खेलकुद
किसानी माविले जित्यो मालिकाको राष्ट्रिपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १५ गते । मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी मावि बिमले जितेको छ । शनिबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण,११ रजत र ५ कास्य पदक हात पार्दै किसानी माविले उपाधि जितेको हो । उपविजेता भिम मावि देविस्थानले १० स्वर्ण,२ […]
पोखरामा सम्पन्न फुटसलमा रिभर साइड बगरफाँट क्लवले जित्यो डेढ लाख पुरस्कार
ध्रुवसागर शर्मा \बेनी माघ १४ गते । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान […]
गण्डकीले जित्यो टाइगर कपको उपाधि
१४ माघ, पोखरा । पोखरामा सञ्चालित टाइगर कपको तेस्रो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको छ । घरेलु मैदानमा दर्शकको समर्थनमा गण्डकीले विभागीय टिम एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । खेलको पहिलो सेटमा एपीएफले २५–१६ अन्तरले […]
प्रभा मावि नारच्याङलाई तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि
विकल्प न्यूज/बेनी माघ १४ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर १ दाेबामा सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ कास्य पदक हात पार्दै प्रभा मावि नारच्याङ प्रथम हुन सफल भएको हो । त्यसैगरि प्रतियोगितामा […]
एपिएफलाई टाइगर कप भलिबलको उपाधि
विकल्प न्यूज/पोखरा माघ १४ गते । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ। पोखरा रङ्गशालामा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो। पहिलो सेट २५–२० ले […]
जलजलामा प्रथम ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु
म्याग्दी, १३ माघ । जलजला गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जलजलाको वडानम्वर ४ स्थित मोहनचोकमा शुक्रबार देखि संचालित विद्यालयस्तरको खेलकुद प्रतियोगिताको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले गाउँपालिकाले […]
मंगलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको मंगला गाउँपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । वडा नम्बर २ सहस्रधारा स्थित मालिका युवा क्बलको खेलमैदानमा भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले पालिका स्तरमा हुने खेलकुद […]
अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकल्प न्यूज\बेनी माघ ११ गते । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्ी र भलिबलको ३० वटा इभेन्ट्मा ९० वटा पदकका लागि प्रतिस्पर्धा […]
मालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
विकल्प न्यूज\बेनी माघ ११ गते । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । […]
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई
विकल्प न्यूज/बेनी माघ ११ गते । रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो । त्यसैगरि […]
सडक दौडमा पुरुषमा नविन र महिला तर्फ सविना पहिलो
विकल्प न्यूज/बेनी माघ ६ गते । जिल्ला खेलकुदा विकास समिति म्याग्दीको आयोजना र खेलकुद परिषद गण्डकीको समन्वयमा शुक्रबार पुरुष तर्फ ८ र महिला तर्फ ६ किलोमिटर सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ बेनी नगरपालिका ५ पुलाका नविन कार्की प्रथम हुनुभयो । कार्कीले ८ किलोमिटर दुरी २३ मिनेट ५३ सकेण्डमा पार गरि प्रथम […]
कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा
बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले पराजित गर्दै रघुगंगा–४ दर्मीजा सेफिफाइनलमा […]
महिला भलिबलको उपाधि अन्नपूर्णले जित्यो
ठाकुरप्रसाद आचार्य/म्याग्दी माघ ६ गते । म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरि गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरि गाउँपालिकालार्ई २२–२५, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण […]
धवलागिरी र अन्नपूर्ण फाइनलमा
म्याग्दी, माघ ५ गते । म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् । अन्नपूर्ण गाउँपालिका र धवलागिरी गाउँपालिका ७औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् । […]
पालिकास्तरीय भलिवलमा रघुगंगा र अन्नपूर्ण फाईनलमा प्रवेश
विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका फाईनल प्रवेश गरेका छन् । रघुगंगा र अन्नपूर्ण विचको फाईनल खेल शुक्रबार हुने जिल्ला भलिवल संघ म्याग्दीले जानकारी गराएको छ । बुधबार बेनीमा भएको पहिलो सेमिफाईनलमा बेनी नगरपालिकालाई १ का विरुद्ध ३ सेटले पराजित […]