कोरला नाका खोल्न निर्देशन
-
कोरला नाका खोल्न निर्देशन
मंसिर २१, २०७२- व्यवस्थापिका संसद्को विकास समितिले मुस्ताङ जिल्लाबाट उत्तरी छिमेक चीनतर्फको कोरला नाका छिटो खोल्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा पोखरा–जोमसोम–कोरला नाका र पहुँच मार्गको स्थलगत अध्ययन भ्रमणपछि फर्किएको टोलीले आइतबार सभामुख ओनसरी घर्ती मगरमार्फत प्रतिवेदन बुझाएको हो। समितिले यसअघि रसुवागढी–केरुङ नाका छिटो खोल्न निर्देशन दिएको थियो।‘निर्देशनपछि…
पुरा पढ्नुहोस » -
पाखापानी र मुदी शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध
सन्तोष गौतम/विकल्प म्याग्दी मंसिर २० गते । म्याग्दीको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । दुर्गम गाउँका महिलाहरुको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो । सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका…
पुरा पढ्नुहोस » -
बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने
म्याग्दी / विकल्प मंसीर २० गते । म्याग्दीको बेनीमा निशूल्क चित्रकला प्रशिक्षण हुने भएको छ । सिकेयु डेनमार्कको सहयोगमा आर्ट ल्याब काठमाडौले आगामी पुष ५ देखि ११ गतेसम्म निशूल्क चित्रकला प्रशिक्षण सञ्चालन गर्ने भएको हो । पाना, कपडा, भित्ता, सडक लगायतका ठाउँमा रंगिन चित्र बनाउने तरिकाको बारेमा स्थानीय कलाकारहरुलाई तालीम दिइने आर्ट…
पुरा पढ्नुहोस » -
अस्पतालको गुणस्तर सुधार्न छलफल शुरु
प्रताप बानियाँ /विकल्प म्याग्दी, मंसीर २० गते । अस्पतालको गुणस्तर सुधार गरी अगाडि बढ्ने उद्देश्यले आइतबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा छलफल शुरु भएको छ । जिल्ला अस्पताल म्याग्दीको आयोजना र निक साईमन इस्टिच्युटको सहयोगमा गुणस्तर सुधारसँगै सेवासुविधाको बारेमा बेनीमा तिन दिने छलफल कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य…
पुरा पढ्नुहोस » -
कामाना सहकारीको चौथो साधारणसभा
विकल्प/म्याग्दी मंशीर १९ गते । म्याग्दीको बेनीस्थीत कामना बचत तथा ऋण सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सनिबार बेनीमा सम्पन्न भएको छ । ५७ जना शेयर सदस्य रहेको सहकारीले स्थापनाको चौथो वर्षमै बेनी नगरपालिका–६ स्थीत न्यूरोडमा आफ्नै नाममा घरजग्गा खरिद गर्ने प्रकृया शुरु गरेको साधारणसभाका अवसरमा अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी गराउनुभयो । साधारणसभाका…
पुरा पढ्नुहोस » -
खोल्न सकिन्छ कोरला नाका
दीलीप पौडेल /बागलुङ मंसिर १९ गते । मुस्ताङ (छोन्हुप)- समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइ। हजारौँ हेक्टरमा फैलिएको समतल भूभाग। मैदानको बीचमा 'नेपाल २४ २०१९' लेखिएको सिमेन्टको पिल्लर। पिल्लरको करिब ३० मिटर दूरीमा काँडेतारबेर। २४ नम्बर पिल्लरको करिब ६० हात पर फलामे ढोका छ। त्यसको केही पर सोलार प्यानलजडित…
पुरा पढ्नुहोस » -
कहिले खुल्छ बन्द गेट ? कोरला नाकाबाट स्थलगत रिपोर्ट
सुधीर शर्मा, काठमाडौं मंसिर १९, मुस्ताङ सदरमुकाम जोमसोमबाट झन्डै ७० किलोमिटर उत्तरको लोमन्थाङ र आसपासका क्षेत्रमा एकथरी मोटरसाइकलहरू छ्यापछ्याप्ती देखिन्छन्, जसमा नम्बरप्लेट हुँदैन । चीनबाट ल्याइएका यी बाइक नै यहाँका मुख्य व्यापारिक माध्यम हुन्, जसले लोमन्थाङभन्दा करिब २५ किमि माथि पर्ने कोरला नाका हुँदै तिब्बती बजारमा प्रवेश पाउँछन् र सरसामान ओसारपसार गर्छन्…
पुरा पढ्नुहोस » -
दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा
१९ मंसिर, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले मधेस आन्दोलनको मुख्य मागका रुपमा रहेको सीमांकन हेरफेरलाई लिएर भारतसँग लिखित प्रतिवद्धता नै गरेको खुलेको छ । मधेसी मोर्चासँगको वार्ता छाडेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा यसैसाता दिल्ली गएका थिए । मन्त्री थापा दिल्ली गएकै बेला प्रधानमन्त्री केपी ओलीले समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग…
पुरा पढ्नुहोस » -
मल्लाजको बगरफाँटका बासिन्दा सात महिनादेखि सडक सुबिधाबाट बञ्चित
विकल्प /म्याग्दी मङ्सिर १८ गते । म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको मल्लाज बगरफाँटका बासिन्दाहरु सात महिनादेखि सडक सुबिधाबाट बञ्चित भएका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी सडक सुबिधाबाट बञ्चित भएका हुन् ।…
पुरा पढ्नुहोस » -
गुर्जामा हाब्रे संरक्षणका लागि चेतनामुलक कार्यक्रम
संन्तोष गौतम विकल्प/म्याग्दी,मंसिर १८ गते । म्याग्दी जिल्लामा संकटापन्न अवस्थामा रहेको जंगली जनावर हाब्रे (रेडपाण्डा)को उपस्थिती भेटिएपछि संरक्षण अभियान सुरु भएको छ । विश्व बन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम, रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले हाब्रे संरक्षणका लागि समुदाय तथा विद्यालयमा चेतनामुलक कार्यक्रम सुरु गरेका हुन । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ताहरुले हालै…
पुरा पढ्नुहोस » -
सरकारी कार्यालयमा अब डिजिटल सिग्नेचर
१६ मंसिर, काठमाडौं । सरकारले बुधबारदेखि सरकारी कामकाजमा ‘डिजिटल सिग्नेचर’ प्रयोग गर्न सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान शितल निवासमा डिजिटल सिग्नेचर अनुसार हुने कामकाजको सुरुवात गरिन् । सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार विद्युतीय कारोबार ऐनअनुसार कम्प्युटरबाट हुने सबै काम कारवाही डिजिटल सिग्नेचरको माध्यमबाट हुनेछ । डिजिटल सिग्नेचर…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पटकपटक विद्युत कटौटी
विकल्प/म्याग्दी मंसिर १६ गते । म्याग्दीमा विहान र बेलुकी पटकपटक विद्युत कटौटी हुन्छ । विहान ६ बजेदेखी ९ बजेको विचमा पटकपटक विद्युत कटौटी हुदाँ उपभोक्ता हैरानीमा परेका छन् । कहिल्यै गएको एकदुईमिनेटमै फेरी आउँछ । यसबाट उपभोक्ता मात्रै होईन विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले पनि हैरानी खेप्नुपरेको छ । विहानको समयमा काठमाण्डौबाट…
पुरा पढ्नुहोस » -
विवाद मिलाउन प्रचण्डद्वारा आठ प्रदेशको प्रस्ताव
काठमाडौं, मंसिर १६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमांकनको विवाद मिलाउन आठ प्रदेशको विकल्प अघि सार्नु भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सीमांकनको विवाद मिलाउन केही प्रदेशको सीमांकनमा हेरफेर र आठौं प्रदेश निर्माणको प्रस्ताव गर्नु भएको हो । जसमा प्रदेशको सीमांकन रहेफेर…
पुरा पढ्नुहोस » -
पार्टीमा क्यान्सर लाग्यो भन्दै प्रचण्डले बनाए १५ बुँदे आचारसंहिता
१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले एमाओवादी पार्टीभित्र क्यान्सर लागेको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् । ‘क्यान्सरझै फैलिइरहेको गुटबन्दी, अराजकता, व्यक्तिवादजस्ता ग्रैह सर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ,’ मंगलबार पेरिसडाँडामा आयोजित केन्द्रीय समिति बैठकमा २७ पृष्ट लामो राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले भनेका छन्-‘पार्टी…
पुरा पढ्नुहोस » -
एड्स रोग न्युनीकरणका लागि नाटक प्रर्दशनी
सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर१५ गते । ‘दिगो विकास प्राप्तिको लागि एड्स महामारीको अन्त्य’ भन्ने मुल नाराका साथ मंगलबार म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि २८ औ विश्व एड्स दिवस मनाइएको छ । दिवसको अवसरमा बेनी बजारको विभिन्न स्थानमा एड्स रोग न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले सडक नाटक प्रर्दशन गरिएको छ ।…
पुरा पढ्नुहोस »