म्याग्दीमा वाम गठबन्धनको विजय उत्सव (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर २३ गते ।DSC_0627  DSC_0478 DSC_0481 DSC_0483 DSC_0492 DSC_0521 DSC_0529  DSC_0531  म्याग्दीको सदरमुकाम बेनीबजारमा वाम गठबन्धनले भव्य रुपमा विजय उत्सव मनाएको छ । शुक्रवार सार्वजनिक भएको मतगणनामा म्याग्दीका तिनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका थिए । बाजागाजा सहित बेनीको विरेन्द्रचोकबाट सुरु भएको विजय ¥याली हुलाकचोक,न्यूरोड,क्याम्पसचोक हुँदै हस्पिटलचोक,बैंकरोड भएर खुल्ला मञ्चमा पुगेर आमसभामा परिणत भएको थियो । आमसभामा वाम नेताहरुले मुलुकको विकास र समृद्धिको नेतृत्व वाम गठबन्धनलाई दिएकोमा आम मतदाताहरुलाई धन्यवाद दिएका थिए ।DSC_0455शुक्रवार सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् नेकपा एमालेका केन्द्रीय वैकल्पीक सदस्य भुपेन्द्र वहादुर थापाले २३ हजार तिनसय ८ मत प्राप्त गरि विजयी हुनुभएको थियो भने नेपाली काँग्रेसका खम वहादुर गर्बुजा(खम्बीर) ले २० हजार ९ सय ८० मत प्राप्त गर्नुभएको थियो । DSC_0534प्रदेशतर्फ क निर्वाचन क्षेत्रमा वाम गठवन्धनकै उम्मेदवार एवम् माओवादी केन्द्रका युवा नेता विनोद केसीले विजयी हुनुभएको छ । माओवादीका केसीले काँग्रेस राप्रपा गठबन्धनका भिमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो । केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार एकसय ७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । DSC_0617यस्तै प्रदेश ख निर्वाचन क्षेत्रमा वाम गठवन्धन एवम् नेकपा एमालेकी नेतृ नरदेवी पुन विजयी हुनुभएको छ । पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका अमलाल फगामीले ७ हजार ९ सय ९० मत ल्याउनु भएको छ । DSC_0530

IMG_1945 IMG_1874तस्विर हरु ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज