मिलनचोकमा सहकारी लेखा तालीम
-
मिलनचोकमा सहकारी लेखा तालीम
विकल्प /म्याग्दी पुस १ गते । पर्वतको धाईरीङ गाविस स्थीत मिलनचोक बजारमा सहकारी लेखा तालीम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था मिलनचोकको संयोजनमा पाँच दिने तालीम सम्पन्न भएको हो । मंसिर २४ देखि २९ गतेसम्म सञ्चालन भएको तालीममा धाईरीङ, माझफाँट, लेकफाँट, नाग्लीवाङ क्षेत्रका विभिन्न…
पुरा पढ्नुहोस » -
स्वास्थ्यले गल्ती नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधी प्रकरण टुङ्गीयो
सन्तोष गौतम/विकल्प म्याग्दी, मंसीर २९ गते । म्याद नाघेका औषधि नष्ट गर्दा गलत प्रक्रिया अपनाएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गल्ती स्वीकार गर्दै आगामी दिनमा कमजोरी नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधि जलाउँदा भएको लापरबाही प्रकरण टुङ्गीएको छ । मंसिर १४ गते जिल्ला अस्पताल परिसरमा स्वास्थ्य कार्यालयले औषधि जलाउँदा निस्कीएको मुस्लोले बजारबासीको स्वास्थ्यमा असर परेको…
पुरा पढ्नुहोस » -
सडक बनाउन श्रमदानमा जुट्दै मल्लाजवासी (फोटोफिचर)
सन्तोष गौतम /विकल्प पर्वत, मल्लाज मंसीर २९ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका…
पुरा पढ्नुहोस » -
मिठो छ हिस्तान टिकोटको ग्राउण्ड एप्पल
ठाकुरप्रसाद आचार्य /विकल्प म्याग्दी, मंसीर २९ गते । म्याग्दीमा केही वर्षअघिसम्म नामै नसुनेको फल भुईंस्याउ (ग्राउण्ड एप्पल) को किसानले खेती गर्न थालेका छन् । खास गरी जिल्लाका पर्यटकीय क्षेत्रहरुमा विदेशी पर्यटकहरुले मनपार्ने भएकाले भुईस्याउको खेती तर्फ किसानहरु आकर्षीत भएका हुन । झट्ट हेर्दा सखरखण्ड जस्तै देखिने ग्राउण्ड एप्पलले विशेष गरी मधुमेहका रोगीहरुलाई…
पुरा पढ्नुहोस » -
ग्यासको व्यवस्था गरिदिन बेनीका होटल ब्यवसायीको माग
विकल्प/म्याग्दी मंसीर २९ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघले ग्यास उपलब्ध गराईदिन स्थानीय प्रशासन र उद्योग वाणिज्य संघ संग माग गरेको छ । संघका अध्यक्ष गोपाल पौडेलले खाना पकाउने एलपी ग्यासको अभावका कारण होटल ब्यवसाय धरासायी बनेको र ब्यवसायी पलायन हुन थालेको भन्दै ग्याँस आपुर्तीका लागि पहल गरिदिन माग गर्नुभएको…
पुरा पढ्नुहोस » -
लायन्स कल्वद्धारा पाँच विद्यालयलाई कम्प्युटर सहयोग
सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २८ गते । लायन्स कल्व अफ कुश्मा सिटीले उत्तरी पर्वतका पाँच वटा विद्यालयलाई आईतबार कम्प्युटर सहयोग गरेको छ । पर्वत बेनी प्राबिमा आयोजित कार्यक्रममा चार वटा विद्यालयलाई एकएक थान कम्प्युटर र एक वटालाई कम्प्युटर खरिद गर्न नगद प्रदान गरिएको हो । माझफाँटको विद्याज्योती उच्च मावि, बिन्दबासीनी प्राबि, पर्वत…
पुरा पढ्नुहोस » -
बालस्वास्थ्य शिवीर सम्पन्न
म्याग्दी,मङ्सिर २८ गते म्याग्दीको दरवाङमा आईतबार अपांगता भएका बालबालीकाहरुको लागि एक दिने निशूल्क घुम्ती शिवीर सम्पन्न भएको छ । पलान नेपालको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजनामा शिवीरको आयोजना गरिएको हो । शिवीरमा २१ जना बालबालीका लाभान्वित भएका केन्द्रका क्षेत्रीय संयोजक लक्ष्मण थापाले जानकारी दिनुभयो । ७ जना शल्यक्रिया…
पुरा पढ्नुहोस » -
माईक्रोबस दुर्घटनामा एक जनाको मृत्यु
सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २८ गते । बेनी नगरपालीका १३ सिंगा तातोपानीमा आईतबार साँझा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ५ ख २८९८ नम्बरको माईक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालीका १३ तातोपानीका ३५ वर्षिय प्रेमबहादुर बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बानियाको जिल्ला अस्पताल बेनीमा…
पुरा पढ्नुहोस » -
युवा संघ म्याग्दीले गाउँ अभियान सञ्चालन गर्ने
विकल्प न्यूज/म्याग्दी मंसीर २७ गते । एमाले निकट युवा संघ म्याग्दीले संगठन सुदृढीकरण र युवाहरुको चेतना वृद्धिका लागि गाउँ अभियान सञ्चालन गर्ने भएको छ । संघको दशौं जिल्ला अधिबेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो वैठकले जिल्लाभरका युवाहरुलाई संगठीत गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको संघका सचिव हरी क्षत्रीले जानकारी दिनुभएको छ । शनिवार…
पुरा पढ्नुहोस » -
विद्यालयहरुलाई प्राथमिक उपचारका स्वास्थ्य सामाग्रीहरु वितरण
विकल्प न्यूज/बेनी मंसीर २७ गते । जिल्ला अस्पताल म्याग्दीले जिल्ला भित्रका विद्यालयहरुलाई प्राथमिक उपचारका लागि चाहिने औषधि लगायत अन्य सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ । डायरीया,टाउको दुखेको,खोकी लाग्ने र सामन्य चोटपटक लागेका विद्यार्थीहरुलाई विद्यालयमै प्राथमिक रुपमा उपचार गर्न सहज होस भनेर औषधि लगायतका सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाका एकसय ६८…
पुरा पढ्नुहोस » -
वेपत्ता युवकको चौध दिनपछि शव भेटियो
सन्तोष गौतम/विकल्प म्याग्दी,मंसीर २७ गते । सदरमुकाम बेनीबाट १४ दिनअघि वेपत्ता भएका एक युवकको शव भेटिएको छ । बेनी नगरपालीका ७ क्याम्पसचोकका १९ वर्षिय बिकास छन्त्यालको कालीगण्डकी नदी किनारमा शव फेला परेको हो । बेनी नगरपालीका १ सारेमारे स्थित नदी किनारमा भेटिएको छन्त्याललको शवलाई आईतबार पोष्टमार्टम गरि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको…
पुरा पढ्नुहोस » -
म्याग्दी जेसीजको अध्यक्षमा भिमसेन विश्वकर्मा
विकल्प /म्याग्दी मंसीर २६ गते । म्याग्दी जेसीजको सन् २०१६ को अध्यक्षमा भिमसेन बहादुर विश्वकर्मा सर्वसम्मतिले चयन भएका छन् । शनिबार सम्पन्न भएको अधिवेशनमा अध्यक्षमा प्रत्यासी लोकेश पुन मगरले आफ्नो नाम फिर्ता लिएका थिए । अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा बद्री प्रसाद पौडेल, कमल विश्वकर्मा, उपाध्यक्षमा विपिन श्रेष्ठ, सुमन श्रेष्ठ, खम थापा र भरत…
पुरा पढ्नुहोस » -
युवा संघ म्याग्दीको अध्यक्षमा ः शाही विजयी
विकल्प /म्याग्दी मंसीर २६ गते । यूवा संघ म्याग्दीको अध्यक्षमा प्रविण शाही निर्वाचित भएका छन् । १० औ जिल्ला अधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयन हुन नसकेपछि मतदान भएको थियो । अध्यक्षका प्रत्यासी शाहीले ९७ र चन्द्रमान छन्त्यालले ३१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा हरि केसीले ९४ र सागर सुबेदीले ३२ मत…
पुरा पढ्नुहोस » -
मल्लाजको बगरफाँटका बासिन्दा सडक मर्मतका लागि श्रमदानमा जुटे
सन्तोष गौतम/विकल्प म्याग्दी,मङ्सिर २६ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी…
पुरा पढ्नुहोस » -
मल्लाजमा महायज्ञ सुरु
सन्तोष गौतम/विकल्प म्याग्दी,मंसीर २६ गते । उत्तरी पर्वतको मल्लाज माझफाँटमा शनिबारदेखि श्रीमद् भागवत तथा धनधान्याञ्चल विश्व शान्ति ज्ञान महायज्ञ २०७२ सुरु भएको छ । माझफाँट ७ स्थित ऐतिहाँसीक कोत मन्दिरको पुननिर्माण, पुर्वाधार निर्माण, पुजा ब्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने र मल्लाज क्षेत्रका धार्मीक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महायज्ञ आगामी…
पुरा पढ्नुहोस »