल्लारेहरुको भाषामा व्रोइलरलाई भन्ने गरेको शब्द) र आयातित चामलको भात खाइवरी विस्तारमा पुगियो तर दिउसो को पानीले विस्तारा भिजेर लछप्पै भएको रहेछ त्सैमा रात विताईयो तर त्यस्तो अफ्ट्यारो महसुस कसैले गरेनन् ।dova 4

विहान ७ वजे तिर रातो चिया खाइवरी गाउको सिरानमा पुगेर हेर्दा वल्ल थाहाभयो दोवाको गाउँको वास्तविकता, लेकालि गाउँको विशेषता सम्पुर्ण घरधुरी एकआपसमा थु्रंगेफूलको माला गाँथेझैं गरी लहरै परेका गुचुमुच्च भएर वसेका यस्तै अवस्था थियो दोवा गाउँको, गाउँको सिरानमा अजंगको ढुंगे पहरा र त्यसको शिरमा नेपाल टेलिकमको कमचलाऊ टावर त्सैले त्यस गाउँलाई सञ्चार सुविधा केहिहदसम्म दिन सकेको रहेछ ।

गाउँको शिरानवाट धेरै फोटाहरु खिचिए र एनसेल को कतिवेला कतिवेल टिप्ने डाटा प्याकको प्रयोग गरी सामाजिक सञ्जाल संग जोडिने कार्य सोहि वखत साथिहरुले सम्मन्न गर्नुभयो । अघिल्लो दिनको पानी र असिनाले केहि भएको साग सब्जी समेत ध्वस्त पारेका गाउँमा अलिक ठुलो पानी पर्दा माथिवाट माटोको रेलो गाउँमानै आउने समस्या रहेको त्यस वखत अनुमान गर्न सकिन्थ्यो त्यसैलाई केहि हद सम्म भएपनि सम्वोधन गर्नको लागि होला केहिवर्ष अगाडि स्थानिय विकास कोषको सहयोगमा वस्तिभित्र नालिको ब्यवस्था गरीएको रहेछ, ८ः०० वजेतिर गाउकै विचमा रहेको वडा कार्यालय पुगेपछि थाहा भयो गाउँमा कदेवि र वोमायाहरु सक्रिय भएर गाउँको विकासको नेतृत्व लिइरहेका रहेछन र साथ दिइरहेका रहेछन केहि युवा युवतिहरु ले, अन्यत्र भन्दा केहि फरक हामिले देख्न पायौ त्यो हो युवायुवतिको केहि जमात अन्य गाउँमा पुग्दा वुढावुढि र केटाकेटीहरुमात्रै देखिन्थे भने दोवामा अझै विदेशिमोहले च्यापिनसकेको भान हुन्थ्यो ।ka maya

हामि त्यस दिन विहान सरसफाइका लागि जुट्ने कार्यक्रम रहेको थियो योजना सुनाइसक्दा वोमाया र कदेविहरु आजको कार्यक्रमको अगुवाइका लागि तयार भइहाले र पत्रकारहरु, सामुदायका अगुवा (विशेष गरि महिलाहरु) को टोलि ३ टोलिमा विभाजन भई सरसफाइको लागि सचेतना जगाउन हामि लाग्यौ र केहि गाउँभित्रको फोहोर निकालेर ब्यवस्थापन गर्ने कार्य गरीयो । सरसफाइको क्रममा थाहा भयो गाउमा सफाइ अभियान सञ्चालन भइरहेको रहेछ तर अचम्म के भने प्रत्यक घरको छेवैमा वेहुलि कटेरी (घुम्टी) र त्यसमा रक्सी का वडेवडे अण्डी पाकिरहेका देखिन्थे त्यसलाई भने सवैको समन्वय र सहकार्यमा हटाउनुपर्ने या त ब्यवस्थीत गर्नुपर्ने आवश्यकता देखिन्थ्यो । तथापि सामान्यतया गाऊ सफा थियो गाउलेहरु सफा गर्नुपर्ने कुरामा सचेत थिए।dova
सरसफाइको कार्र्यक्रम सकिएपछि खाना पाक्दै गरेको समयलाई सदुपयोग गर्ने उद्येस्यले हामिहरु नजिकैको चट्टानमा पुग्यौ चट्टान साच्चै ऐतिहासिक थियो अजंगको त्यस चट्टान कुनै वेला एउटै थियो, स्थानियको कथन अनुसार लामाले मन्त्रको माध्यमवाट फुटाएको रे भन्ने सुन्न पाइयो ।wass myagdi doba sarsafai (7)

हेर्दा लाग्थ्यो कुनैवेलाको भुकम्प लगाएत प्राकृतिक विपत्तिको बेला फुटेको हुनसक्छ त्यो चट्टान । हेर्दै कहालि लाग्दो , र साहस वटुलेरै मात्र पुग्न सकिने त्यस चट्टानको एक पाटोमा सवै साथिहरु पुग्यौ र धित मरुन्जेल फोटो शेसन गरियो पत्रकारहरुको टिम भएकोले फोटो खिच्न कुनै कन्जुस्याई थिएन तर अर्को पाटोमा भने म र एकजना साथि मात्रै पुग्न सक्यौ त्यो पनि भ्यागुतो चालमा त्यो भन्दा अन्य विकल्प थिएन त्याहाँ चढ्नको लागि तैपनि आट गरियो तर अलि केटाकेटिकै पारा गरीयो कि भन्ने लाग्यो ।
विहानको खाना खाइवरी दिउसोको कार्यक्रममा लागियो गाविसका आउन सकिने सम्मका प्रतिनिधिहरुको उपस्थितीमा पुर्ण सरसफाइका ५+१ का वारेमा छलफल भयो र केहिसमय दोहोरो छलफल पश्चात प्रतिवद्धताका भाषण–भुषण पश्चात खाजासाजा खाइवरी गाउलेहरुको स्नेहपुर्ण विदाइका साथ बेनीका लागि प्रस्थान गरीयो । लेखक गैसस म्याग्दीका अध्यक्ष हुन