ताजा समाचार:
Search

समाचार

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

वैशाख १७ गते । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय क्षेत्रका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बाक्लै गुडेका […]

म्याग्दीका लेकाली क्षेत्रमा ‘ढकायो’ टिप्ने चटारो

वैशाख १७ गते ।   म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रुपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ । जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् । रघुगङ्गा गाउँपालिका-८ कुइनेमङ्गलेका […]

उच्च गतिको विद्युत प्रवाह हुँदा म्याग्दीको घार गाउँमा ६० घरमा क्षति

 विकल्प न्यूज/बेनी बैशाख १७ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा […]

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

विकल्प न्यूज/बेनी बैशाख १६ गते । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको भिरमुनी सामुदायिक वनमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुलाचौर भिरमुनीका वर्ष ५२ का दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँले वनमा आगो लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । बानियाँले लगाएको आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका बानियाँलाई […]

मंगलाघाट बजार संरक्षण गर्न तटबन्ध

विकल्प न्यूज/बेनी म्याग्दी,बैशाख १६ गते । म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका ७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिमचरणमा पुगेको छ । दुईवर्षको ठेक्का अवधि भएपनि तटबन्धको योजना दश महिना अगावै सम्पन्न हुन लागेको छ । जलस्रोत […]

बेनीका पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान

विकल्प न्यूज/बेनी बैशाख १६ गते ।   म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान वितरण थालेको छ । अनुदान रकमलाई दुरुपयोग हुनबाट रोक्न र पशुपालक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अघि सारेको हो । १० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई,भैंसी पालेका पशुपालक किसानहरुलाई […]

जलजला वडा ५ र कालान्जर समाज पोखराले किरियापुत्रीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी बैशाख १५ गते । पर्वतको जलजला गाउँपालिका वडा नं ५ र मल्लाज कालान्जर सेवा समाज पोखराले बैशाख ८ गते अल्पायु मै निधन भएका मल्लाज लेखफाँट चिप्लेटीका बाबुराम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसी र मल्लाज कालान्जर सेवा समाज पोखराका अध्यक्ष तारा प्रसाद सुबेदीले किरियापुत्री […]

बिमका मिर्गौला रोगबाट पीडित धनबहादुरको सहयोगका लागि १४ लाख सहयोग

विकल्प न्यूज /बेनी बैशाख १५ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ । बिम मालिका सङ्घ अन्तर्राष्ट्रिय विभाग संयोजक एवम् समाजसेवी कृष्ण जुग्जालीको संयोजकत्वमा बिम घर भई हाल विभिन्न देशमा रहेका बिमवासीबाट सङ्कलित सो रकम शेरपुञ्जाको उपचारमा सहयोग गरिएको हो । दुवै मिर्गौला […]

कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

वैशाख १५ गते । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको  र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्री)को अवसरमा ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन […]

अन्नपूर्णमा पुख्र्यौली नाचको उत्सव (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १५ गते । मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण,पुस्तान्तरण र प्रचारप्रसार गर्न अन्नपूर्णमा पुख्र्यौली नाचको प्रतियोगिता गरिएको छ । प्रतियोगिता तिनदिन सम्म संचालन हुनेछ । गाउँपालिकाको वडा नम्बर २ भुरुङ तातोपानीमा आयोजना गरिएको प्रतियोगितामा मगर समुदायका अगुवा देखि बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ । मगर समुदायको मौलिक कला […]

पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा सम्पन्न

विकल्प न्यूज/बेनी बैशाख १४ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गर्नुभयो । गण्डकी प्रदेशमा साधारणसभा गर्ने म्याग्दी पहिलो भएको छ । साधारणसभामा महासंघको केन्द्रिय प्रतिनिधि पूर्व केन्द्रिय सदस्य हरिनारायण गौतम,महासंघ […]

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, १४ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको […]

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, १४ वैशाख ।    डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो । बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन वन अधिकृत बिष्णुप्रसाद अधिकारीले […]

बेनी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

विकल्प न्यूज/बेनी बैशाख १४ गते ।   म्याग्दीको बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । शुक्रबार नगरपालिकामा आयोजित कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । बेनी नगरपालिका घोषणा भएसँगै जिल्लाका चार वटा स्थानीय तहका बालबालिकाले पूर्ण खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा भएका छन् । छ वटा स्थानीयतह रहेको म्याग्दीका धवलागिरी […]

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर)लाई रु. ५ […]