समाचार

महायज्ञको छैटौं दिनसम्म ७७ लाख सङ्कलन

विकल्प न्यूज/बेनी मंसिर २७ गते । बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको छैटौं दिन सोमबारसम्म झण्डै ७७ लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञमा आजसम्म कुल ७६ लाख ९७ हजार रुपैयाँ सङ्कलन […]

भलिबलको क्षेत्रीय छनौट खेलको महिलातर्फ म्याग्दी र बाग्लुङ फाईनलमा

धिरन खत्री /विकल्प न्यूज बेनी, २७ मंसिर । बेनीमा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय भलिबल छनोट प्रतियोगिता अन्तरगत महिलातर्फ म्याग्दी र बागलुङ फाइनलमा पुगेका छन् । बेनीको खुला मञ्चमा सञ्चालित प्रतियोगिताको सोमबार भएको सेमिफाईनलमा रुपन्देहीलाई शुन्यका विरुद्ध सोझो ३ सेट आफ्नो पक्षमा पार्दै म्याग्दीको महिला भलिबल टिम फाईनलमा प्रबेश गरेको हो । कास्कीलाई २ का विरुद्ध ३ […]

म्याग्दीमा मोहम्मदको जन्म जयन्ती मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ मंसिर । म्याग्दीमा बसोबास गर्ने मुस्लीम समुदायले सोमबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको को १४३८ औ जन्म जयन्ती मनाएका छन् । आफ्ना धर्मगुरुको जन्म जयन्तीको अवसरमा मुस्लीम सेवा समाज म्याग्दीको आयोजनामा बेनीमा मुस्लीम समुदायले झाँकी सहितको ¥याली गर्नुका साथै नावत शरिफ वाचन, उनका उपदेश र वाणीको स्मरण […]

शर्माको मृगतृष्णा बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ मंसिर । म्याग्दीका बाल साहित्यकार अभिशेष शर्माद्धारा लिखित कबिता संग्रह मृगतृष्णाको आईतबार बेनीमा बिमोचन गरिएको छ । बेनी आवासिय माविको कक्षा १० मा अध्ययनरत शर्माको पहिलो कृती मृगतृष्णाको सत्रौ जन्मदिनको अवसर पारेर बिमोचन गरिएको हो ।बेनी आवासीय माविले आयोजना गरेको कार्यक्रममा विद्यालयका संस्थापक समेत रहनुभएका सांसद रेशमबहादुर बानिया, शिक्षा कार्यालयका […]

आगालागी पीडित र मुटुरोगीलाई प्रवासीबाट दुई लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज मंसिर २६ गते । म्याग्दीको भगवती ८ सिजलगाउँका आगोलागी पीडित कुलबहादुर भण्डारीलाई बेलायतबाट एक लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । ओमकुमारी शान्ति कोषले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा मोना युके र राखु समाज युकेले संकलन गरेको रकम राखु समाज युकेका अध्यक्ष अमर मल्लले पीडित भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो […]

चौबिस योजनालाई तिन करोड बजेट वितरण

विकल्प न्यूज/बेनी मंसिर २६गते । जिबिसको कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७३७४ का लागि निर्वाचन क्षेत्र पुर्बाधार बिशेष कार्यक्रम शिर्षकमा प्राप्त भएको तिन करोड रुपैयाँ बजेट २४ वटा योजनालाई वितरण गरेको छ । म्याग्दीबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुहुने सांसदहरु नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँको उपस्थितीमा जिविसमा बसेको बैठकले आयोजना सेवा व्यवस्थापन खर्च (कन्टिन्जेन्सी)का […]

कराँतेको क्षेत्रीय छनौट प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ मंसिर । बेनीमा आईतबारदेखि क्षेत्रीय कराँते छनौट प्रतियोगिता सुरु भएको छ । पुष ७ देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना गरिएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापनमा सुरु भएको प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक पश्चिमाञ्चलका १४ […]

छन्त्याल संघको नयाँ नेतृत्व

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ मंसिर । नेपाल छन्त्याल संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले चित्रमान छन्त्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा भकिम्लीका रेशम छन्त्याल, सचिबमा अमरसिंह छन्त्याल, कोषाध्यक्षमा डमकुमारी छन्त्याल र सहसचिबमा ताकमका रेशम छन्त्याल चयन हुनुभएको । सुरेन्द्र छन्त्याल, टेकजित छन्त्याल, लक्ष्यबहादुर छन्त्याल, […]

म्याग्दी उद्योग वाणिज्य संघद्धारा विकल्प न्यूज डटकमका सम्पादक गौतम सम्मानित

विकल्प न्यूज/बेनी मंसिर २५ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले २३ औं साधारणसभाको अवसरमा नवविकल्प साप्ताहिक पत्रिका र विकल्प न्यूज डटकमका कार्यकारी सम्पादक सन्तोष गौतमलाई सम्मान गरेको छ । गौतमले खोजी पत्रकारीता मार्फत जिल्लाको आर्थिक विकासको क्षेत्रमा महात्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । यसै गरि सम्मानित हुने अन्य पत्रकारहरुमा […]

राजनीतिक अस्थिरता र अव्यवहारिक नीति नियम विकासमा बाधक ः निजी क्षेत्र

विकल्प न्यूज/बेनी म्याग्दी २५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले राजनीतिक अस्थिरता र अव्यवहारिक नीति नियमका कारण देशको आर्थिक विकासले गति लिन नसकेको बताउनुभएको छ ।बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २३ औ साधारणसभामा अध्यक्ष मुरारकाले नेपालको सम्भावनालाई ब्यवहारमा उतार्नका लागि राजनीतिक स्थिरता, काम गर्ने वातावरण र अनुकुल निती नियम आवश्यक रहेको […]

बेनीमा भलिबलको क्षेत्रीय छनौट प्रतियोगिता सुरु(फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ मंसिर । म्याग्दीको बेनीमा शनिबारदेखि पश्चिमाञ्चल क्षेत्र स्तरीय भलिबल र कराँतेको छनौट प्रतियोगिता सुरु भएको छ ।आगामी पुषमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने खेलाडीहरु छनौट गर्नका लागि जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो ।    पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुषतर्फ १६ […]

समाचार प्रभाव ः ग्रामिण क्षेत्रमा मासिक रुपमा मिटर रिडिङ हुने

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीका ग्रामिण क्षेत्रका विद्युत उपभोक्ताहरुको मासिक रुपमा विद्युत मिटर रिडिङ हुने भएको छ । मासिक रुपमा विद्युत रिडिङ नहुँदा उपभोक्ताहरु मर्कामा परेको समाचार मंसिर १९ गते आइतवारको नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकममा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि सम्बन्धित सरोकारवाल निकायको ध्यान आकर्षण भएको थियो । केन्द्रिय […]

भारतीय नोट सटहीको लागि पहल जारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ मंसिर । नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले नेपालमा रहेको पाँच सय र एक हजार दरका भारतीय रुपैयाँको सहज सटहीका लागि पहल जारी रहेको बताउनु भएको छ । बेनीमा शनिबार बैङ्कका कर्मचारी र पत्रकारहरुसंगको छलफलका क्रममा शिवाकोटीले भारतीय रुपैयाँलाई व्यवस्थापनका लागि एक व्यक्तिले पच्चिस हजार रुपैयाँ सम्म सटही गर्न […]

बानियाँ बन्धु समाजद्धारा आयोजित महायज्ञको दोस्रो दिन १० लाख संकलन

विकल्प न्यूज/बेनी मंसिर २३ गते । बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्म झण्डै १० लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञको आजसम्म कुल नौलाख ५० हजार रुपैयाँ सङ्कलन गरिएको हो […]

म्याग्दीमा सुआहाराको दोस्रो चरण शुरु

विकल्प न्यूज/बेनी मंसिर २३ गते । गर्भवती तथा सुत्केरी महिला र दुई वर्षमूनिका बालबालिकाहरुको पोषण स्थिति सुधार गर्ने उद्देश्य सहित म्याग्दीमा सुआहारा कार्यक्रम शुरु भएको छ । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरण सञ्चालन गरिएको हो । जिल्ला विकास समितिको आयोजनामा बिहीबार बेनीमा सुआहारा कार्यक्रमको जिल्लास्तरीय अभिमुखीकरण गोष्ठी गरी सरोकारवालाहरुलाई जानकारी […]