धवलागिरी गाउँपालिका
दरबाङ–धारापानी सडक स्तरोन्नतिपछि कालोपत्रे योजना
ठाकुरप्रसाद आचार्य/म्याग्दी पुस १ गते । दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नतिको योजना सञ्चालनमा छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरि गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत पहिलो चरणमा ७ किलोमिटर सडक स्तरोन्नति गर्दै कालोपत्रे गर्ने उद्देश्य छ । दरबाङ देखि धारापानीसम्म सडक स्तरोन्नतिको कार्यले गति लिएको हो । ठेकेदार कम्पनीले सम्झौता समयभित्र योजनाको सवै […]
ताकममा निर्माणधिन अस्पताल भवन अलपत्र, ठेकेदार फरार
ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । यहाँको एक पालिका स्तरीय निर्माणधिन अस्पताल भवन अलपत्र पारेर ठेकेदार सात महिनादेखि गायब भएको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल भवनको ठेक्का लिएको निर्माण कम्पनीले बीचमै काम छाडेपछि भवन निर्माण यतिखेर अलपत्र परेको हो । पटक पटक ताकेता गर्दा पनि ठेकेदारले वेवास्ता गरेको धवलागिरि गाउँपालिकाले जनाएको छ […]
मुनामा आयोजित व्यवसाय दर्ता शिविरमा १५ वटा फर्म दर्ता
विकल्प न्यूज/बेनी मंसिर २७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा आयोजित दुई दिने व्यवसाय दर्ता शिविरमा विभिन्न १५ वटा व्यवसायिक फर्महरु दर्ता भएका छन् । धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले सोमबार र मंगलवार गरि दुई दिनसम्म सञ्चालन गरेको शिविरमा उद्योगतर्फ कृषि र होटल गरि ५वटा […]
हिमालको काँखैमा सुन्दर ताकम गाउँ !
विकल्प न्यूज/बेनी मंसिर २७ गते । हिमालको काँखैमा सुन्दर ताकम गाउँ ! गुर्जा,चुरेन र मानापाथी हिमालको काँखमा रहेको धवलागिरि गाउँपालिका ७ ताकम गाउँ । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी
धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु
विकल्प न्यूज/बेनी मंसिर १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । भवनको सोमबार शिलन्यास गरिएको हो । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ […]
खिबाङका आमाहरुलाई कानुनी साक्षरता
विकल्प न्यूज/बेनी मंसिर १५ गते । जिल्लाको धवलागिरि गाउँपालिका–४, मुदीको खिबाङका आमा समुहलाई कानुनी साक्षरता तथा आर्थिक सशक्तिकरणसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । खिबाङको जनजागरण आमा समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त सचेतनामुलक कार्यक्रम गरिएको हो । कार्यक्रममा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले दुर्गम तथा पछाडि परेको समुदायमा कानुनी साक्षरता एवं […]
धवलागिरि र मालिका गणना गर्दा कांग्रेस ८ सय मतले अग्रता
ठाकुरप्रसाद आचार्य /बेनी मङ्सिर ६ गते । म्याग्दीमा जारी मतगणना अनुसार मंगलबार दिउसो साढे तिनबजे सम्म नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले अग्रता कायम राख्नुभएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. २ को धवलागिरि र मालिका गाउँपालिकाको मतगणना सकिँदा गठबन्धनका साझा उम्मेदवार गर्बुजाले ६ हजार तीनसय ७० मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले […]
म्याग्दीमा कांग्रेसका गर्बुजा र एमालेका श्रेष्ठबीच कडा प्रतिस्पर्धा
ठाकुरप्रसाद आचार्य\म्याग्दी मङ्सिर ६ गते । म्याग्दीको प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा देखिएको छ । मतगणनाको प्रारम्भिक अवस्थालाई हेर्दा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बजा –खम्बिर) र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठबीच निकै रोचक प्रतिस्पर्धा देखिएको छ । धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार गर्बुजा झिनो मतअन्तरले अगाडि देखिनुभयो । गर्बुजाले धवलागिरि गाउँपालिकाबाट २६५६ […]
पश्चिम म्याग्दीमा एमाले बलियो भएकाले जित सुनिश्चित छ ः उम्मेदवार गर्वुजा
विकल्प न्यूज\बेनी मंसिर १ गते । २०२६ साल साउन २८ गते म्याग्दीको धवलागिरी गाउँपाकिला ६ मराङमा जन्मिुन भएका याम बहादुर गर्वुजा म्याग्दीको परिवर्तनका आन्दोलनका एक अग्रणी व्यक्ति हुनुहुन्छ ।जनप्रीय मावि दरबाङबाट माध्यामिक शिक्षा हासिल गर्नुभएका गर्वुजाले पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा शास्त्र संकायमा प्रविणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गर्नुभएको छ । २०४१ सालमा तत्कालिन […]
दुर्गम गुर्जा प्रस्थान गरे मतदान केन्द्रमा खटिएका कर्मचारी
ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २९ गते । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर मतदान केन्द्र तर्फ लाग्न थालेका छन् । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरु मंगलबार निर्वाचन सामग्री बुझेर त्यसतर्फ प्रस्थान गरेका हुन । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई जिल्ला निर्वाचन अधिकारी […]
धवलागिरीको पर्यटन पूर्वाधारमा जोड दिन्छुः एमाले उम्मेदवार गर्बुजा
विकल्प न्यूज/बेनी कात्तिक २६ गते । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र ९ख० का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने बताउनुभएको छ । शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा […]
पश्चिम म्याग्दीमा विकासको जग एमालेले बसालेको छ ः उम्मेदवार गर्बुजा
विकल्प न्यूज\बेनी कात्तिक २२ गते । नेकपा एमालेका तर्फबाट प्रदेश सभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजाले पश्चिम म्याग्दीमा एमालेले विकासको जग बसालेको बताउनुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा धौलागिरि गाउँपालिकाका विभिन्न वडाहरुमा गरिएका चुनावी कार्यक्रममा उम्मेदवार गर्बुजाले एमालेको नेतृत्वको सरकारको पालामा पश्चिम म्याग्दीको विकासले नयाँ फड्को मारेको दावी गर्नुभयो । सडक,शिक्षा,पर्यटन,कृषि र स्वास्थ्यका क्षेत्रमा […]
म्याग्दी खोला जलविद्युत निर्माणका लागि पाँच बैंकबीच आठ अर्ब लगानी सम्झौता
काठमाडौं, कात्तिक २२ गते । ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि पाँच बैङ्कले करिब आठ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा.लि.ले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनी र बैंकहरूबीच करिब आठ अर्ब रुपियाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर […]
गठबन्धनलाई मत दिनुहोस् म्याग्दीको विकास गरेर देखाउँछौं
विकल्प न्यूज\बेनी कात्तिक २१ गते । पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार समेत रहेका नेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ, युवा उमेद्वार रोज्ने लहरको प्रभाव म्याग्दीमा पनि देखिएकाले गठबन्धनले […]
एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम
विकल्प न्युज/बेनी कार्तिक १६ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् । बिहीबार देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन […]