फिचर
स्वर्ण पदकको खुशी (फोटो फिचर)

२३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेर नेपाली फुटबल टिमले खेल प्रेमीहरुलाई ठूलो खुशी दिएको छ । भारतलाई २- १ ले पराजित गरेपछि नेपाली टिमले भारत गुवाहटीको इन्दिरा गान्धी रंगशालामा खुशी मनाएको छ । तस्बिरहरु : कौशल अधिकारी ekantipur
गलेश्वर स्थित राधाकृष्ण मन्दिरको दर्शन गरौं

दर्शन गरौं । प्रसिद्ध धार्मिक तिर्थ स्थल गलेश्वरधाम निर्माण गरिएको राधाकृष्ण मन्दिर । मन्दिरको शुक्रवार उद्घाटन गरिएको हो । मन्दिर विमान शैलीमा निर्माण गरिएको छ । मन्दिरको पुननिर्माणमा ६० लाख भन्दा वढी रकम खर्च भएको छ । तस्विर प्रताप बानियाँ,बेनी
पर्यटकको सेल्फी…

पर्यटकको सेल्फी… विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत म्याग्दीको पुनहिलमा सेल्फी तस्वीर खिचेर रमाउदै दक्षिण कोरीयाका पर्यटकहरु । केही दिनयता यस क्षेत्रका पर्यटकीय स्थलमा चीन र दक्षिण कोरियाका पर्यटकको चहलपहल बढेको छ । तस्विर/ सन्तोष गौतम
म्याग्दी हिस्तानकी तारादेवी पुनलाइ कास्य पदक

म्याग्दीकी तारादेवी पुनले १२ औ दक्षिण एशियाली खेलकुद अन्र्तरगत भारात्तोलन ७५ किलोमाथिको तौल समुहमा कास्य पदक जितेकी छन् । हिस्तान गाविसमा जन्मिएकी पुनले स्न्याचतर्फ ७० किलो र क्लिन एन्ड जर्कमा ९५ केजी भार वहन गरिन् । उक्त स्पर्धामा ताराकै नाममा राष्ट्रिय कीर्तिमान छ । पुन २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरका दर्जनौ खेलमा उत्कृष्ट भएकी […]
नेहाको न्यायका लागि नायिका

माघ २४, २०७२- बलात्कारपछि हत्या गरिएकी पोखराकी नेहा पुनको लागि न्याय माग्दै नायिकाहरूले माइतीघर मण्डलामा शनिबार साँझ दीप प्रज्ज्वलन गरेका छन् । नायिका ऋचा शर्माको पहलकदमीमा सेलिब्रेटी तथा सर्वसाधारणहरू ‘नेहालाई न्याय देऊ’ लेखिएको प्लेकार्डसहित केही बेर उभिएका थिए । लगत्तै मृतक आत्माको शान्तिको कामना गर्दै मैनबत्ती बालेका थिए । ‘राजधानीमा मात्रै यस्ता घटना हुँदा आवाज […]
रोचक खेल
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगितामा छात्र भलिबल प्रतियोगितामा मंगला उच्च मावि वावियाचौर र महेन्द्र उमावि बरञ्जा विच कडा प्रतिस्पर्धाका विच महेन्द्र रत्न माविले भलिबलको उपाधी जित्न सफल भएको छ । प्रतियोगितामा वावियाचौरले पनि राम्रो खेल प्रस्तुत गरेको थियो । तस्विर ठाकुरप्रसाद आचार्य
जसले उत्कृष्ट खेल प्रस्तुत गरिन

बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला भलिबल तर्फ उत्कृष्ट खेलाडीको अवार्ड मंगला उच्च मावि वावियाचौरकी छात्रा सोनी कडेलले प्राप्त गर्नुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य
उपाधीले ल्यायो खुसी
बेनीमा शनिबार सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेपछि खुसी मनाउँदै बेनीको न्यु वेष्ट प्वाईन्ट विद्यालय । तस्विर ठाकुरप्रसाद आचार्य
भेषभूषा संरक्षणमा युवा पनि जुटे

भेषभूषा संरक्षणमा युवा पनि जुटे । माघे संक्रान्तिका अवसरमा बेनीमा निकालिएको झाँकीमा भेटिएका मगर समुदायका युवा । पछिल्लो समय जातिय संस्कृति संरक्षणमा युवाहरुले चासो दिन थालेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य
हामी गर्दछौ मौलिक भेषभूषाको संरक्षण

हामी हामी गर्दछौ मौलिकताको संरक्षण । माघी पर्वको अवसरमा बेनीमा जातिय पहिरनमा सजिएका मगर कन्या । तस्विर ठाकुरप्रसाद आचार्य
घोडेपानीमा सुबिधा सम्पन्न होटल

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस २९ गते । म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा करोडौ लगानीमा सुबिधा सम्पन्न होटल स्थापना हुन थालेको छ । आन्तरीक तथा बाह्य पर्यटक आगमन बढेपछि घोडेपानीका ब्यवसायीले होटलमा सुबिधा, क्षमत्ता र लगानी थपेका हुन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको मुख्य गन्तब्य स्थलको रुपमा विकास हुदै गएको घोडेपानीका होटलमा […]
सुधारीएको चूल्होले भान्सा नै चिटिक्क

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी,पुस २९ गते । केही महिना अगाडी सम्म म्याग्दीको हिस्तान गाविस २ घराम्दीकी बिना गर्बुजालाई भान्सा कोठाको काम गर्न निकै गाहे हुन्थ्यो । बल लगाएर अगेनामा फु फु…गर्दै बालेको आगोको घँुवाले आँखा हेर्नै नसक्ने विगतको जस्तो समस्याबाट गर्बुजाले अहिले मुक्ति पाउनु भएको छ । ‘भान्साकोठामा घुँवाले गर्दा आँखा पिरो भएर आँसु […]
खाेलामा हिउँ

खाेलामा हिउँ म्याग्दीको घार गाविस १ मा पर्ने घोडेपानी स्थित खोलामा हिउँ जमेको दृष्य । तस्विर सन्तोष गौतम
आकाश खुलेपछि………

आकाश खुलेपछि । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीबाट देखिएको धौलागिरि हिमालको दृष्य । तस्विर सन्तोष गौतम
सुन्दर छ म्याग्दीको नारच्याङ गाउँ

सुन्दर छ म्याग्दीको नारच्याङ गाउँ । नारच्याङ जलविद्युत र पर्यटन विकासको प्रशस्त संभावनायुक्त गाउँ हो । तस्विर/ठाकुरप्रसाद आचार्य