ताजा समाचार:
Search

अन्नपूर्णका दाँत रोगीहरुलाई गाउँमै प्रवासीको शिविर

विकल्प न्यूज/बेनी
पुस १२ गते । अन्नपूर्ण गाउँपालिकावासीहरुलाई प्रवासीहरुले गाउँमै दन्त शिविर सञ्चालन गरेका छन् । गैरआवसीय नेपाली संघ न्युजिल्याण्ड  र म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आर्थिक सहयोग र गाउँपालिकाको समन्व्यमा दानामा निशुल्क दन्त तथा जाँच शिविरको आयोजना गरिएको हो ।

शिविरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।अध्यक्ष पुनले मानविय सेवानै धर्म भएको बताउदै ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिविर सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो । एनआरएनए नेदरल्याडका अध्यक्ष कमल वाइवाले ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधा र दन्त स्वास्थ्य सम्बन्धि चेतना फैलाउने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो ।दाना र मराङमा शिविरि सञ्चालनका लागि एनआरएनए नेदरल्याड र मोनाले तीन लाख रुपैयाँ सहयोग गरेको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन ७५ जनाले सेवा लिएका मोना नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनले बताउनुभयो । शिविरबाट दाना, नारच्याङ, भुरुङ तातोपानी, शिख, घारका बासिन्दाले सेवा लिन आएका वडा अध्यक्ष नरसिङबहादुर पुर्जाले बताउनुभयो ।

दाँन्त परिक्षण, उपचार, परामर्श र निशूल्क औषधिको सुबिधा दिइने जनाइएको छ । त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको जनाइएको छ ।मोनाका अध्यक्ष चक्रबहादुर थापाको अध्यक्षता, नेदरल्याडका अध्यक्ष जंगबहादुर पुनको स्वागत र स्थानीय गंगाबहादुर पुनको सञ्चालनमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।