ताजा समाचार:
Search

भर्जिन पदमार्ग – जहाँबाट देखिन्छन बेनीका सुन्दर तस्विरहरु (फोटोकथा)

विकल्प न्यूज/बेनी
साउन १३ गते । beni ka sundar  DSC_0082 DSC_0083 DSC_0084 DSC_0085  DSC_0088 DSC_0125 DSC_0127 DSC_0130   DSC_0136प्रस्तावित रामायण पार्कलाई जोडन बेनीबजार देखि आँपरुख सम्म पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण सँगै बेनीको सुन्दरताको दृश्यावलोकन गर्दै मर्निङवाक र इभिनिङवाक गर्न सहज भएको छ । DSC_0078नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केलाई बेनीले जोड्ने उद्देश्यका पदमार्ग निर्माण सुरु गरिएको हो । चार वर्षअघि पहिचान भएको बैकल्पीक पदमार्गमा बेनी नगरपालिका, पर्यटन विभाग र समुदायले पूर्वाधार निर्माण सुरु गरेका छन् । म्याग्दी र कालीगण्डकीको तिरमा रहेको सदरमुकाम बेनी बजारको पर्यटन विकासका लागि आसपासका क्षेत्रहरुमा भौतिक पूर्वाधारको विकास गरि पर्यटन प्रवद्र्धन गर्न थालिएको हो । DSC_0135पर्यटन बिभाग र बेनी नगरपालिकाको करिब चालिस लाख रुपियाँ सहयोगमा बेनी बजारदेखि प्रस्तावित रामायण पार्क निर्माण स्थल आपँरुख जोड्ने उकालो बाटोमा एक किलोमिटर पक्की सिढी सहितको पदमार्ग निर्माण भएको बेनी अर्थुङ्गे पछई जगन्नाथ टोड्के पदमार्ग उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । पदमार्ग निर्माण पछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।DSC_0086बेनी बजारको शिरमा रहेको आँपरुख, पछै र पुलाश्रम क्षेत्रलाई समेटेर रामायण पार्क निर्माण गर्न बेनी नगरपालिकाले डिपीआर तयार पार्ने काम अन्तिम चरणमा पु¥याएको छ । डिपीआर बनेपछि यसै वर्षदेखि रामायण पार्क निर्माण सुरु गर्न नगरपालिकाले ५५ लाख रुपियाँ बजेट बिनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताउनुभयो । DSC_0132तस्विहरु ठाकुरप्रसाद आचार्य